वातावरण बचाउन नाफाखोर व्यवस्थालाई बदलौँ – १
- चैत्र ७, २०८१
कम्युनिस्ट पार्टीले हरेक सम्मेलन, गोष्ठी, अन्तरक्रियालाई समाजवादी प्रचार अभियानसँगै जोड्दै गतिविधि गरिरहनु पर्छ । कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार जनताको बस्ती बस्तीमा पु¥याउन वडा, गाउँ, नगर, जिल्ला र केन्द्रको सम्मेलनलाई समाजवादी विचार प्रचार अभियानको रूपमा उपयोग गर्नु आवश्यक छ । कम्युनिस्ट पार्टीले पु¥याएको योगदान, राजनीतिक गतिविधि जनताको घर आँगनमा पु¥याउन, नयाँ पुस्ता तयार गर्न या सक्रिय बनाउन र सङ्गठन विस्तार गर्नमा सम्मेलनले सहयोग गरेको हुन्छ । सम्मेलन पनि आन्दोलनको एक अभियान हो । सम्मेलनमा पुराना या अग्रज राजनीति कार्यकर्ता र नयाँ पुस्ता, जनवर्गीय सङ्गठनका कार्यकर्ताहरू पनि सहभागी हुने हुँदा सबैमा राजनीतिक गतिविधिमा लाग्ने ऊर्जा मिलेको हुन्छ । अग्रज कार्यकर्ताहरूको अनुभव नयाँ पुस्तामाझ पु¥याएर क्रियाशील, सिद्धान्तनिष्ठ बनाउँदा र पुरानो र नयाँ पुस्ताबिचको सम्बन्ध सामीप्य बनाएर अघि बढ्दा समाज परिवर्तनमा टेवा पुग्ने हुन्छ ।
समाजमा रहेका सबै नागरिकलाई सभ्य, सुसंस्कृत, गतिशील, देशभक्त र परिवर्तनकामी बनाउन सामाजिक, राजनीतिक, सांस्कृतिक, खेलकुद, साहित्यिक, शैक्षिक गतिविधिहरू गरिरहनुपर्ने हुन्छ । असल, सक्षम, योग्य, दूरदर्शी, सिद्धान्तनिष्ठ, नागरिक तय गर्ने काम शासकहरूले गर्दैनन्; पद र पैसामा भागबन्डामा लागेका नेताहरूले गर्दैनन् । नेमकिपाले दलगत र व्यक्तिगत स्वार्थ नहेरी समग्र देश र जनताको सेवामा समर्पित भएर राजनीति गरिरहेको छ । समाजमा व्याप्त अन्धविश्वास, कुरीति र कुसंस्कार अन्त्य गरी वैज्ञानिक समाजवादी बन्दोबस्तको निम्ति नेमकिपाले स्थापनाकालदेखि काम गरिरहेको हो । विदेशी हस्तक्षेप, विदेशी आक्रमण, विदेशी दबाबको विरोधमा होस् या देशको विकास गर्ने काममा होस् नेमकिपाले सदन र सडकमा आवाज बुलन्द गर्दै आइरहेको हो । कम्युनिस्टको सिद्धान्त र विचार जनताको घर आँगनमा पु¥याउने एउटा बाटो सम्मेलन पनि हो । व्यक्तित्व विकासको समान अवसरको अधिकार पाउन, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको सिद्धान्तअनुसार सबै नागरिकलाई रोजगारीको सुनिश्चितता गर्न, अनिवार्य र उच्च शिक्षा पाउन, ज्येष्ठ नागरिकलाई जीवनको सुनिश्चित बनाउन, बेरोजगार युवाहरूलाई भत्ताको व्यवस्था गर्न नेमकिपा लागिरहेको छ ।
हरेक नेपाली नागरिकले देशको स्वतन्त्रता, स्वाधीनता र सार्वभौमिकता जोगाउन आफ्नो देशको रक्षा र हितको विरोधमा विदेशीहरूलाई गुप्त र रक्षा मामिलाको सूचना दिने तथा जनताको हितविपरीत काम गर्ने देशद्रोही र जनद्रोहीविरुद्ध जनतालाई जागरुक बनाउने काम सबैको हो । देशको अखण्डता, सीमा तथा सम्पत्ति सुरक्षाको निम्ति हरेक नागरिक स्वयम्सेवक तयार गर्न, स्वदेश र विदेशमा रहेका हरेक नागरिक आफ्नो देश र जनताको निम्ति आ–आफ्नो क्षेत्रबाट योगदान दिने काममा पनि आफ्ना कार्यकर्ता, शुभचिन्तक, समर्थक तथा जनतामा ऊर्जा दिने काम हरेक कम्युनिस्ट पार्टीले गर्नुपर्छ । टुहुराटुहरी, अपाङ्ग, बिरामी, विधवा, ज्येष्ठ तथा असहाय नागरिकहरूको सेवामा सहयोग गर्न, जनताका समस्या समाधानमा सरकारको ध्यानाकर्षण गर्ने काममा पनि नेमकिपा लागेको देखिन्छ । हरेक नागरिकमा देशभक्तिको भावना जगाउन, सङ्कीर्ण जातीय र साम्प्रदायिक राजनीति नगर्न, बरु देशको विभिन्न भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने काम जनतालाई उत्प्रेरित गरिरहनु आवश्यक छ । यस्तो विचार देशभरका सबै नेता, मन्त्री, सांसद, जनप्रतिनिधि, कार्यकर्ता, शुभचिन्तक, कर्मचारी तथा सर्वसाधारण जनताको निम्ति पनि खाँचो छ । निडर, निःस्वार्थ भएर देश र जनताको सेवामा इमानदारीपूर्वक काम गर्ने प्रेरणा दिने विचार गलत होइन । त्यो विचार देश र जनताको पक्षमा छ । यसकारण, देशका अरु दलले पनि नेमकिपाबाट सिक्नु आवश्यक छ ।
Leave a Reply