यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
सुर्खेत, १४ जेठ । नगर बस सञ्चालन, खानेपानीको व्यवस्थापन, ढल निकास, फोहोर व्यवस्थापनलगायतका माग राख्दै नेपाल मजदुर किसान पार्टी वीरेन्द्रनगर नगर समितले वीरेन्द्रनगर नगरपालिकामा ज्ञापनपत्र पेस गरेको छ ।
ज्ञापनपत्र नेपाल मजदुर किसान पार्टी वीरेन्द्रनगर नगर समितिका अध्यक्ष शेरबहादुर शाहीले वाचन गरी नगर प्रमुख मोहनमाया ढकाललाई हस्तान्तरण गर्नुभएको थियो । ज्ञापनपत्र बुझ्दै प्रमुख ढकालले हिजो निजी क्षेत्रले जिम्मा लिएर छोडे पनि अब सरकारले नै नगर बस सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
जुलुसमा सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नर्मा गुरुङले जनताको समस्यालाई आफ्नो समस्या मान्ने नेमकिपाले सरकारलाई खबरदारी गरेको चर्चा गर्दै यो नगरपालिका कर्णाली प्रदेशको राजधानी भएकोले पनि सेवा सुविधा प्रदान तथा सभ्य सहर बनाउन स्थानीय सरकार गम्भीरतापूर्वक लाग्नुपर्ने बताउनुभयो ।
Leave a Reply