भर्खरै :

पहिरोमा परी दुई हजारभन्दा बढी मानिस पुरिएको पपुवा न्युगिनीद्वारा राष्ट्र सङ्घलाई जानकारी

पहिरोमा परी दुई हजारभन्दा बढी मानिस पुरिएको पपुवा न्युगिनीद्वारा राष्ट्र सङ्घलाई जानकारी

पोर्ट मोरेस्बी, पप्वा न्यूगिनी, १४ जेठ (एएफपी) । पपुवा न्यु गिनीले संयुक्त राष्ट्रसङ्घलाई सोमबार एङ्गा प्रान्तको दुर्गम पहाडी इलाकास्थित एक गाउँमा शुक्रबार गएको भीषण पहिरोमा परी मृत्यु भएका व्यक्तिको सङ्ख्या दुई हजारभन्दा बढी रहेको जनाएको छ । उनीहरू पहिरोमा पुरिएको बताइएको छ ।
देशको राष्ट्रिय विपद् केन्द्रले राजधानी पोर्ट मोरेस्बीस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयलाई दिएको जानकारीअनुसार शुक्रबार बिहान करिब ३ः०० बजे गाउँलेहरू सुतिरहेको अवस्थामा पहिरो गएको र दुई हजारभन्दा बढी व्यक्ति जीवितै पुरिएका छन् ।
मुङ्गालो पर्वतको एउटा ठुलोे भाग भत्किँदा सयौँ घरहरू पुरिएपछि ठुलो सङ्ख्यामा स्थानीयको मृत्यु भएको हो ।
पहिरोले भवन, खाद्यान्न बगैँचामा ठुलोे क्षति पु¥याएको र यसले मुलुकको अर्थतन्त्रलाई नै ठुलोे असर पारेको विपद् कार्यालयले जनाएको छ ।
पहिरोका कारण पोर्गेरा खानी जाने मुख्य राजमार्ग ‘पूर्ण रूपमा अवरुद्ध’ भएको संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूलाई सोमबार बिहान प्राप्त पत्रमा उल्लेख गरिएको छ ।
“भूस्खलन क्रमिक रूपमा सर्ने क्रम जारी रहेकाले स्थिति अस्थिर रहेको र यसले उद्धार टोली र बाँचेका दुवैका लागि निरन्तर खतरा उत्पन्न गरेको छ,” उहाँले भन्नुभयो ।
पत्रमा पपुवा न्युगिनीका विकास साझेदार र अन्य अन्तर्राष्ट्रिय मित्रलाई पछिल्लो अवस्थाबारे जानकारी दिन संयुक्त राष्ट्रसङ्घलाई आग्रह गरिएको छ । विपद् केन्द्रमार्फत सहयोगको समन्वय गरिदिन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *