भर्खरै :

निर्वाचनको एक दिन …

✍ कृतिका प्रजापति

संविधानसभाले जारी गरेको संविधानअनुसार बिहीबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन उत्सापूर्ण ढड्डले सम्पन्न भएको छ । केही जिल्लामा छिटफुट हातपात र विस्फोटक सामग्री भेटिनुबाहेक यो निर्वाचन शान्तिपूर्ण रह्यो । म नेपाल मजदुर किसान पार्टी प्रदेशसभा ३ बाट समानुपातिक उम्मेद्वार भएको कारण निर्वाचनको दिन मैले भक्तपुर र चाँगुनारायण नगरपालिकाका विभिन्न मतदान केन्द्र निरीक्षण गरें । मुलुक पहिलोचोटि संघीय संरचनामा प्रवेश गर्दैछ । त्यसकारण पनि यो चुनावको विशेष महत्व थियो र चुनावको दिनमा भएका गतिविधि तथा संस्मरण स्वाभाविक रुपमा अविस्मरणीय र प्रेरणादायी थियो ।  मंसिर २१ गतेको दिन बिहान सबेरै उठेर भनपा १० स्थित सरस्वती विद्यागृहको खेलमैदानको मतदानकेन्द्रमा आफ्नो मत खसाल्न म मतदान केन्द्रमा गएँ । सुरुवाती समयमा नै मतदान केन्द्रमा २०–२५ जनाको हाराहारीमा लाम भइसकेको थियो । मैले आफ्नो मत खसालेर म सरासर पार्टी अफिसको बाटो लागें । नेमकिपा प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवार प्रेम सुवालज्यू सँगै भनपा वडा नं. १–१० सम्मका सबै मतदानस्थलको निरीक्षण ग¥यौं । भक्तपुर नगरपालिकाको केही ठाउँको बाहेक सबै मतदान केन्द्र निकै व्यवस्थित थियो । जागृति मावि खौमाको मतदान स्थल निकै अव्यवस्थित र साँघुरो भएको पायौं । मतदानस्थल साँघुरो भएको कारण मतदाताहरूले असहज महसुस गरेका थिए । भनपा वडा नं. ८ ख्वप इञ्जिनियरिङ कलेज लिवालीको प्राड्डणको मतदान केन्द्र व्यवस्थित थियो । त्यसबाहेक, भक्तपुर बहुमुखुी क्याम्पस, सरस्वती विद्यागृह, दत्तात्रय दबू, तालाक्व, जनस्वास्थ्य च्याह्मासिंह, आदि क्षेत्रका मतदान केन्द्रमा मतदाताले भिडभाडविना नै ढुक्कसँग मतदान गरेको पायौं ।  विद्यालय भवनमा राखिएको मतदान केन्द्र निकै साँघुरो र अँध्यारो भएको कारण मतदान गर्न जानेहरू र निर्वाचन आयोगका कर्मचारीलाई निकै अप्ठ्यारो परेको महसुस भएको थियो । कतिपय निर्वाचन केन्द्र साँघुरो भएका कारणले मतदान गर्न कठिनाई भएको र मतदातालाई गोपनीयता कायम राख्न समेत गा¥हो भएको सुनाएका थिए ।  सरस्वती विद्यागृहको मतदान केन्द्र अवलोकन गर्दै गर्दा भक्तपुर क्षेत्र नं. १ मा पर्ने भनपा वडा नं. ६ मा मतदानस्थल बाहिरका स्वयम्सेवीहरूमाथि एमालेका उम्मेदवारहरूद्वारा हमला गरेको खबर प्राप्त भयो । हामी त्यहाँ पुग्दा स्थिति शान्त भइसकेको थियो ।  स्थानीयसँग बुझेर हेर्दा ‘एमालेका प्रदेशसभा सदस्य उम्मेद्वार रोमण शिलाकारसँग आएका भाडामा परिचालित गुण्डा टोलीले त्यहाँका स्वयम्सेवीहरूमाथि आक्रमण’ गरेको जानकारी प्राप्त भयो । त्यहाँको स्थिति केही कोलाहलमय थियो र केही मानिसहरू घटनाकाबारे कानेखुसी गर्दै थिए । एमालेका ती कथित गुण्डा उम्मेद्वार ‘पराजित मानसिकताले निर्वाचन भाँड्ने उद्देश्य’ले परिचालित भएको त्यहाँका स्वयम्सेवीहरुले बताएका थिए । राजनीतिमा डन, गुण्डा, भ्रष्टहरूको प्रवेश गराउनुुको परिणाम हो त्यो भन्ने मनमा लाग्यो । चुनावमा आफू र आफ्ना दल बलियो बनाउन ठूला शासक दलहरूले आर्थिक लाभको लागि यस्ता डन, गुण्डा र भ्रष्टाचारीको साथ, सहयोग खोज्दा यस्ता अवाञ्छित र अराजकता निम्तिनु अस्वाभाविक थिएन ।  भक्तपुर नगरपालिकाका सबै मतदान केन्द्रको अवलोकनपश्चात हामी दिउँसो १२ बजेबाट चाँगुनारायण नगरपालिकाका मतदान केन्द्रहरू अवलोकनको लागि निस्क्यौं । मुलुक निर्वाचनमय बनेको दिनमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरू, म्यादी प्रहरीहरू पनि त्यत्तिकै सक्रियताका साथ लागेको देख्यौं ।

उहाँहरूको यस्तो कार्यले हामीलाई निकै हर्षित बनाएको थियो ।  दुवाकोट गाविस भवन, गाविस भवन झौखेल, चाँगु मावि न्यौपाने गाउँ, सरस्वती मावि सरस्वती खेल, यापी भैरव मावि, चाँगु गाविस भवन, नाटेश्वरी आधारभूत विद्यालय, श्रीकृष्ण मावि खरिपाटी, गाविस भवन सुडाल,   गणेश मावि ताथली आदि विभिन्न मतदान केन्द्रको अवलोकन हामीले ग¥यौं । सूर्यविनायक नगरपालिकाका मतदान केन्द्रहरू पनि प्राय सबै विद्यालयको परिसरमा व्यवस्थित तरिकाले बनाएको देखियो । यी ठाउँका मतदाताहरू निकै उत्साहित देखिन्थे । टाढा–टाढाबाट पैदल हिंडेर वृद्धवृद्धा, महिलाहरू आफ्नो अमूल्य मत दिन मतदान केन्द्रसम्म पुगेको देखियो । अधिकांश ठाउँमा मतदाता शिक्षा कमजोर देखिएको, मतदान केन्द्र अपाड्डमैत्री नभएको, अपाड्ड अशक्त र वृद्धावृद्धाका लागि प्राथमिकताकासाथ मतदानस्थलमा पुग्ने व्यवस्था नभएकोले मतदान गर्दा निकै सास्ती खेप्नुपरेको देखियो ।  सबभन्दा अन्तिममा पुगेको मतदान केन्द्र भनेको खरिपाटीस्थित श्री कृष्ण माविको मतदानस्थलमा हो । घडीको सुईंले ५ काटिसकेको थियो । हामी श्री कृष्ण माविको मतदान केन्द्र पुग्दा केही अध्यारो छाइसकेको थियो । मतदानको अवधि सकिएको हुँदा त्यहाँका मतदान अधिकृतहरू मतपेटिका व्यवस्थापन र मतदान सामग्रीको ढुवानीको लागि तयारी गरिरहेका थिए । हामीले त्यहाँको मुचुल्का उठाउन गरेको तयारीहरूलाई सरसर्ती अवलोकन ग-यौं र त्यहाँबाट सिधै पार्टीको कार्यालय फर्कियौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *