भर्खरै :

मेरो खुसीको दिन १५ साउन

मेरो खुसीको दिन १५ साउन

१४ साउन २०८१ को ‘नयाँ पत्रिका’ ले लेख्यो, ‘अलोकप्रिय बन्दै छन् माडुरो’, ‘भेनेजुयलाको राष्ट्रपति निर्वाचनमा ११ वर्षदेखि सत्तामा रहेका माडुरो भारी मतान्तरले पराजय हुने प्रक्षेपण भइरहेको छ ।’
यो समाचार शीर्षक र टिप्पणीले मलाई एकछिन केही दिनदेखि टीभी हेर्न नपाएको र ल्याटिन अमेरिकी देशहरूको समाचार हेर्न नभ्याउँदा अल्मलिएँ । तर, निर्वाचनको मत सर्वेक्षण र टिप्पणीप्रति विश्वास लागेन । औषधि सेवनपछि म निदाएँ, मनलाई सा¥है विषादले छोपेको थियो ।
बिहान ६ बजे निद्रा खुल्यो, १५ साउन २०८१ को दिन ! ढोकाको घण्टी बज्यो, ‘मजदुर’ दैनिक आइसकेको रहेछ । एक बहिनीले पढिन्, “भेनेजुयलाको राष्ट्रपतीय निर्वाचनमा निकोलस माडुरो ५१.२० प्रतिशत मत प्राप्त गरी विजयी । खिन्न मनमा फेरि खुसी र उत्साह थपेको अनुभव भयो । मैले पश्चिम गोलाद्र्ध र दक्षिण अमेरिकामा क्युवा, भेनेजुयला, निकारागुआ, बोलिभियामा समाजवाद र प्रगतिशील पक्षहरूले एकपछि अर्काे सफलता प्राप्त गर्दै गरेको अनुभव गरेँ । अमेरिकी साम्राज्यवादले ल्याटिन अमेरिकी देशहरूको खनिज र व्यापार कब्जा गरी लुटपाट मच्चाइरहेको थियो । संरा अमेरिकी पाँचौँ राष्ट्रपति जेम्स मुनरो (१८१७–१८२५ कार्यकाल) ले ती सबै देशहरूलाई संरा अमेरिकाको करेसाबारी भनेकोमा बोलिभारीयाली आन्दोलनकारी र क्युवाका पार्टी समर्थक आन्दोलनकारीहरूले विरोध गरेका थिए ।
अमेरिकी साम्राज्यवादी एजेन्ट र प्रतिगामीहरू पराजित भएको समाचारको अर्काे पाटो हो – भेनेजुयलाको तेलको खानी अमेरिकी एकाधिकारीहरूको हातमा पर्नेछैन । भेनेजुयाली जनताले चाहेको खण्डमा पेट्रोल र अन्य कच्चा माल बेचेर देशको अर्थतन्त्रलाई सुधार गर्नेछ र जनताको जीवन स्तरलाई उठाउन सक्नेछ । नेपालमा जस्तै अमेरिका गइरहेका आफ्ना जनता पनि फर्कने छन् । अमेरिकामा एसिया, अफ्रिका, ल्याटिन अमेरिकाका करोडौँ जनता काम गर्दै छन् । तिनीहरूमध्ये धेरैलाई थाहा छ – अमेरिकी पुँजीपतिवर्गले हाम्रो देशलाई लुटेको हुनाले त्यहाँ काम गर्ने र नागरिकता पाउने अधिकार छ, जसरी पुस्तौँदेखि अफ्रिकी– अमेरिकी जनता त्यहाँ सङ्घर्षरत छन् । प्राप्त रिपोर्टअनुसार संरा अमेरिकामा विदेशबाट गएका करोडौँ जनता, त्यहाँ कार्यरत कामदार जनता अमेरिकी सरकारको शोषण, अन्याय, अत्याचार र भेदभावको नीतिको विरोधमा सङ्घर्षरत छन् ।
त्यस साम्राज्यवादी नीतिको विरोधमा नेपालबाट गएका युवाहरूको यो पुस्ता नभए पनि अर्काे पुस्ता सङ्घर्षमा भाग लिनेमा कुनै दुविधा छैन, किनभने त्यहाँ तल्लो दर्जाको काम गर्नेहरूमाथि ठुलो शोषण र भेदभाव छ ।
हाम्रा नेपाली युवाहरूले अब संरा अमेरिका र ल्याटिन अमेरिकी देशहरूको स्वतन्त्रता र सार्वभौमिकता जोगाउन अमेरिकी लुट र आक्रमणको बारे तथा त्यहाँ समाजवादी आन्दोलनको अध्ययन आवश्यक छ भन्ने बुझ्न थाले ।
अर्काे सुखद कुरा
१५ साउन २०८१ को दिन बिहान ८ बजे कोरियाली जनतासँगको ऐक्यबद्धता समिति, नेपालको २०८१ को प्रकाशन ‘स्मृतिमा किम इल सङ’ शीर्षकको ६८ पृष्ठको सुन्दर पुस्तिका हातमा दिइन् बहिनीले !
सन् १९९४ जुलाई ८ को दिन कामरेड किम इल सङको देहावसान भएको थियो । गत असार २४ गते उहाँको ३० औँ स्मृति दिवस हो । उहाँको जन्म १५ अप्रिल १९१२ मा एक देशभक्त किसान परिवारमा भएको थियो ।
यसकारण, साउन १५ मेरो निम्ति सुखद दिन रह्यो, ‘मजदुर’ दैनिकका साथीहरूलाई साधुवाद !
तपाईँको एक पाठक

Leave a Reply

Your email address will not be published. Required fields are marked *