यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर जिल्ला नेपालको सबैभन्दा सानो अपितु गर्भिलो छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले व्यक्त गरेझैँ आँखाको नानी सानो हुन्छ तर मणितुल्य छ । सानो र भीमकाय वा सङ्ख्यात्मकभन्दा गुणात्मकले महत्व राख्छ । ७७ जिल्लामा विभाजित नेपालको मानचित्रमा सबैभन्दा सानो जिल्ला भक्तपुर हो । यहाँ कला, संस्कृति, पर्व परम्परा, ठाँटी पाटी, पोखरी, ढुङ्गेधारा, रीतिरिवाज, चालचलन आदिमा अग्रणी छ । नेपाल सम्झेर जन्मथलोमा पाइला टेक्ने नेपालीहरू कर्मभूमि फर्कनु अगाडि भक्तपुरको वैभव अवलोकन नगरी फर्कनुपर्ने बाध्यता आएमा आफ्नो यात्रा अपुरो ठान्छन् । दरबार स्क्वायर, पाँचतले, दत्तात्रय, सिद्धपोखरी यहाँका प्रसिद्ध स्थान हुन् । धार्मिक, सांस्कृतिक र पुरातात्विक सम्पदाले खचाखच भरिएको यो जिल्लामा विश्व सम्पदाको सूचिकृत लिच्छवीकालीन चाँगुनारायण मन्दिर नेपालको मात्रै नभएर विश्वकै अलौकिक र अद्भूत धरोहर मानिन्छ । यो प्यागोडा शैलीको मन्दिर १९९० साल र २०७२ सालको विनाशकारी भूकम्पले सामान्य हानि नोक्सानी पु¥याए पनि क्षतविक्षत हुनबाट बचेको थियो । यो मन्दिर भक्तपुर जिल्लाको मात्र नभएर नेपालकै शान र मान हो । भक्तपुरमा चारवटा नगरपालिकाहरू छन् । ती हुन्, मध्यपुर ठिमी नगरपालिका, सूर्यविनायक नगरपालिका, भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका ।
चाँगुनारायण नगरपालिका भक्तपुर जिल्लाको उत्तरपूर्वमा फैलिएको छ । यस नगरपालिकामा उल्लेखनीय पर्यटकीय, धार्मिक र सांस्कृतिक स्थलहरू छन् । यहाँ चाँगुनारायण मन्दिर, नगरकोट, मुहानपोखरी, यातुमहादेव, बाल्मिकेश्वर, ज्योतिलिङ्गेश्वर, जालपादेवी मन्दिर, त्रिशुलडाँडा आदि छन् ।
आ—आफ्नो ऊर्जाशील समय समयको कालखण्डमा दुःख सुख, हन्डर, ठक्कर खाएर, टक्कर गरेर विविध तरिकाबाट परिवार, समाज र राष्ट्रको लागि व्यतीत गरेर अहोरात्र खटिएर जीवनको उत्तराध्र्दमा डाँडामाथिको घाम हुन पुगेका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउनु राज्यको दायित्व हो । यिनै कुरालाई मध्यनजर राखी वृद्धावस्थामा आइपर्ने समस्या, विभिन्न व्यक्त अव्यक्त बाधा अड्चन सम्बोधन गर्न वा छिचोल्न, ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा प्रदान गर्न अत्यावश्यक देखिन्छ । निजहरूसँग विद्यवान कला, सीप, जाँगर, ज्ञान, क्षमता र भोगाइको अधिकतमरूपमा ग्रहण गरी अग्रजप्रति श्रद्धा, सम्मान, आदरभाव एवम् सद्भाव दर्शाउनु आजको अनुजजनको कर्तव्य र यथार्थ हो । ज्येष्ठ नागरिक राष्ट्रका अमूल्य निधि भएकोले उनीहरूको हेरचाह गर्ने सिलसिलामा विगतमा सरकारी र निजी तवरबाट प्रयासहरू नभएका होइनन् तर पर्याप्त छैनन् ।
नेपालको संविधानको धारा ४१ ले मौलिक हकको रूपमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ ।
ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ ले ६० वर्ष उमेर पूरा गरेको नेपाली नागरिक ज्येष्ठ नागरिक भनी परिभाषा गरेको पाइन्छ । जीवनयापन गर्ने कुनै आधार, आयस्रोत वा सम्पत्ति नभएको, पालनपोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएको तथा परिवारको सदस्य भए पनि निजले पालनपोषण नगरी अपहेलित वा उपेक्षित जीवनयापन गर्नुपरेको व्यक्तिलाई असहाय ज्येष्ठ नागरिकको रूपमा गणना गरिन्छ ।
चाँगुनारायण नगरपालिका वडा नं. ३ मा जन्मेका वरिष्ठ हास्यव्यङ्ग्यकार, कवि चट्याङ मास्टर भक्तपुरको मात्रै नभएर राष्ट्रकै गहना हुनुहुन्छ । केही वर्षअगाडि उहाँले अन्र्तराष्ट्रिय पुरस्कारको ठुलो राशी जित्नुभएको थियो । उहाँले ‘चट्याङ गीता’ नामक विभिन्न भागमा गद्य हास्यव्यङ्ग्य रचना गर्नुभएको छ ।
उहाँ नेपालको चर्चित हास्यव्यङ्गय कार्यक्रम ‘सिस्नो पानी’ नेपालका अध्यक्ष हुनुहुन्थ्यो । वि.सं. २०४६ पश्चात् उहाँले ‘लक्ष्मण, गाम्नागे’ भनेर अर्का हास्यव्यङ्ग्यकार ‘पाला’े को रूपमा ‘अध्यक्ष’ पदलाई बिसाउनुभएको छ ।
Leave a Reply