भर्खरै :

राफाह हमलाले गाजा युद्धविराम वार्तालाई बाधा पु¥याउन सक्ने कतारको भनाइ

राफाह हमलाले गाजा युद्धविराम वार्तालाई बाधा पु¥याउन सक्ने कतारको भनाइ

दोहा, १४ जेठ (एएफपी) । इजरायलले गाजाको दक्षिणी शहर राफाहनजिकै गरेको पछिल्लो आक्रमणले युद्धविराम र बन्धक मुक्त गर्नेसम्बन्धी वार्तामा बाधा पु¥याउन सक्ने मध्यस्थ राष्ट्र कतारले सोमबार जनाएको छ ।
कतारको विदेश मन्त्रालयले ‘शिविरमा भएको हवाइ आक्रमणले जारी मध्यस्थता प्रयासलाई जटिल बनाउने र तत्काल र स्थायी युद्धविरामका लागि सम्झौतामा पुग्न बाधा पुग्ने’ भन्दै चिन्ता व्यक्त गरेको छ ।
संयुक्त राज्य अमेरिका र इजिप्टसँगै कतारले इजरायल र हमासबिच युद्धबाट तहसनहस बनेको गाजामा युद्धविराम सम्झौता गर्ने उद्देश्यले महिनौँदेखि वार्ता गरिरहेको छ ।
तर यसै महिनाको सुरुमा इजरायलले राफाहमा स्थल सेना पठाएपछि वार्ताप्रयासमा गतिरोध पुगेको थियो ।
संयुक्त राज्य अमेरिकाको सहमतिमा सन् २०१२ देखि हमासको राजनीतिक नेतृत्वलाई आश्रयस्थल दिँदै आएको कतारले इजरायली बमबारीलाई ‘अन्तर्राष्ट्रिय कानूनको खतरनाक उल्लङ्घन’ भन्दै निन्दा गरेको छ ।
विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय समुदायसँग इजरायललाई ‘राफाह शहरबाट प्यालेस्टिनीहरूलाई जबर्जस्ती विस्थापित गर्ने आफ्नो योजना कार्यान्वयन गर्न रोक्न तत्काल कदम चाल्न आह्वान गरेको छ । गाजा लाखौँ मानिसहरूको लागि अन्तिम आश्रयस्थल बनेको छ ।”
कुवेतको विदेश मन्त्रालयले पनि राफाहनजिकै विस्थापित प्यालेस्टिनीहरूको शिविरमा इजरायली आक्रमणको निन्दा गर्दै यसले इजरायलको ‘स्पष्ट युद्ध अपराध र अभूतपूर्व नरसंहारलाई सम्पूर्ण विश्वमा उजागर गरेको’ बताएको छ । खाडी मुलुक कुबेतले ‘अन्तर्राष्ट्रिय समुदायको तत्काल र दृढ हस्तक्षेप’ को लागि आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *