भर्खरै :

सहिदगेटबाट सहिदको खबरदारी

सहिदगेटबाट सहिदको खबरदारी

हिजो आज सञ्चारमाध्यममा चर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलको ‘सहिदगेट’ नामक हास्यव्यङ्ग्य प्रदर्शन हेरेर प्रभावित भएका सबैले मन पराएर प्रसार गरेको देखिन्छ । दर्शकहरू सबैको मन मस्तिष्क छुने, मार्मिक र गौरवपूर्ण उक्त प्रदर्शन लाखौँ, द्रष्टा, स्रोताले हेरेका र सुनेका छन् । उक्त प्रदर्शनमा सहिदगेटको परिसरमा सहिद शुक्रराज जोशी (शास्त्री) को भूमिका तथा अभिनय कलाकार मनोज गजुरेलले गरेका छन् भने सहिद दशरथ चन्दको अभिनय अर्जुन खड्काले गरेका छन् । कलाकार गजुरेल अर्थात सहिद शुक्रराज जोशीले सेवा प्रहसनको क्रममा व्यक्त गरिएका मार्मिक, व्यङ्ग्यात्मक र गौरव गर्नलायक केही अभिव्यक्ति, खबरदारीहरू पनि छन् ।
‘अन्धकारमा ज्योति छर्दैन भने बत्ती या पाला केको लागि ? निरङ्कुशताको उन्माद मर्दैन भने सिद्धान्तको रङ्गशाला केको लागि ?’
निश्चय पनि बत्तीको महत्व अन्धकारमा हुन्छ । यसको स्वाभाविक काम भनेको अन्धकारलाई चिरेर उज्यालो छर्नु हो । जसरी, हिजो गंगालाल श्रेष्ठ, शुक्रराज जोशी, दशरथ चन्द, धर्मभक्त माथेमाजस्ता वीर सहिदहरूले जीवनको बलिदान दिएर प्रजातन्त्रको उज्यालो छरे, भीमसेन थापा, भक्ति थापा, अमरसिंह थापा, बलभद्र कुँवरजस्ता वीर योद्धाहरूले साम्राज्यवादी अङ्ग्रेजहरूसँग वीरतापूर्वक लडेर देशभक्ति र स्वाभिमानको उज्यालो छरे, उनीहरूकै नाम, योगदान र प्रेरणाबाट बागडोर सम्हालेका आजसम्मका शासक दल, त्यसका नेताहरूले गरिब जनतासम्म पुग्ने गरी, किसान मजदुरसम्म पुग्ने गरी देशभक्ति, स्वाभिमान, प्रजातन्त्र, समृद्धि र विकासको उज्यालो छर्न र पु¥याउन सकेका छैनन् । त्यसैले निष्ठा र नैतिकताको स्वस्थ राजनीतिमा उनीहरूको औचित्यमाथि व्यङ्ग्य र खबरदारी गरेकाको रूपमा दर्शकहरूले लिएका छन् । निरङ्कुश पञ्चायती व्यवस्थाको विरूद्ध लडेर आएका आजका शासक दल र निरङ्कुश राजा र व्यवस्थाकै बाटो पछ्याएर अगाडि बढेको, सत्ता, बल, पैसाको अहङ्कार देखाएर निरङ्कुशता र आडम्बर प्रवृत्तिमाथि व्यङ्ग्य गरेका छन् । उनीहरूको व्यवहार र प्रवृतिले, कामले विचार, सिद्धान्त, निष्ठाविपरीत परिणाम देखाउँदै छ । सिद्धान्त जतिसुकै राम्रो भएता पनि व्यवहारको प्रवृत्ति उल्टो, पाखण्डी भएपछि काम नलाग्ने, औचित्यहीन हुने सन्देशको रूपमा सबैले लिएको पाइन्छ । श्रीखण्डको महत्व, मूल्य थाहा नभएका, जानाजान थाहा भएर पनि दुरूपयोग गरेका मनुवाको लागि त्यो खुर्पाको बिँड हुन्छ ।
राष्ट्र र राष्ट्रियता भन्ने देशभक्ति गौरव नै मासियो, रहेन भने झन्डाको अर्थ रहँदैन । मुख्य कुरा देश, राष्ट्र र राष्ट्रियता हो । त्यसअनुसारको सोच, विचार, व्यवहार र परिणाम मुख्य र महत्वपूर्ण हुन्छ । कुरा र भाषण देशभक्तिको, जनताको, राष्ट्र र राष्ट्रियताको गौरव गर्ने, कोटमा राख्ने तर कामको परिणामले देशघात, देशद्रोही भयो भने त्यसको केही अर्थ र महत्व राख्दैन । त्यस्ता राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, कर्मचारी जोसुकै भए पनि तिनीहरू देशघाती, राष्ट्रघाती र देशद्रोही हुन् । तिनीहरूले सहिद र वीर योद्धाहरूको गलामा रङ्गीचङ्गी माला लगाउनु, फूलको गुच्छा चढाउनु भनेको ढोङ्गी, पाखण्डी हुन् । त्यस्तो माल्यार्पणको कुनै अर्थ र महत्व रहँदैन ।
हामीले हिजो क्रान्ति गर्दा नशा नशामा रातो रगत बग्थ्यो † लोभ, पाप केही थिएन । केबल देशभक्तिको भावना र त्याग थियो † केवल देश, जनता, अधिकार, प्रजातन्त्रको प्रेरणा र प्रभाव थियो । रातो रगत, जोश, जाँगर बलिदानको भावना थियो । तर, आज ती हिजोको त्यागी, देशभक्त भनिएका शासक नेताहरूमा रातो रगतको ठाउँमा पहेँलो सुन, भ्रष्टाचारको रगत बग्न थालेका छन् भनेर व्यङ्ग्य गरेका छन् । किलोका किलो, क्विन्टलका क्विन्टल सुन काण्डमा परेर, विभिन्न काण्डमा परेर सजाय पाएका ठुला माछाहरूलाई छाडेर साना माछाहरूलाई मात्र देखावटी दण्ड दिएको घटनाले पनि यो आरोप पुष्टि भएको सबैले देखेकै कुरा हुन् । त्यसैले अब नेताहरू जुनसुकै दलका हुन् देशको समृद्धि, विकास र रक्षाको लागि रातो रगत मन र तनमा बग्नु, बगाउनुपर्यो भनेर आह्वान गरिएका छन् ।
तपाई (शुक्रराज जाशी) लाई कालीमाटीको पञ्चली भैरवस्थित सिमलको रूखमा फाँसी चढाउने बेलामा राणाहरूले भाग्ने अवसर दिँदा पनि नभागी आफैले पासो गलामा कस्न किन तयार हुनुभएको भनी दशरथ चन्द (अर्जुन खड्का) को प्रश्नको उत्तरमा वीर कहिल्यै पनि मृत्युसँग डराउँदैन, भाग्दैन, रूँदैन बरु हाँस्छ भनी वीर देशभक्ति प्रेरक जवाफ शुक्रराजले दिएका छन् । यदि मृत्युदेखि भागेको भए देशमा आज यो स्वतन्त्रता पाउने थिएन । देशमा सार्वभौमिकता, स्वाधीनता छाउने थिएन । यो देश रहने थिएन । हामीले यो देशको लागि दिएको हाम्रो बलिदान र त्यागलाई यिनीहरूले सत्तामा गएपछि भुले, बिर्से । उनीहरूको आजको व्यवहार, पात्र, प्रवृत्ति र परिणामले त्यही देखाइरहेका छन् । आज गरिब जनताको अधिकार खोसिने थिएन ।
आज प्रजातन्त्र, गणतन्त्र ल्याउन जीवन बलिदान दिने सहिदको परिवार घर न घाटको भयो । हाम्रो वीरता, स्वाभिमान उनीहरूले आज डलरसँग साटिँदै छन् । उनीहरू कतै कतारतिर भासिँदै छन् र कतै रसियातिर भासिँदै छन् । आफ्नोे जीविकोपार्जनका लागि त्यो आत्म सम्मान विदेशी भूमिमा विदेशीका लागि बलि चढ्नुपर्ने यो नियतिको रचनाकार को हुन् ? समय, शासक कि हामी स्वयम् ? यस मार्मिक प्रश्न र आक्रोश सहिद शुक्रराजले पोखेका छन् । आजसम्मका सत्तामा गएका शासक दल, नेताहरूले सहिदको भावना र मर्मलाई बिर्सिदिएका छन् । सहिद परिवारको अवस्था र देशको अवस्था बेहाल छ । उनीहरूले ती वीर योद्धा, सहिद तथा नेता र जनताको देशभक्ति भावनालाई डलरसँग साट्दै छन् । ८०/९० लाख नेपाली युवा, विद्यार्थीहरू रोजगारीको नाममा, पढ्ने नाममा, घर खेत बेचाएर विदेशी भूमिको लागि बलि चढ्न बाध्य पारेका छन् । यसको दोषी शासक दल, त्यसका नेताहरू नै हुन् । त्यसमा पनि मुख्य दोषी, अपराधी भनेका नेपाली काङ्ग्रेसका नेता रामशरण महत हुन् । यिनले हरेक निर्वाचन क्षेत्रबाट दुई दुई सय युवाहरूलाई रोजगारीको काममा घर खेत बेचाएर विदेशीको दास, नोकर बन्न पठाएको भ्रममा परेकोमा सबै देशभक्त जनताले यिनलाई देशद्रोही भनेर खबरदारी गरिरहेका छन् । आज दिनको १०/२५ जना नेपाली युवा दाजुभाइहरूको लास बाकसमा आइरहेको समाचार आएकै छन् ।
आफू जन्मे, हुर्केको, माया, लगानी भएको देशको लागि होइन डलरको लोभमा विदेशीका लागि ज्यान बलि दिने गोर्खा भर्ती केन्द्र वीर योद्धाहरूको देशका हामी भनेर गौरव गर्ने आजसम्मका शासक दल , नेताहरूले कसैले पनि बन्द गर्ने आँट गर्न सकेका छैनन् । किनकि, यिनीहरू सबै विदेशी साम्राज्यवादी र विस्तारवादीका दलाल, नोकर हुन् । यिनीहरूले डलरले नेपालका भविष्यका, कर्णधार युवा, विद्यार्थीको मन, मस्तिष्कमा तनमा नेपालमा केही छैन, रोजगारी, अवसर केही छैन भन्ने देशविरोधी भावना कोचिदिएका छन् । आज देशमा सुवर्ण भविष्यका कर्णधार युवा, विद्यार्थीविहीन हुँदै छन् । यदि सहिदगेटका सहिदहरूसँग हात भएका भए यी पाखण्डी, देशघाती नेताहरू, प्रधानमन्त्री, मन्त्रीहरूलाई, कर्मचारीहरूलाई माल्यार्पण गर्न आउने बेलामा झापड दिएर पठाउँथे भनेर व्यङ्ग्य गरेका छन् ।
सहिद शुक्रराज जोशीको अभिनयमा खेलेका कलाकार गजुरेलले देश बनाउन जनताको दरिलो एकता चाहिने, नेपाली जनताको यो एकतालाई टुटाउन विदेशीले राजनीति, धर्म, लिङ्ग, क्षेत्र, सम्पदा, अतिवाद आदिलाई हतियार वा अस्त्रको रूपमा प्रयोग गरेका छन् । त्यसबाट देश र जनता एकतालाई जोगाउन, बचाउने भनेको, हामीलाई जोड्ने एउटै बलियो अस्त्र छ त्यो भनेको राष्ट्र हो, देशभक्ति भावना भएको बताएका छन् । नेपालमा आफ्नो स्वार्थपूर्ति गर्न विगतमा पुँजीवादी, साम्राज्यवादी देशहरूले यहाँका दलालहरूलाई उपयोग गरेर ती हतियार अस्त्रको प्रयोग गरेर नेपाली जनताको एकता र देशभक्ति भावनालाई टुटाउन खोजेका थिए, एक आपसमा भिडाउन र काटमार गराउन खोजेका थिए । तर, नेपाली जनताले बेलैमा चाल पाएर सतर्क र सचेत भएकोले त्यस्ता आक्रमणकारी, लुटाहा, देश र दलालको भण्डाफोर गरेकाले त्यो महाभारत हुनबाट बचेको थियो । यो हतियार, अस्त्रलाई प्रयोग गरेर उनीहरूले नेपाली जनतालाई, दल र नेताहरूलाई फुटाउन मौका पर्खिरहेको चाल रचिरहेका छन् । पुँजीवादी, साम्राज्यवादी हतियार, सेना एनजीओ, आइएनजीओमार्फत विभिन्न दलका नेता, कार्यकर्ता, उनका छोरा, छोरी, श्रीमती र सन्तान, नातागोतालाई दलालको रूपमा प्रयोग गर्दै छन् । यिनीहरूले यही हतियारको प्रयोग गरी रसिया, अफ्रिका, एसिया, ल्याटिन अमेरिका, पूर्व युरोपको प्राकृतिक स्रोत बजारसमेत कब्जा गरिरहेका छन् । देशद्रोही, देशघाती नेताहरूलाई हातमा लिएर प्रभाव र दबाब दिएर ती महादेश र ठाउँका गरिब, अशिक्षित देशलाई उपनिवेश बनाइरहेका छन् । उनीहरूले यही हतियार प्रयोग गरेर वीरेन्द्रको वंश नाश, नागरिकता विधेयक, जलस्रोत, एमसीसी पास गराइसकेका छन् । उनीहरूका चुनौतीका रूपमा रहेका विश्वमा अर्थतन्त्र, विज्ञान प्रविधिलगायत अन्य क्षेत्रमा उदयीमान छिमेकी मित्र देश चीनलाई घेरामा हाल्न, उपद्रो मच्चाउन सोभियत सङ्घलाई जस्तै पछार्न कोशिश भइरहेका छन् । नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने कोशिश गरिरहेको नेपाली जनताले अनुभव गरिरहेकै कुरा हुन् । विश्वमा पहिला सशस्त्र अक्टोबर क्रान्ति गरेर कम्युनिस्ट शासन व्यवस्था स्थापित गरी किसान र मजदुरको स्वर्ग बनाएको देश सोभियत सङ्घलाई तीन लाख एनजीओ, आइएनजीओ प्रयोग गरेर ध्वस्त पारेको समाचार विश्वका जनतालाई थाहा भएकै कुरा हो ।
हाम्रो देशको रक्षा गर्नु, जनताको अधिकारको लागि न्याय, स्वतन्त्रताका लागि जीवनमरणको सङ्घर्ष गरेर आएका घर परिवार त्यागेर आएका हाम्रा नेता, कार्यकर्ताहरूलाई विदेशीले डलरको लोभमा फसाएका छन् । त्यसका लागि नेपालमा पनि सोभियत सङ्घमा जस्तो, अफ्रिका, ल्याटिन अमेरिका, पूर्व युरोपेली देशका जस्तो पुँजीवादी, साम्राज्यवादी देशहरूले हजारौँ एनजीओ, आइएनजीओ, डलरको हतियारले, गुलियो पोतको विषले यहाँका दलहरूलाई दलभित्रका नेता, कार्यकर्ताहरूबिच जनताबिच लडाउने, जुटाउने गरिरहेका छन् । सत्ताको लागि सिद्धान्तनिष्ठ, इमान जमान नैतिकता, सम्मानलाई बन्धक राखेर कुकुर झगडाको फोहोरी राजनीतिमा बगेको कारण जनता वाक्कदिक्क भएका छन् । यसबाट सबैले पाठ सिकेर अगाडि बढ्नु देश र जनताको हितमा हुनेछ ।
आर्यघाटमा सबै त्यागी, नैतिकवान, इमानदार, सहयोगी, निः स्वार्थ सेवक भएजस्तै त्यहाँबाट निस्केपछि त्यो भावना त्यही खोलामा बगाएर आएजस्त प्रज्ञा प्रतिष्ठानको हलमा प्रहसन हेरूञ्जेल सहिद र वीर योद्धाको गलामा माल्यार्पण गरूञ्जेल सलामी ठोकुञ्जेल त्यागी, देशभक्त, नैतिकवान, इमानदार, स्वदेश र जनताको सेवक हुने ? मुट्ठी कस्ने, सलामी ठोक्ने, आँसु खसाल्ने नेता, कर्मचारी, पत्रकार, न्यायाधीश, वकिल, डाक्टर आदि प्रहसन सकेर मूलढोकाबाट निस्केपछि घर, क्वाटर फर्केपछि पुनः घुस भ्रष्टाचार अनैतिकता, बेइमानी, देशघाती, आदि अपराध गर्नतिर लाग्छन् । त्यस दलभित्रै उपस्थित केही त्यस्ता अपराधीहरूको विषय, सन्दर्भ, प्रस्तुतिअनुसार अनुहार र तस्बिर देखाएका छन् । दलभित्र देशका लागि रगत पसिना दिने, त्यागी कर्णधारहरूको अनुहार बस्ती पनि नदेखाएको होइन राम्रो र प्रेरक पक्ष । जे घुसे ती अपराधीहरू सबैको आँखा, दिमाग, विवेक, प्रहसन हेरेर सहिदको खबरदारी र चिन्ताले खुलून् । देश र जनताले समृद्धिको अनुभव गर्न पाऊन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *