भर्खरै :

विश्वविख्यात् भाषाविद् नोम चोम्स्कीको मृत्युको खबर असत्य भएको पत्नी भालेरियाद्वारा पुष्टि

विश्वविख्यात् भाषाविद् नोम चोम्स्कीको मृत्युको खबर असत्य भएको पत्नी भालेरियाद्वारा पुष्टि

न्युयोर्क, १९ जून (एपी) । नोम चोम्स्कीकी पत्नी भालेरिया वासरम्यान चोम्स्कीले मङ्गलबार आफ्ना पतिको मृत्यु भएको भन्ने समाचार असत्य भएको बताउनुभएको छ ।
साओ पाउलोस्थित ‘बेनिफिसेन्सिया पोर्टुगुएसा अस्पताल’ ले एक विज्ञप्ति जारी गर्दै चोम्स्कीलाई घरमै उपचार जारी राख्न मङ्गलबार डिस्चार्ज गरिएको जनाएको छ ।
पञ्चानब्बे वर्षीय चोम्स्कीलाई ब्राजिलमा हृदयघातपछि अस्पताल भर्ना गरिएको थियो ।
मङ्गलबार चोम्स्की ‘एक्स’ को सूचनाको ट्रेन्डिङमा हुनुहुन्थ्यो किनकि यसअघि सार्वजनिक भएको उहाँको मृत्युको रिपोर्टहरू गलत सावित भएका थिए ।
ज्याकोबिन र द न्यू स्टेट्सम्यानले चोम्स्कीका लागि मृत्युलेख प्रकाशित गरे तापनि चोम्स्कीले आफ्नो शीर्षक ‘वी रिमेम्बर नोम चोम्स्की’ बाट ‘लेट्स सेलिब्रेट नोम चोम्स्की’ मा परिवर्तन गर्नुभएको थियो ।
‘द न्यू स्टेट्सम्यान’ ले ग्रीसका पूर्व अर्थमन्त्री यानिस भारोफाकिसको निबन्धलाई पूर्णरूपमा हटाएको छ । ब्राजिलियन समाचार साइट डियारियो डो सेन्ट्रो डो मुन्डोले पनि चोम्स्कीको मृत्युको घोषणा गरेको समाचार हटाएर उहाँको नयाँ समाचार प्रकाशन गरेको छ ।
अस्पतालमा उहाँको हृदयघातको उपचार भइरहेको चोम्स्कीकी पत्नीले गत साता इमेलमार्फत एपीलाई बताउनुभएको थियो ।
चोम्स्की दम्पती सन् २०१५ देखि ब्राजिलमा बसोबास गर्दै आएका छन् । अमेरिकी विदेश नीतिको आलोचना गरेका नोम चोम्स्कीले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा दशकौँसम्म प्राध्यापन गर्नुभएको थियो ।
सन् २०१७ मा उनी टक्सनस्थित एरिजोना विश्वविद्यालयको कलेज अफ सोसियल एन्ड बिहेभियरल साइन्समा भर्ना हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *