कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, ३१ जेठ । आधारभूत विद्यालय समिति भक्तपुर र शारदा माध्यमिक विद्यालयको सहकार्यमा भएको एकमहिने मादल प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा शिक्षासेवी हिमालश्वरलाल मूलले समाजवाद कुनै काल्पनिक कुरा नभई यथार्थ भएको र समाजवाद हाम्रो लक्ष्य भएको उल्लेख गर्नुभयो ।
उहाँले सामुदायिक विद्यालयको उत्थानका लागि सरकारले लगानी वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउँदै विद्यालय प्रशासन तथा शिक्षकहरू विद्यार्थीको भविष्य निर्माण गर्न शैक्षिक गतिविधिमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
मादल प्रशिक्षक जीतबहादुर खाइजुले सङ्गीत अन्तर्राष्ट्रिय भाषा भएको उल्लेख गर्दै बाजागाजासम्बन्धी प्रशिक्षणले भक्तपुरको सांस्कृतिक पहिचानमा टेवा पुग्ने तथा विद्यालयमा शिक्षण क्रियाकलापमा रौनकता ल्याउने बताउनुभयो ।
शारदा माविका प्रधानाध्यापक रोशनराज तुईतुईले कुनै कुरा सिक्न मनैदेखिको चाहना र लगन आवश्यक रहेको धारणा राख्दै तालिममा प्राप्त ज्ञानलाई शैक्षिक गतिविधिमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।
आधारभूत विद्यालय समिति भक्तपुरका अध्यक्ष दीपक माकले शिक्षकलाई सिर्जनशील र सक्रिय बनाई विद्यार्थीहरूलाई सक्रिय पार्ने र सिकाइलाई दीगो बनाउन यस्ता तालिम सहयोगी हुने बताउनुभयो ।
प्रशिक्षकलाई दोसल्ला, कदरपत्र र मायाको चिनोले सम्मान गरिएको सो कार्यक्रममा समितिका सचिव सूर्यबहादुर फोजु र प्रशिक्षार्थी मञ्जु लागेले पनि बोल्नुभएको थियो ।
Leave a Reply