अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
अलेक्जेन्डर जिनोभिएभ (१९२२–२००६) रसियाली दार्शनिक, समाजशास्त्री, गणितज्ञ र लेखक थिए । उनी सोभियत संघभित्रका असन्तुष्टहरू मध्येका त्यस्ता अपवाद हुन जसले पछि आफ्नो सोभियत संघविरोधी र स्टालिनविरोधी अडानका लागि माफी मागे । १९३९ तिर आफ्नो युवाकालमा उनी जोसेफ स्टालिनको हत्या गर्ने षड्यन्त्रमा सामेल भएको आरोपमा समातिएका थिए । मस्को राज्य विश्वविद्यालयमा तर्क विभाग प्रमुख एवं प्राध्यापकका रूपमा जिनोभिएभले ख्याती आर्जन गरे । १९७८ मा उनले सोभियत संघ छाडे । १९९९ सम्म पश्चिम युरोपमा बसे ।
सोभियत संघको समाजवादी व्यवस्था र पश्चिम युरोपेली पूँजीवाद दुवै भोग्ने मौका पाएका जिनोभिएभले १९८९–१९९१ मा सोभियत संघमा भएका प्रतिक्रान्तिकारी गतिविधिपछि आफ्नो विचार फेरे । पहिलेको आफ्नो सोभियत संघविरोधी अडानका निम्ति गहिरो पछुतो व्यक्त गरे । त्यसका लागि आफूलाई माफ गरिदिन रसियाली जनतासित आग्रह समेत गरे ।
उनले आफ्नो एक पुस्तकमा लेखे ः
“‘साम्यवाद रसियाका निम्ति यति जीवन्त थियो र यति सशक्त रूपमा रसियालीहरूको जीवनशैली र मनोविज्ञानमा पसेको थियो कि साम्यवादको विनाशको अर्थ रसियाको विनाश र एक ऐतिहासिक जनताका रूपमा रसियाली जनताको विनाश बन्न पुगेको छ ।‘सारमा उनीहरु (पश्चिमा शीतयुद्धकर्ताहरु) ले साम्यवादलाई ताकेर रुसलाई मारेका छन् ।” (Alexander Zinoviev, Russkaya tragediya (originally published in 2002), in AZ, Nesostoyavshiisya proekt, Moscow: Astrel’ 2009, p.409)
२००५ को एक अन्तरवार्तामा उनले आफू स्टालिनको हत्या गर्न लक्षित षड्यन्त्रका सदस्य हुनाले १९३९ को आफ्नो गिरफ्तारीलाई न्यायोचित बताए । आफूले जीवनभर घृणा गरेको व्यक्ति जोसेफ स्टालिनबारे १९९३ मा उनले भने ः
“ म उनलाई मानव इतिहासका महान व्यक्तिहरुमध्ये एक मान्छु । मेरो विचारमा रुसको इतिहासमा उनी लेनिनभन्दा पनि महान थिए । स्टालिनको मृत्यु नहुञ्जेल म स्टालिनविरोधी थिएँ । तर मैले सधैँ उनलाई एक भव्य व्यक्तित्व मानिरहेँ ।”
…………………………………
आफ्नो स्टालिनविरोधी पक्षधरता र स्टालिनलाई मार्न रचिएको षड्यन्त्रका लागि आफूलाई गरिएको गिरफ्तारीबारे उनले भने ः
“ सत्र वर्षको उमेरमै म पक्को स्टालिनविरोधी थिएँ ‘। स्टालिनको हत्या गर्ने सोँच मेरो विचार र भावनाहरुमा हावी भए । हामीले हमलाको ‘प्राविधिक’ संभावनाहरुको अध्ययन ग¥यौं । हामीले अभ्यास पनि ग¥यौं । उनीहरुले मलाई १९३९ मै मृत्युदण्ड दिएको भए त्यो फैसला न्यायपूर्ण हुने थियो । मैले स्टालिनलाई मार्ने योजना बनाएको थिएँ, के त्यो अपराध थिएन ? जब स्टालिन जिवितै थिए, मैले विषयलाई बेग्लै ढंगले हेर्थेँ । तर आज फर्केर जब यो शताब्दीलाई नियाल्छु, किटेरै भन्न सक्छु स्टालिन यो शताब्दीका महानतम् व्यक्ति थिए, महानतम् राजनीतिक प्रतिभा थिए । कसैका बारेमा वैज्ञानिक धारणा बनाउनु आफ्नो व्यक्तिगत धारणाभन्दा अलग कुरा हो ।”
जिनोभिएभ कुनै कम्युनिष्ट अथवा माक्र्सवादी लेनिनवादी थिएनन् । तथापि, सोभियत संघमा समाजवादको हारपछि उनी समाजवादी व्यवस्थाका उपलब्धिहरुको भरपर्दो समर्थक बन्न पुगे । आफ्ना समस्या र कमजोरीहरुका बाबजुद समाजवादी व्यवस्था पूँजीवादी बर्बरताभन्दा औधी मानवीय रहेको ठम्याए ।
पूर्वी यूरोपमा साम्यवादको पतनपछि पश्चिममा नागरिकका सामाजिक अधिकारहरुमाथि व्यापक हमला शुरु गरियो । पूँजीवादी मुलुकहरुमा जे जति समाजवादी सुविधाहरु दिइएको थियो, तिनलाई नष्ट गर्दै आज प्रायः यूरोपेली मुलुकहरुमा सत्तासीन समाजवादीहरुले सामाजिक सुरक्षा व्यवस्थालाई कटौती गर्ने नीति अघि बढाइरहेका छन् ।
१९९९ मा फ्रान्सेली पत्रिका फिगरोलाई दिएको अन्तरवार्तामा उनले व्यक्त गरेका रोचक विचार यहाँ दिइएको छ ः
प्रश्न ः त्यसो भए साम्राज्यवादविरोधी लडाईँ रुसलाई नष्ट गर्ने षड्यन्त्र थियो ?
जिनोभिएभ ः एकदम । म यहीँ भन्छु । किनभने एक ताका म यी गतिविधिको अन्जान सहयोगी थिएँ । जसलाई पछि लज्जास्पद पाएँ । पश्चिमले रसियामा उत्पात मच्चाउन चाह्यो र प्रपञ्च रच्यो । मैले सैद्धान्तिक संघर्षको आवरणमा रसियालाई ध्वस्त पार्नतिर उद्दत दस्तावेजहरु पढेँ र त्यस्तै अनुसन्धानहरुमा सामेल भएँ । मेरा लागि पछि यो यति असह्य बन्यो कि मेरा जनता र मेरो देशलाई नष्ट गर्ने शिविरमा म बसिरहन सकिनँ । मेरा लागि पश्चिम नौलो होइन । तर त्यसलाई म शत्रु साम्राज्य मान्छु ।
“पूर्वी यूरोपमा साम्यवादको पतनपछि पश्चिममा नागरिकका सामाजिक अधिकारहरुमाथि व्यापक हमला शुरु गरियो । पूँजीवादी मुलुकहरुमा जे जति समाजवादी सुविधाहरु दिइएको थियो, तिनलाई नष्ट गर्दै आज प्रायः यूरोपेली मुलुकहरुमा सत्तासीन समाजवादीहरुले सामाजिक सुरक्षा व्यवस्थालाई कटौती गर्ने नीति अघि बढाइरहेका छन् । अब पश्चिममा आम जनतालाई जोगाउन सक्ने कुनै राजनीतिक शक्ति छैन । राजनीतिक पार्टीहरुको उपस्थिति औपचारिकताका लागि मात्र हो । समय अघि बढ्दै जाँदा तिनीहरु बीचको मतभेद घट्दै जानेछ । बाल्कनहरु बीचको युुद्ध जेभए पनि प्रजातान्त्रिक थियो । तथापि, त्यो युद्ध समाजवादीहरुले छेडेका थिए जो ऐतिहासिक रुपमा यस्ता खाले कदमका विरोधी रहँदै आएका हुन् । केही मुलुकहरुमा सत्तासीन वातावरणवादीहरुले नाटोको बम बिस्फोटले निम्ताएका वातावरणीय क्षतिलाई स्वागत गरे । तिनीहरुले युरानियमयुक्त बमहरु वातावरणका निम्ति हानीकारक नभएको दाबी गर्ने समेत दुस्साहस गरे जसलाई प्रयोग गर्ने सिपाहीहरु विशेष किसिमको सुरक्षात्मक पोशाक लगाउँछन् । यसरी पश्चिमा सामाजिक संरचनाबाट प्रजातन्त्र हराउँदै गइरहेको छ । जताततै निरङ्कुशता फैलँदो छ । किनभने अधिराष्ट्रीय संरचनाले एक्ला राज्यहरुमा आफ्ना नियम–कानूनहरु थोपर्छ । यो अप्रजातान्त्रिक अधिसंरचनाले उर्दी जारी गर्छ, निषेधाज्ञा थोपर्छ, नाकाबन्दी लगाउँछ, बमहरु खसाल्छ, भोकमरी निम्ताउँछ । स्वयं क्लिन्टन यो अधिसंरचनाले भनेको मान्छन् । वित्तिय निरङ्कुशताले राजनीतिक शक्तिलाई कजाएको छ । चिसो वित्तिय निरङ्कुशताका निम्ति करुण भावनाहरु बिराना छन् । वित्तिय तानाशाहीको दाँजोमा राजनीतिक तानाशाही मानवीय छ । क्रुरतम् तानाशाही शासनमा समेत प्रतिरोध संभव थियो । बैंकहरुविरुद्ध विद्रोह असंभव छ ।”
……………………………………………..
“कम्युनिष्ट प्रचारप्रसारको युगमा सोभियत नागरिकलाई गरिएकोभन्दा कता हो कता बढ्ता पश्चिमा नागरिकको दिमाग भाँडिएको छ ९दचबष्लधबकज०। वैचारिक क्षेत्रमा विचारभन्दा महत्वपूर्ण त्यसको प्रसारविधि हुने गर्छ । उदाहरणका लागि, आफ्नो शक्तिको शिखरमा छँदा भ्याटिकनसित प्रचार संयन्त्रको शक्ति जति थियो, त्योभन्दा अतुलनीय रुपमा बढी तागत पश्चिमा संचार क्षेत्रसित छ । सिनेमा, साहित्य, दर्शन मात्र होइन, प्रभावका सबै उत्तोलक र संस्कृति सम्प्रेषण गर्ने सबै विधिहरु यसैतर्फ अग्रसर छन् । एउटा झिनो घच्घचाइले पनि यस क्षेत्रमा कार्यरत सबैजना यसरी एकैनासले प्रतिक्रिया जनाउँछन् कि सबै आदेशहरु एउटै शक्तिको मुहानबाट आउँछन् भनी अड्कल काट्नै मुस्किल पर्छ ।”
…………………………………………..
“सोभियत संघमा सक्रिय जनसंख्याको १० देखि १२ प्रतिशत हिस्साले देशको व्यवस्थापन र प्रशासनिक क्षेत्रमा काम गथ्र्यो । सं.रा. अमेरिकामा यो हिस्सा १६ देखि २० प्रतिशत छ । यद्यपि सोभियत संघलाई उसको नियोजित अर्थतन्त्र र बोझिलो कर्मचारीतन्त्रका निम्ति आलोचना गर्ने गरिन्छ । कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा दुई हजारजनाले काम गर्थे । कम्युनिष्ट पार्टीमातहत १ लाख ५० हजार मजदुरहरु थिए । आज पश्चिममा तपाईँले दर्जनौँ अथवा सयौँको संख्यामा यस्ता उद्योग र बैंकहरु भेट्नुहुनेछ जसले त्योभन्दा धेरै मानिसहरुलाई काममा खटाउँछन् । पश्चिमा ठूला बहुराष्ट्रिय कम्पनीहरुका कारिन्दाहरुको दाँजोमा सोभियत कम्युनिष्ट पार्टीको कर्मचारी संयन्त्र नगन्य थियो ।”
( स्रोत ः इन डिफेन्स अभ कम्युनिज्म )
Leave a Reply