भर्खरै :

टुटेको सपना : ‘कामदार गरिब’ को निम्ति अमेरिकी श्राप

‘अमेरिकी सपना’ ले अमेरिकी जनतालाई विश्वास दिलाएको छ कि जबसम्म तिनीहरू कडा परिश्रम गरिरहन्छन्, उनीहरूले जे पनि हासिल गर्न सक्छन् । यद्यपि, मे २९, २०२४ का दिन चीनको राज्य परिषद् सूचना कार्यालयले जारी गरेको सन् २०२३ मा संयुक्त राज्य अमेरिकामा मानवअधिकार उल्लङ्घनसम्बन्धी प्रतिवेदनले अमेरिकामा ‘काम गर्ने गरिब’ को मुद्दा अझ प्रख्यात हुँदै गइरहेको कुरा औँल्याएको छ ।
धेरै ‘कामदार गरिबहरू’ दिनभर अथक परिश्रम गर्छन्, तर तिनीहरूको ज्याला आधारभूत आवश्यकताहरू पूरा गर्न मुस्किलले पुग्छ र उनीहरूको निम्ति पर्याप्त सामाजिक सुरक्षाको अभाव छ । संरचनात्मक गरिबी र संस्थागत असमानता र बहिष्कारले यस मुद्दालाई अमेरिकी समाजमा क्रमशः दीर्घकालीन समस्यामा परिणत गरेको छ ।
अक्टोबर २०२३ मा चरम गरिबी र मानव अधिकार विषयमाथि संयुक्त राष्ट्र सङ्घीय विशेष प्रतिवेदक ओलिभर डे शुटरले धेरै ठुला अमेरिकी कम्पनीहरूको काममा गरिबीमा जिम्मेवार रहेकोमा आलोचना गर्दै एउटा रिपोर्ट जारी गर्नुभयो । यस प्रकारको गरिबीको विशेषता असुरक्षित रोजगारी, कम ज्याला र उपलब्ध लाभहरू उपलब्ध नहुनु रहेका छन् ।
संरा अमेरिकामा न्यूनतम ज्यालाका स्थितिहरू सामान्य देखिन्छन् तर, श्रम बजारसँग सम्बन्धित पर्यवेक्षण र व्यवस्थापन संयन्त्रको नितान्त अभाव छ । परम्परागतरूपमा कामदारहरूको अधिकारको संरक्षण गर्ने युनियनहरू प्रायः अनुपस्थित वा सीमान्तकृत हुन्छन्, जसले गर्दा श्रमिकहरूको अधिकारको व्यापक उल्लङ्घन हुने गर्छ । धेरै कामदारहरू गरिबीमा सङ्घर्ष गर्छन्, जीवनका आधारभूत खर्चहरू पनि पूरा गर्न असमर्थ छन् । यसैबिच, उच्च मूल्य र निरन्तर ब्याजदर वृद्धिको बोझका कारण संरा अमेरिकामा जीवनयापनको लागत बढिरहेको छ । हाल १ करोड ४८ लाख बालबालिकासहित २ करोड ९९ लाखभन्दा बढी मानिसहरू संरा अमेरिकामा १ करोड १५ लाख मानिस कम आय भएका कामदार परिवारहरूमा बस्छन् ।
आर्थिक उदारवादको विचारधाराले उत्पादनका साधनहरूमा व्यक्तिवाद र निजी सम्पत्तिमा आधारित बजार अर्थतन्त्रलाई समर्थन गर्दछ, जसले बजारलाई लेजिस फेयर (Laissez–Faire) नीतिहरूमार्फत आपूर्ति र मागलाई आत्म–नियमित गर्न जरुरी छ । यद्यपि, जब यस प्रकारको उदारवादले अन्यायपूर्ण संस्थागत ढाँचामा काम गर्छ, यसले अनिवार्यरूपमा धनी र गरिबबिचको खाडललाई बढाउँछ, सामाजिक असमानतालाई बढावा दिन्छ र प्रणालीगत तथा संरचनात्मक गरिबीलाई स्थायी बनाउँछ र अन्ततः ‘श्रमिक गरिबी’ को अनिवार्य मामिला निम्त्याउँछ ।
अमेरिकी समाजशास्त्री म्याथ्यू डेसमन्डले तर्क गर्छन् कि गरिबी तीनवटा अमेरिकी प्रवृत्तिहरूबाट उत्पन्न हुन्छः वञ्चितहरूको शोषण, धनी र गरिबहरूलाई छुट्टाछुट्टै समुदायमा जानीजानी क्लस्टर गर्ने, जसको परिणामस्वरूप सीमित गरिएका अवसरहरू र सीमित सामाजिक गतिशीलता । “सरकारबाट सहयोग भनेको शून्य रकमको मामला हो,” डेसमन्डले हामीलाई सम्झाउँछन् । “सबैभन्दा ठुलो सरकारी अनुदानहरू गरिबीबाट बाहिर निस्कन खोज्ने परिवारहरूतिर निर्देशित हुँदैनन् तर यसको सट्टा सम्पन्न परिवारहरू राम्रोसँग बस्न सुनिश्चित गर्न जान्छ । यसले गरिबहरूका लागि थोरै स्रोतहरू खर्च गर्छ ।”
‘कामदार गरिब’ ले भेदभाव र अन्याय मात्र होइन बरु संस्थागत स्तरमा व्यवस्थित बहिष्कार पनि सामना गर्छ । उनीहरूलाई श्रम संरक्षणमा पहुँच प्राप्त गर्न वा रोजगारीमार्फत आधारभूत जीवन आवश्यकताहरू पूरा गर्न असमर्थ छोडेर ।
विश्वव्यापी स्वास्थ्य कभरेजबिना संरा अमेरिका उच्च आय मात्र भएको देश हो । अप्रिल र अक्टोबर २०२३ को बिचमा, १ करोडभन्दा बढी वयस्कहरू र बालबालिकाहरूलाई यसको स्वास्थ्य बीमा (Medicaid) कार्यक्रमबाट खारेज गरियो ।
अल्पसङ्ख्यक समुदायहरूले अत्यधिक बिलहरूको सामना गर्ने अझ बढी जोखिममा, नियमित मानिसहरूले आफैँलाई कडा चिकित्सा खर्चको बोझ पाउन सक्छन् ।
उही समयमा, चिकित्सा क्षेत्रमा शक्तिशाली स्वार्थ समूहहरूले भारी राजनीतिक चन्दाहरूमार्फत अमेरिकी राष्ट्रिय स्वास्थ्य नीति सुधारहरूमा बाधा पु¥याउँछन्, स्वास्थ्य सेवा प्रणालीलाई आम नागरिकको चिकित्सा सेवामा पहुँचको खर्चमा नाफामा आधारित उद्यममा परिणत गर्दछ ।
संरा अमेरिकामा गरिबी सामाजिक नीतिहरूको अभावको प्रत्यक्ष परिणाम हो र संस्थागत बहिष्कारले ‘कामदार गरिब’ लाई अझ बढी पृथक र असहाय अवस्थाहरूमा धकेल्छ ।
यसका बाबजुद पनि, संरा अमेरिकाले तल्लो वर्गको अस्तित्व र विकासको आवश्यकतालाई बेवास्ता गर्दै र अन्तर्राष्ट्रिय मान्यता प्राप्त मानवअधिकार मापदण्डहरूलाई छुट दिँदै समस्या समाधान गर्न प्रतिबद्धताको स्पष्ट अभाव देखाउँछ । यसले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध
(ICESCR) र महिलाविरुद्ध सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि (CEDAW) जस्ता संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार महासन्धिहरू अनुमोदन गर्न बाँकी छ ।
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध (ICESCR) ले काम गर्ने अधिकार, खाना, लत्ताकपडा र आवाससहितको पर्याप्त जीवनस्तरको अधिकार, सामाजिक सुरक्षाको अधिकार, स्वास्थ्यको अधिकार, शिक्षाको अधिकार र सांस्कृतिक जीवनमा सहभागी हुने अधिकारलाई मान्यता दिन्छ । वैज्ञानिक प्रगति र यसको अनुप्रयोगहरूको फाइदाहरूको आनन्द लिन, सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि (CEDAW) ले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, नागरिक र पारिवारिक जीवनलगायतका विभिन्न क्षेत्रमा महिलाविरुद्ध हुने भेदभाव उन्मूलन गर्ने उद्देश्य राख्छ ।
मानवअधिकारको मर्मले मानिसको रूपमा उपभोग गर्नुपर्ने अधिकार र कल्याणलाई मूर्त रूप दिन्छ, जसको आधारभूत अस्तित्व र विकास पूर्णरूपमा सुरक्षित छ भन्ने प्राथमिक आवश्यकता हो । आधारभूत अस्तित्व, जीवन सुरक्षा, आधारभूत पर्याप्त जीवनस्तर र शारीरिक स्वास्थ्यलाई प्रभावकारीरूपमा सुरक्षित गरेमा मात्र व्यक्तिहरूले अन्य अधिकारहरू प्राप्त गर्न सक्छन् ।
यद्यपि, देशले “सबै मानिसहरू समानरूपमा सिर्जना गरिएका छन्” भनी दाबी गरे पनि ‘कामदार गरिब’ को समस्याले आफ्ना जनताको आधारभूत अस्तित्व र विकासलाई कायम राख्न अमेरिकाको वर्तमान असक्षमतालाई प्रतिबिम्बित गर्दछ ।
(लेखक साउथवेस्ट युनिभर्सिटी अफ पोलिटिकल साइन्स एन्ड लमा मानव अधिकार संस्थानका अनुसन्धानकर्ता हुन् ।)

– ‘पेइचिङ रिभ्यु’ बाट
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *