‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
आम मानिसहरूलाई उच्च रक्तचापका बारेमा केही न केही जानकारी रहेकै हुन्छ । यद्यपि, कतिपय मानिसहरूमा केही तथ्यले भ्रमसमेत सृजना गरेको हुनसक्छ ।
उच्च रक्तचापबारे जान्नैपर्ने १० कुराहरू
१. उच्च रक्तचाप संसार हुने मृत्युको पहिलो कारण हो । यसले हृदयघात तथा पक्षघात गराउँछ । त्यसकारण, यो विकराल रोग हो ।
२. उच्च रक्तचाप कतिलाई मान्ने भन्नेबारे जानकारी हुनु आवश्यक छ । युरोपियन सोसाइटी अफ कार्डियोलोजीका अनुसार व्यक्तिको रक्तचाप १४० बाई ९० भएको अवस्थामा त्यसलाई उच्च रक्तचाप भएको मान्न सकिन्छ ।
त्यस्तै अमेरिकन हार्ट एसोसियसनका अनुसार कुनै व्यक्तिमा माथिको रक्तचाप १३० भन्दा बढी तथा तलको रक्तचाप ८० भन्दा बढी भएको अवस्थालाई उच्च रक्तचाप मान्न सकिन्छ ।
त्यसकारण, विभिन्न स्थान तथा देशअनुसार उच्च रक्तचापलाई परिभाषित गरिएको छ ।
यद्यपि, १३० बाई ९० भएको अवस्थालाई उच्च रक्तचाप भएको मान्न सकिने चिकित्सकहरू बताउँछन् । यस्तो अवस्थामा उच्च रक्तचापको औषधि सेवन गर्नका लागि सुरु गर्नुपर्ने हुन्छ ।
३. सिस्टोलिक र डायस्टोलिक ब्लड प्रेसरबारेको जानकारी सबैमा हुन जरुरी छ । दुवै प्रकारका रक्तचापले शरीरलाई हानि गराउन सक्छ । विभिन्न अध्ययनहरूले तलको भन्दा माथिको रक्तचाप हृदयघातसँग बढी सम्बन्धित हुने गर्छ । त्यसकारण, तलको भन्दा माथिको रक्तचापलाई नियन्त्रणमा राख्नु अत्यावश्यक हुन्छ ।
४. धेरै मानिसहरूमा रक्तचापको समस्या उमेर ढल्कँदै जाँदा मात्रै देखापर्छ भन्ने भ्रम रहेको पाइन्छ ।
रक्तचापको समस्या २,३ वर्षको बच्चादेखि वयस्क तथा युवायुवती जोसुकैमा पनि देखापर्छ । एक अध्ययनअनुसार ३५ देखि ४५ वर्ष उमेर समूहका ४ मध्ये १ जनामा ब्लड प्रेसरको समस्या देखापर्छ ।
त्यस्तै, त्यही उमेर समूहका ५ मध्ये १ महिलामा रक्तचापको समस्या देखिन सक्छ । त्यसकारण, ब्लड प्रेसरको समस्या युवा अवस्थामा नै पनि देखापर्ने भएकोले सचेत हुन आवश्यक हुन्छ । युवा अवस्थामा हुने हृदयघात तथा पक्षघातको प्रमुख कारण नै अनियन्त्रित रक्तचाप नै हो ।
५. ब्लड प्रेसरको समस्या लक्षणबिना पनि देखा पर्न सक्छ भन्ने जानकारी हामीमध्ये धेरैलाई छैन । सधैँजसो बिरामीको परीक्षणको क्रममा ब्लड प्रेसर बढ्दा समेत बिरामीलाई खासै लक्षण देखा नपरेको मैले पाएको छु । त्यसकारण, लक्षणबिना पनि ब्लड प्रेसरको समस्या देखिन सक्छ भन्ने जानकारी हामीलाई हुनु आवश्यक छ । त्यसकारण, नियमितरूपमा ब्लड प्रेसरको परीक्षण अत्यावश्यक छ ।
२० वर्ष उमेर पुरा भइसकेका व्यक्तिले कम्तीमा पनि वर्षमा एकपटक ब्लड प्रेसरको परीक्षण गर्नु आवश्यक हुन्छ ।
६. अमेरिकाजस्तो विकसित मुलुकका मानिसहरूमा समेत आफूलाई ब्लड प्रेसरको समस्या भएको जानकारी हुँदैन । नेपालजस्तो विकासोन्मुख मुलुकमा झनै यस समस्या विकरालरूपमा देखिएको छ । हाम्रो घरपरिवारका सदस्यमा समेत ब्लड प्रेसरको समस्या देखिँदा समेत बिरामीहरू चुपचाप घरमा नै बसिरहेको पाइन्छ ।
७. ब्लड प्रेसरको समस्या भएका अधिकांशमा मोटोपनाको समस्यासमेत हुने गर्छ । अध्ययनअनुसार १ सय ब्लड प्रेसरका रोगीमध्ये ६० जनामा मोटोपना तथा ५० जनाको कोलेस्ट्रोरेल,२५ जनामा डायबिटिज तथा १५ जनामा किड्नीको समस्या हुने गरेको पाइएको छ । त्यसकारण, ब्लड प्रेसरको समस्या भएका हरेक व्यक्तिले मोटोपना, कोलेस्ट्रोरेल तथा किड्नीको अवस्थाबारे जानकारी राख्नु आवश्यक हुन्छ ।
८. कतिपय ब्लड प्रेसरका बिरामीहरूमा सहीरूपमा ब्लड प्रेसरको परीक्षण नहुँदा भ्रम फैलिएको पाइन्छ ।
ब्लड प्रेसर परीक्षण गर्नु करिब आधा घण्टा अगाडि चुरोट, रक्सी तथा चियाको सेवन गर्नुहुँदैन । त्यस्तै, परीक्षणको लागि अस्पताल पुगेको आधा घण्टासम्म आराम गर्नुपर्छ । ब्लड प्रेसर परीक्षणका लागि कुर्सीमा बसिरहँदा पछाडि भागलाई कुर्सीमा आड दिनुका साथै खुट्टालाई उपर खुट्टी लगाउनु हुँदैन । चिकित्सकहरूले समेत ब्लड प्रेसर परीक्षणका लागि सही कफ प्रयोग गर्नुपर्ने हुन्छ । त्यस्तै, ब्लड प्रेसर परीक्षण गरिरहँदा चिकित्सक तथा बिरामी दुवै बोल्नु हुँदैन । त्यस्तै, दुईपटकसम्म ब्लड प्रेसर नाप्नुपर्ने हुन्छ । यस्तो अवस्थामा मात्रै ब्लड प्रेसरको समस्या भए नभएको यकिन गर्न सकिन्छ ।
९. कतिपय मानिसहरूको स्थानअनुसार ब्लड प्रेसर थपघट हुने समस्या पाइएको छ । जस्तै अस्पतालमा ब्लड प्रेसर बढ्ने तथा घरमा सामान्य रहने । अस्पतालको तनावपूर्ण वातावरण तथा चिकित्सकहरूसँगको भेटघाटका कारण बढेको ब्लड प्रेसर घरको शान्त वातावरणले कम हुन सक्छ । यस्तो अवस्थालाई हवाइट कोर्ट हाइपरटेन्सनसमेत भन्ने गरिन्छ ।
त्यस्तै, कतिपयमा घरमा ब्लड प्रेसर बढ्ने तथा अस्पताल आइपुग्दा घट्ने समस्यासमेत हुनसक्छ, जसलाई माक्र्स हाइपरटेन्सन भन्ने गरिन्छ । यस्ता बिरामीहरूको ब्लड प्रेसरबारे सही जानकारी पाउनका लागि होम ब्लड प्रेसर मनिटरिङ सिस्टम ल्याउन आवश्यक छ । त्यसकारण, यस्ता समस्या हुनेहरूले घरमा नै ब्लड प्रेसर नाप्ने यन्त्र राख्नुपर्ने हुन्छ । हामीमध्ये धेरैलाई ब्लड प्रेसरका धेरै कारणहरू जस्तै वंशाणुगत, चुरोट रक्सी तथा अल्छीपनाका कारण हुने गर्छ भन्ने जानकारी छ ।
यद्यपि, हामीमध्ये धेरैलाई युरिक एसिडका बिरामीहरूमा पनि ब्लड प्रेसरको समस्या हुने गर्छ भन्ने थाहा नहुन सक्छ ।
१०. प्रतिशतभन्दा बढीमा वंशाणुगत कारणले नभई शरीरमा हुने अन्य समस्याका कारण ब्लड प्रेसर हुने गर्छ ।
जस्तैः थाइरोइड, किड्नी, राति घुर्नेजस्ता समस्या हुनेहरूमा ब्लड प्रेसरको समस्या हुने गर्छ । युवा पुस्तामा नै ब्लड प्रेसर देखिने धेरै मानिसहरूमा यस प्रकारको समस्यासमेत हुन सक्छ । त्यस्तै, ब्लड प्रेसरको समस्या आउन नदिनका लागि नियमित परीक्षण गर्ने, स्वस्थकर खानेकुरा मात्रै खाने, नुनको सेवन कम गर्ने, सुर्तीजन्य पदार्थको सेवन नगर्ने तथा खुसी हुने प्रयास आवश्यक छ ।
(लेखक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्टरनल मेडिसिन विभाग सहायक प्राध्यापक हुन् ।)
Leave a Reply