भर्खरै :

सिथि नखाः को अवसरमा इनारहरूको सरसफाइ

सिथि नखाः को अवसरमा इनारहरूको सरसफाइ

भक्तपुर, ३१ जेठ । सिथि नखाः को दिन भक्तपुरको विभिन्न ठाउँमा इनारहरू सरसफाइ गरिएका छन् ।
नेवार समुदायमा पुर्खौँदेखि उपयोग गर्दै आएका पोखरी, इनार र ढुङगेधाराजस्ता पानीका स्रोतहरू सरसफाइ गर्ने चलन छ । सिथि नखाः जेठको शुक्ल चन्द्रमाको छैटौँ दिन मनाउने चलन रहेको छ । यस दिनलाई देवाली पूजा गर्ने अन्तिम दिन पनि मानिएको छ ।
खासगरी सिथि नखाःको दिन भक्तपुरको धेरै ठाउँमा इनारको सरसफाइ गरिएको हुन्छ । जेलाँ, सूर्यमढी, तचपाल, नगाँचा, भोलाछेँ, गोलमढीलगायतका ठाउँमा इनार सफाइ गरिएका छन् । यसैगरी भक्तपुरको दुवाल तुंछी (इनार) मा भने छुट्टै नियम रहेको छ । स्थानीय राजुप्रसाद दुवालका अनुसार इनार सफा गरेर ४ दिनपछि मात्र पानी निकाल्ने चलन रहेको छ । यस इनारको पहिलो पानीलाई गंगाजल मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *