वातावरण बचाउन नाफाखोर व्यवस्थालाई बदलौँ – १
- चैत्र ७, २०८१
काठमाडौँ, २५ साउन । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा साउन २३ गते काठमाडौँबाट पोखरातर्फ उडेको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबारे बिहीबार छलफल भयो ।
बैठकमा आमन्त्रित सम्बन्धित विभागीय मन्त्री बद्री पाण्डे, सचिव गणेशप्रसाद पाण्डेले हेलिकप्टर दुर्घटनाबारे स्पष्टीकरण दिनुभयो ।
सचिव पाण्डेले दुर्घटनाबारे नकारात्मक प्रचार भए नेपालको हवाई आकाशबारे अन्तर्राष्ट्रियरूपमा प्रश्न उठ्ने दाबी सामसुम पार्ने तर्क राख्नुभयो ।
राप्रपाका सांसद धवल शमशेर राणाले दुई हप्ताअघि सौर्य वायुसेवाको विमान दुर्घटना र हेलिकप्टर दुर्घटनाको नैतिक जिम्मेवारी मन्त्री पाण्डेले लिनुपर्ने र सम्बन्धित कर्मचारीलाई निलम्बन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
रास्वपाका सांसद शिशिर खनालले धेरै हवाई दुर्घटना हुने सूचीमा नेपाल परेको उल्लेख गर्नुभयो ।
आम जनता पार्टीका सांसद प्रभु साहले थोत्रो हेलिकप्टर चलाउन दिने मन्त्रीको राजीनामा जरुरी भएको उल्लेख गर्नुभयो ।
नेकाका सांसद राजेन्द्र बजगाई (समितिमा आमन्त्रित सांसद) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुन तस्करहरूको कब्जामा रहेको औँल्याउनुभयो ।
नेकाका सांसद एनपी साउदले भूकम्पको बेला २०७२ सालमा मन्त्रिपरिषद्को निर्णयअनुसार त्रिभुवन विमानस्थल व्यवस्थापन गर्ने जिम्मा पाएअनुसार त्यहाँ पुग्दा निकै अराजक र गैरजिम्मेवार अवस्था भएको उल्लेख गर्नुभयो ।
नेकाका सांसद उदयशमशेर राणाले सन् २०२२ यता ९ ओटा हवाई दुर्घटना र १२३ जना मानिसको मृत्युबारे मन्त्रालयसँग रिपोर्टसमेत नभएको उल्लेख गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हवाई र हेलिकप्टर दुर्घटना सञ्चालन र नियमन एउटै निकायको कारण भएको होइन, त्यहाँ भ्रष्टाचारको कारण भएको उल्लेख गर्नुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तस्करको कब्जामा पर्ने, विमानस्थल अराजक अवस्थामा रहने, तेस्रो र चौथोपटक बिक्रीको हवाईजहाज र हेलिकप्टर नेपालमा ल्याइने र बिग्रिएको हवाईजहाज र हेलिकप्टरलाई उडान अनुमति दिने सम्बन्धित कर्मचारीलाई निलम्बन गरी छानबिन नहुने भए सांसद सुवालले प्रधानमन्त्री र मन्त्रीमाथि प्रश्न उठ्ने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री र मन्त्री पाण्डेले आफू २४ घण्टामा २० घण्टा काम गरिरहेको उल्लेख गर्दै सबैको साथ पाउने अपेक्षा राख्नुभयो ।
समितिले सत्यतथ्य खुल्ने गरी छानबिन सम्पन्न गर्न समितिलाई निर्देशन दियो ।
Leave a Reply