जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
पेइचिङ, ६ जेठ (एएफपी) । रुसी राष्ट्रपति भ्लादिमिरपुटिनको चीन भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति पुटिनले पेइचिङमा भेटवार्ता गर्दै चीन–रुस सम्बन्धलाई ‘अडिग’ र ‘रणनीतिक रूपमा बलियो’ भएको बताउनुभएको छ । विश्व राजनीति तीव्र ध्रुवीकरणतर्फ गइरहेका बेला दुई नेताले आफ्नो साझेदारीलाई अझ गहिरो बनाउने सङ्केत दिनुभएको हो ।
गत साता चीन भ्रमणमा पुगेका ट्रम्पलाई पेइचिङले भव्य स्वागत गरेको थियो । तर हर्मुज जलघाँटी पुनः सञ्चालनमा सहयोग गर्ने विषयदेखि अन्य महत्वपूर्ण आर्थिक तथा सुरक्षा मुद्दामा ठोस उपलब्धि ननिस्किएपछि त्यस भ्रमणलाई मिश्रित परिणामका रूपमा हेरिएको थियो । त्यसको ठीकपछि भएको पुटिनको चीन भ्रमणलाई भने दुवै देशबिच व्यावहारिक सहकार्य विस्तार गर्ने प्रयासका रूपमा विश्लेषण गरिएको छ ।
विशेषगरी युक्रेन युद्धका कारण पश्चिमी प्रतिबन्धको चापमा परेको रुस अहिले ऊर्जा निर्यातका लागि चीनमाथि अझ बढी निर्भर बन्दै गएको छ । पश्चिमी देशहरूले लगाएको प्रतिबन्धले रुसको ऊर्जा आम्दानीमा असर पारेपछि मस्कोले पेइचिङसँगको सम्बन्धलाई आफ्नो आर्थिक र रणनीतिक सुरक्षा दुवैका लागि महत्वपूर्ण ठानेको देखिन्छ ।
यसैबिच, इरानविरुद्ध जारी अमेरिका–इजरायल युद्धका कारण मध्यपूर्वबाट तेल र ग्यास आपूर्तिमा अवरोध उत्पन्न भएपछि रुसले आफूलाई वैकल्पिक ऊर्जा आपूर्तिकर्ताका रूपमा प्रस्तुत गर्ने अवसर खोजिरहेको छ । विश्लेषकहरूका अनुसार पुटिनले यस भ्रमणका क्रममा मङ्गोलियामार्फत चीनसम्म ल्याइने प्रस्तावित ‘पावर अफ साइबेरिया–२’ प्राकृतिक ग्यास पाइपलाइन परियोजनालाई अघि बढाउन दबाब दिन सक्ने सम्भावना छ । यो परियोजनालाई मध्यपूर्वबाट समुद्री मार्ग हुँदै आउने ऊर्जाको स्थलीय विकल्पका रूपमा हेरिएको छ ।
पेइचिङस्थित विशाल ग्रेट हल अफ द पिपुलमा भएको वार्ताको उद्घाटन सत्रमा दुवै नेताले ‘मैत्रीपूर्ण सहयोग’ सम्बन्धी सन्धि विस्तार गर्ने घोषणा गर्दै दुई देशबिचको सम्बन्धलाई विशेष महत्व दिनुभएको थियो । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार सीले पुटिनसँग ‘राजनीतिक आपसी विश्वास र रणनीतिक समन्वयलाई निरन्तर गहिरो बनाइएको’ बताउनुभएको थियो ।
उता रुसी सञ्चारमाध्यमले सार्वजनिक गरेको दृश्यअनुसार पुटिनले पनि ‘प्रतिकूल बाह्य परिस्थितिहरू’ का बाबजुद चीन–रुस सम्बन्ध ‘अभूतपूर्व उच्च स्तरमा पुगेको’ उल्लेख गर्नुभएको थियो । उहाँले कुनै देशको नाम नलिए पनि यो टिप्पणी अमेरिकातर्फ सङ्केत गरिएको रूपमा हेरिएको छ ।
सीले वार्ताका क्रममा ‘एकपक्षीय र प्रभुत्ववादी प्रवृत्ति अनियन्त्रित रूपमा फैलिरहेको’ चेतावनी दिँदै अप्रत्यक्ष रूपमा अमेरिकाको आलोचना गर्नुभएको थियो । पछिल्ला महिनाहरूमा ट्रम्प नेतृत्वको अमेरिकाको अनिश्चित नीतिका कारण धेरै मुलुक चीनसँग नजिकिन थालेको विश्लेषण भइरहेका बेला पेइचिङले विश्व नेताहरूको शृङ्खलाबद्ध स्वागतलाई तीव्रता दिएको छ ।
सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि चीन–रुस सम्बन्ध अझ निकट बनेको छ । पश्चिमी देशहरूसँगको दूरी बढेसँगै पुटिनले हरेक वर्ष चीन भ्रमण गर्दै आउनुभएको छ । यही सन्दर्भमा वासिङ्टनस्थित ब्रुकिङ्स संस्थाकी विश्लेषक प्याट्रिसिया किमले सी–पुटिन सम्बन्धलाई ‘प्रदर्शनात्मक आश्वासनको आवश्यकता नपर्ने सम्बन्ध’ को रूपमा व्याख्या गर्नुभएको छ । उहाँका अनुसार ट्रम्पको भ्रमणभन्दा पुटिनको भ्रमण कम आकर्षक देखिए पनि त्यसको रणनीतिक महत्व बढी छ ।
सीले सेप्टेम्बर २०२५ मा पुटिनलाई ‘पुरानो मित्र’ भन्दै आत्मीय स्वागत गर्नुभएको थियो । विश्लेषकहरूका अनुसार चीन र रुस दुवैले आफ्नो सम्बन्धलाई चीन–अमेरिका सम्बन्धभन्दा ‘संरचनात्मक रूपमा स्थिर र बलियो’ ठानिरहेका छन् ।
पेइचिङले युक्रेन युद्ध अन्त्यका लागि वार्ताको समर्थन गर्दै आएको छ । तर आफूलाई तटस्थ पक्षका रूपमा प्रस्तुत गरे पनि चीनले रुसको सैन्य कारबाहीको खुला आलोचना गरेको छैन । अर्कोतर्फ, युद्धका लागि आवश्यक आर्थिक आधार कायम राख्न रुस चीनसँगको व्यापार र ऊर्जा कारोबारमा अत्यधिक निर्भर रहेको देखिन्छ । एसिया समाजका लाइल मोरिसका अनुसार पुटिन चीनको समर्थन गुमाउन चाहनुहुन्न ।
यद्यपि मध्यपूर्व युद्धको विषयमा चीन र रुसका प्राथमिकतामा केही भिन्नता देखिएको छ । हर्मुज जलघाँटी बन्द भएपछि तेलको मूल्य आकासिएसँगै रुसले त्यसबाट आर्थिक लाभ लिन खोजिरहेको विश्लेषण गरिएको छ । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले अप्रिलमा सीसँग भेटपछि मध्यपूर्व सङ्कटका कारण विश्व ऊर्जा आपूर्ति प्रभावित भए रुसले चीनको ऊर्जा अभाव पूर्ति गर्न सक्ने बताउनुभएको थियो ।
तर चीन भने मध्यपूर्वको युद्ध चाँडो अन्त्य होस् भन्ने पक्षमा देखिएको छ । पुटिनसँगको वार्तामा सीले मध्यपूर्वमा थप शत्रुता ‘अस्वीकार्य’ भएको बताउँदै ‘व्यापक युद्धविराम अत्यन्त जरुरी’ रहेकोमा जोड दिनुभएको थियो ।
सिङ्गापुरस्थित नानयाङ प्राविधिक विश्वविद्यालयका जेम्स चारका अनुसार चीन आफ्नो आर्थिक गतिविधि कायम राख्न विश्वका प्रमुख समुद्री मार्गहरूको निर्बाध सञ्चालनमा निर्भर छ । त्यसैले हर्मुज जलघाँटीमा देखिएको तनाव सकेसम्म छिटो अन्त्य होस् भन्ने चाहना पेइचिङको रहेको उहाँले बताउनुभयो ।
Leave a Reply