भर्खरै :

असान्ज केसबाट मानिस सामु गरिएको पर्दाफास

असान्ज केसबाट मानिस सामु गरिएको पर्दाफास

रिपोर्टअनुसार, बेलायती उच्च अदालतले मे २० का दिन ‘विकीलिक्स’ का संस्थापक असान्जको सुपुर्दगी मुद्दामा फैसला सुनाएको छ र असान्जलाई आफ्नो सुपुर्दगी मुद्दामा पुनरावेदन गर्न अनुमति दिएको छ । यो एक चरण हो जुन असान्जले अमेरिकी आधिपत्यविरुद्धको लडाइँ जितेका छन् तर यो स्पर्धामा उनले अन्तिम जीत हासिल गर्न सक्छन् कि सक्दैनन्, हेर्न बाँकी छ ।
अफगानिस्तान र इराकमा भएका युद्धका क्रममा भएका विभिन्न युद्ध अपराधहरूलाई ढाकछोप गर्न संरा अमेरिकाले जहिले पनि सक्दो प्रयास गरेको छ र त्यस्ता अपराधको पर्दाफास गर्नेहरूलाई आजीवन कारावासको सजाय हुनसक्छ । असान्जले अमेरिकी सेनाद्वारा नागरिक र पत्रकारहरूलाई गोली हानेर मार्नेजस्ता युद्ध अपराधहरूको पर्दाफास गरेका छन् र अन्य देशको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेप र छलछाम गर्ने ठुलो परिमाणका प्रमाणहरू पनि खुलासा गरेका छन् । अतः अमेरिकी सरकारले उनलाई १८ वटा मुद्दा लगाएको छ ।
यद्यपि, यदि यो सत्यसँग डराउँदैन भने अमेरिकी सरकारले असान्जलाई खोज्न र सुपुर्दगी गर्न किन जोड दिइरहेको छ ? यदि वास्तवमै ‘प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता’ लाई समर्थन गर्छ भने अमेरिकाले असान्जलाई किन आरोप लगाउँदै छ ? ‘न्यायिक स्वतन्त्रता’ भएको दाबी गर्दै बेलायतले किन सक्रियरूपमा सहयोग ग¥यो र असान्जलाई संरा अमेरिकामा सुपुर्दगी गर्न अनुमति दियो ?
स्पष्ट रूपमा देखिन्छ कि ‘प्रेस स्वतन्त्रता’ ‘प्रजातन्त्रको आधारशिला’ हो भनी दाबी गरे पनि जब तथ्यहरूले अमेरिकी आधिपत्यलाई धम्की दिन्छ, अमेरिकाले उनीहरूलाई निर्ममतापूर्वक रोक्छ र ‘ह्विस्लब्लोअरहरू’ लाई सताउने प्रयास पनि गर्दछ, उसका गठबन्धनले पनि सक्रियरूपमा सहयोग गर्छ ।
बेलायती ‘द गार्डियन’ ले एक सम्पादकीयमा औँल्याएको छ कि अमेरिकाले असान्जको सुपुर्दगीको माग गर्नु हुँदैन साथै बेलायतले पनि स्वीकार गर्नुहुँदैन । यदि अमेरिकाले आफूलाई ‘लोकतन्त्रको ज्योति’ मान्छ भने उसले पहिले असान्जका आरोपहरू फिर्ता लिनुपर्छ । ‘विकीलिक्स’ ले सामाजिक सञ्जालमा भन्यो कि असान्जविरुद्धको मुद्दा अभिव्यक्ति स्वतन्त्रतालाई प्रतिबन्धित गर्न र अरूलाई चेतावनीको रूपमा देखाउने उद्देश्यले गरिएको छ । अस्ट्रेलियाली मिडिया, मनोरञ्जन र कला गठबन्धनले असान्जविरुद्धको आरोप ‘सबै ठाउँका पत्रकारहरूको अपमान र प्रेस स्वतन्त्रतामा खतरा’ भएको बताएको छ ।


वास्तवमा अमेरिकी सरकारमाथि सञ्चारमाध्यममा राजनीतिक दबाबको लामो इतिहास छ । असान्जलाई पछ्याउनु र आरोप लगाउनुको अलावा संरा अमेरिकाले लामो समयदेखि स्नोडेनलाई पनि पछ्याउँदै आएको छ जसले ‘प्रिज्म’ कार्यक्रमको पर्दाफास गरे र स्नोडेनको घटना रिपोर्टिङ गर्ने मिडियामा आपराधिक अनुसन्धान गर्ने सुनाए । मिडिया रिपोर्टअनुसार, सीआईए र सरकारका वरिष्ठ व्यक्तिहरूले असान्जको अपहरण वा हत्या गर्नेबारे पनि छलफल गरेका छन् । इराक युद्धको समयमा एक प्रसिद्ध अमेरिकी पत्रकार पीटर अर्नेटले इराकी मिडियासँगको एक अन्तर्वार्तामा स्वीकार गरे कि अमेरिका युद्धमा ‘असफल’ भएको छ । फलस्वरूप उसलाई एनबीसीले समाचार रिपोर्टिङको वस्तुनिष्ठतालाई खतरामा पारेको निहुँमा तत्कालै उनलाई खारेज गरेको थियो । अमेरिकी सरकारले पछाडि बसेर दबाब दिएको स्पष्ट सङ्केत देखिएको छ ।
असान्जकी पत्नीका वकिल स्टेला मोरिसले यसअघि असान्जलाई चुप लगाउने प्रयासमा संरा अमेरिकाले अन्य देशमाथि चाल चालिरहेको बताएकी छन् । उनका अनुसार, असान्जविरुद्धको मुद्दा शक्तिको स्पष्ट दुरुपयोग हो । यस मुद्दाका धेरै पक्षहरूले अपराधको रूपमा लिएका छन्, जसले उसलाई मानवअधिकारका मुद्दाहरूमा अन्य देशहरूलाई आदेश दिने अधिकार छैन भन्ने देखाउँछ ।
‘प्रजातन्त्र र मानवअधिकार’ को झण्डामुनि मानवअधिकारको उल्लङ्घन गर्ने खराब गतिविधि गर्छ भने ‘प्रेस स्वतन्त्रता’ को झण्डामुनि स्वतन्त्रता दमनमा संलग्न गर्छ । असान्ज केसबाट पूर्णरूपमा उजागर गरिएको छ कि जब ‘प्रेस स्वतन्त्रता’ आफ्नो विरुद्धमा जान्छ, संरा अमेरिकाको नेतृत्वमा केही पश्चिमी देशहरूले यो नेभाराको पात च्यात्न र उनीहरूको दोहोरो मापदण्ड र दोहोरो अनुहारलाई विश्वसामु पर्दाफास गर्न हिच्किचाउँदैनन् ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले भन्नुभएझैँँ अमेरिकी शासकहरूका अनुसार अन्य देशको पर्दाफास गर्नेलाई पुरस्कृत गर्नुपर्छ र संरा अमेरिकाको पर्दाफास गर्नेलाई दण्डित गर्नुपर्छ, यो अमेरिकी प्रेस स्वतन्त्रताको सार हो । यसलाई स्पष्ट रूपमा भन्नुपर्दा तथाकथित ‘मानव अधिकार’ जस्ता ‘प्रेस स्वतन्त्रता’ संरा अमेरिकाले असहमतिहरूलाई दबाउन र आफ्नो वर्चस्व कायम राख्न प्रयोग गर्ने एउटा औजारबाहेक अरू केही होइन । यो असान्ज केसले विश्वका जनतामाझ ल्याएको खुलासा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *