नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सोमबार भने कि भेनेजुयलाका वर्तमान राष्ट्रपति निकोलस माडुरोले जितेको राष्ट्रपति चुनावको घोषणा गरिएको नतिजाको बारेमा वाशिङ्टनले ‘गम्भीर चासो’ राखेको छ र यसले ‘भेनेजुयलाका जनताको इच्छा र मतलाई प्रतिबिम्बित नगरेको’ दाबी गरेको छ । के अमेरिकी राजनीतिज्ञहरूलाई भेनेजुयलाका जनताको इच्छा भेनेजुयाली जनताले भन्दा राम्रो थाहा छ ? स्पष्टरूपमा छैन ।
संरा अमेरिकाले भेनेजुयला र अन्य देशहरूको मामिलामा विचारधाराको माध्यमबाट उनीहरूको राजनीतिक पारिस्थितिकीलाई पुनः आकार दिने प्रयास गर्दै आफ्नो हस्तक्षेप बढाएको छ । यदि संरा अमेरिका समर्थित उम्मेदवारले चुनाव जित्यो भने यसलाई निष्पक्ष र स्वतन्त्ररूपमा वर्णन गरिनेछ† यदि होइन भने त्यसलाई अनुचित र पारदर्शिताको अभावको लेबल लगाइदिने गरिन्छ । यो रणनीति संरा अमेरिकाले अन्य राष्ट्रहरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्न प्रयोग गर्ने सामान्य विधि हो ।
सन् २०१९ मा माडुरोलाई भेनेजुयलाको वैध राष्ट्रपतिको रूपमा मान्यता दिन अस्वीकार गर्न अमेरिकाले भेनेजुयलाको विपक्षीलाई उक्साएको थियो । संरा अमेरिकाले ल्याटिन अमेरिकालाई आफ्नो करेसाबारी ठानेकोले अमेरिकी राजनीतिक अभिजात वर्गको इच्छा वा स्वार्थविपरीत जाने कुनै पनि राजनीतिक शक्ति वा व्यक्तित्वलाई निशाना बनाइन गरिएको छ ।
ल्याटिन अमेरिकी देशहरूप्रतिको अमेरिकी नीतिले मौलिकरूपमा संरा अमेरिकी एकाधिकार पुँजीको हितमा काम गर्छ । फलस्वरूप, संरा अमेरिकाको समर्थनमा केही ल्याटिन अमेरिकी देशका शासनहरू आफ्ना जनताको हितबाट पूर्णरूपमा विच्छेद भएका छन् । ल्याटिन अमेरिकामा बारम्बार दोहोरिने अशान्तिको श्रेय संयुक्त राष्ट्र सङ्घको बडापत्र र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्तहरूको उल्लङ्घन गर्ने अमेरिकी हस्तक्षेपलाई पनि मान्न सकिन्छ । यी हस्तक्षेपले भेनेजुयलालगायत ल्याटिन अमेरिकी देशहरूको सार्वभौमसत्ता र हितलाई कमजोर पार्छ र यस क्षेत्रमा शान्ति र विकासको लागि ठुलो खतरा निम्त्याएको छ ।
संरा अमेरिकाले लामो समयदेखि आफ्नो भूराजनीतिक स्वार्थ र मूल्यमान्यतालाई अन्तर्राष्ट्रिय कानुनमा प्राथमिकता दिन खोजेको छ । माडुरो स्वतन्त्रताको पछि लाग्न र भेनेजुयलालाई अन्य देशहरूको कठपुतली बन्नबाट प्रतिरोध गर्न जोड दिन्छन् । यद्यपि, संरा अमेरिकाले यसलाई ल्याटिन अमेरिकाका सबै देशहरूमा स्वतन्त्रताको अधिकार छैन र उनीहरूले अमेरिकी इच्छाहरूको पालना गर्नुपर्छ भन्ने कुरालाई जोड दिने गर्दछ । संरा अमेरिकाले तथाकथित मुनरो सिद्धान्त अन्तर्राष्ट्रिय कानुनसँग बाझिएको भए तापनि आधारित ल्याटिन अमेरिकी देशहरूको आन्तरिक मामिलामा आफ्नो हस्तक्षेपलाई जायज ठहराउँछ, चीन फरेन अफेयर्स युनिभर्सिटीका प्राध्यापक ली हाइडोङले ग्लोबल टाइम्ससित भन्नुभयो ।
राष्ट्रपति माडुरोको कार्यकालमा भेनेजुयलाले संरा अमेरिका र केही अन्य पश्चिमी देशहरूबाट कडा प्रतिबन्धहरूको सामना गर्नुपरिरहेको छ र सैन्य हस्तक्षेपको धम्की पनि दिइएको थियो । अप्रिलमा, बाइडेन प्रशासनले राष्ट्रपति माडुरोलाई स्वतन्त्र र निष्पक्ष चुनाव गर्न प्रतिबद्ध नभएको आरोप लगाउँदै पहिले हटाइएका केही प्रतिबन्धहरू पुनःस्थापित गर्ने घोषणा गरेको छ । यी सबै कदमले भेनेजुयलामा राजनीतिक र आर्थिक अस्थिरता बढाएको छ ।
उल्लेखनीय पक्ष त अमेरिकी प्रतिबन्धहरूको तीव्रता सामान्यतया अमेरिकी अभिजात वर्गहरूले स्वीकृत लक्ष्यको घरेलु अवस्थाको मूल्याङ्कनमा निर्भर गर्दछ । यदि संरा अमेरिकाले प्रतिबन्धहरू तीव्र पार्छ भने यसको मतलब तिनीहरूले विरोध गर्ने शक्ति वा व्यक्तित्व बलियो भएको छ; जसले यो पनि सुझाव दिन्छ कि भेनेजुयलामा संरा अमेरिकासँग षड्यन्त्र वा विध्वंस गर्न कम शक्ति र स्थान छन् । यदि संरा अमेरिकाले ल्याटिन अमेरिकामा आफ्नो हस्तक्षेपमा जोड दियो र प्रतिबन्धको दुरूपयोग गरेर क्षेत्रीय सहयोग र विकासलाई थप कमजोर बनायो भने उसको आधिपत्यपूर्ण व्यवहारको त्यस क्षेत्रका देशहरू र अन्तर्राष्ट्रिय समुदायले पक्कै पनि आलोचना र विरोध गर्नेछन् ।
भेनेजुयलामा भएको यो निर्वाचनले विकासोन्मुख देशहरूमा समानता र न्यायका लागि जनताको चाहनालाई धेरै हदसम्म झल्काउँछ । देशको राजनीतिक र विकासको दिशा जनताको हातमा हुनुपर्छ । कुनै पनि बाह्य शक्तिलाई चाहे जतिसुकै शक्तिशाली भए पनि आफ्नो राजनैतिक मापदण्डलाई अन्य देशहरूमाथि थोप्ने अधिकार छैन ।
भेनेजुयलाको सफल राष्ट्रपतीय निर्वाचन र राष्ट्रपति माडुरो पुनः निर्वाचित भएकोमा चीनले सोही दिन बधाई दिएको छ । स्वतन्त्र चुनावको लागि चीनको सम्मान संरा अमेरिकाको हस्तक्षेपको विपरीत छ ।
चीनले समानताको आधारमा पारस्परिक लाभ, आपसी समझदारी र जीतको नतिजालाई जोड दिएको छ जबकि ल्याटिन अमेरिकी देशहरूप्रतिको संरा अमेरिकाको नीति समानताको भावनाविपरीत उनीहरूको आन्तरिक मामिलामा प्रभुत्व र हस्तक्षेपको विशेषतासहितको रहेको छ । संरा अमेरिकाले ल्याटिन अमेरिकी देशहरूमा आर्थिक र राजनीतिक प्रभुत्वमात्र खोज्दैन बरु बरोबर सैन्य धम्कीको पनि प्रयोग गर्दछ । भेनेजुयलालगायत ल्याटिन अमेरिकी देशहरूसँग चीनको सम्बन्ध समानता, आपसी सम्मान र जीत–जीत सहयोगमा आधारित छ, जबकि संरा अमेरिकालाई त्यहाँका जनताले विध्वंस र अराजकता सिर्जना गर्ने धम्कीको रूपमा हेर्ने गर्छन् । यो स्पष्ट छ कि कुन प्रकारको सम्बन्ध ल्याटिन अमेरिकी देशहरूका निम्ति अधिक अनुकूल छ ।
(लेखक ग्लोबल टाइम्सका रिपोर्टर हुनुहुन्छ ।)
– ग्लोबल टाइम्सबाट
अनुवाद : आरोही
Leave a Reply