‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
काठमाडौँ, ८ भदौ । ‘चीनमा भ्रष्टाचारको आरोपमा ११ वर्ष जेल सजाय’ ‘चिनियाँ फूटबल सङ्घका करिब ११ उच्चअधिकारी अनुसन्धानको दायरामा’ (राजधानी, ४ भदौ २०८१) ।
यस समाचारले नेपालका खेल जगतका युवाहरू आश्चर्यमा पारेका थिए । यस्तै नेपालको सरकारी खेलकुद जगतका अधिकारीहरूको मुटुमा पनि ढ्याङ्ग्रो ठोकेका होलान् भनी लख काट्नेहरू धेरै देखिए ।
चीनको एक अदालतले सोमबार देशको फुटबल सङ्घमा एक उच्च पूर्वअधिकारीलाई घूस लिएको अभियोगमा ११ वर्षको जेल सजाय सुनायो ।
चिनियाँ फुटबल सङ्घको पूर्वअध्यक्ष ली युनीलाई हुपेइ प्रान्तको एक अदालतले दोषी ठहर गरी १ लाख ४० हजार अमेरिकी डलर जरिवाना गरियो र भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति जफत गरी राज्यलाई हस्तान्तरण गरिने अदालतले जनाएको छ । सन् २००४ देखि २०२१ को बिचमा १७ लाख अमेरिकी डलर बराबरको रकम र उपहार जम्मा गरी फूटबल सङ्घको आफ्नो ओहदाको दुरूपयोग गरेको अभियोगमा ली मार्च महिनामा दोषी ठहर भएका थिए ।
उनी २०१५ देखि २०१९ सम्म चीनको फूटबल सङ्घका उपाध्यक्ष रूपमा काम गरेका थिए र त्यसअघि उनी साङ्घाई खेलकुद प्रशासनको प्रमुख थिए ।
गत मार्च महिनामा फूटबल सङ्घको पूर्वप्रमुख चेन सुपुआनआई १ करोड १० लाख अमेरिकी डलरभन्दा बढी घुस लिएको अभियोगमा आजीवन काराबासको सजाय सुनाइएको थियो । सोही महिनामा चीनको राष्ट्रिय टोलीका पूर्व मुख्यप्रशिक्षक तथा एभर्टनका पूर्व मिडफिल्डर ली टाइले १ करोड ७० हजार अमेरिकी डलरभन्दा बढी घुस लिएको र म्याच फिक्स गर्न मद्दत गरेको आरोप स्वीकार गरेका थिए । त्यस्तै अहिले चीनको फूटबल सङ्घको झन्डै १० उच्च अधिकारीलाई अनुसन्धानको दायरामा देखिएको चीनको सरकारी प्रचारका सीसीटीभीले प्रचार गरेको बताइएको छ ।
सोभियत सङ्घको पतन र रुसमा समाजवादको अस्थायी हार नहुँदासम्म अन्तर्राष्ट्रिय खेलकुदमा समाजवादी देशहरूले पुँजीवादी अर्थात् अमेरिकी साम्राज्यवाद र नाटो देशका सदस्य देश देशहरूलाई विभिन्न खेलमा पछि पारेका थिए । ओलम्पिक खेलमा पनि सोभियत सङ्घ एक्लैले पनि अमेरिकालाई आछुआछु पार्थे । चीन संयुक्त राष्ट्र सङ्घमा आफ्नो सदस्यताको स्थान नपाएको बेला ग्यानेफो भनी इन्डोनेसिया र कम्बोडियामा भएको खेलकुद प्रतिस्पर्धामा ओलम्पिकको आधा रेडर्कलाई उछिनेको थियो । ‘ग्यानेफो’ साम्राज्यवाद र उपनिवेशवादविरोधी स्वतन्त्र राष्ट्रहरूको खेल महोत्सव थियो ।
पछि पछि पनि चीन, क्युवा, प्रजग कोरिया आदि समाजवादी देशका खेलाडीहरूले अमेरिकी साम्राज्यवादी र अन्य साम्राज्यवादी देशका खेलाडी टोलीहरूलाई हराएका थिए र अनेक रेकर्डहरू तोडेका थिए । समाजवादी देशका खेलाडीहरूले आ–आफ्नो देशको उद्देश्य र निर्देशनअनुसार संसारका सबै युवाहरूसँग मित्रता, विश्व शान्ति, शारीरिक तन्दुरुस्त, अनुशासन र खेलकुदको कौशलको विकासको निम्ति प्रतिस्पर्धामा सहभागी हुन्थे । तर, अमेरिकी र युरोपेली देशका खेलकुद सङ्घ र सरकारले करोडौँ रूपैयाँ घुस दिएर समाजवादी देशका खेलाडीहरूलाई आ–आफ्ना खेलाडीहरूलाई जिताउने जालसाझी र युरोपेली देशका नागरिकता पनि दिएका थिए । यसरी खेलकुदलाई समेत व्यापार विश्वासघात र नाफाको कारोबार गरेर खेलकुदको प्रतिस्पर्धालाई समेत ठुलो र शक्ति देशले खेल र खेलाडीलाई समेत बिटुल्याउने फोहरी खेल गरेका थिए ।
त्यसकारण, केही क्युवाली खेलाडीहरूले र प्रजग कोरियाका खेलाडीहरूले अमेरिकी खेलाडीहरूमाथि आफ्नै कौशलले पराजित गरी रेकर्ड तोडेका थिए । चीनको त कुरै भएन–अमेरिकाले संसारका युवाहरूमा ‘अमेरिका बलियो छ भन्ने धाक’ देखाउन खेलको नियम र उद्देश्यविपरीत गएर खेलकुदको आदर्शलाई धमिल्याइदिएको फिडेल क्यास्ट्रोले भनेका थिए । आर्थिकरूपले कमजोर मुलुकहरूले पनि धेरै मेहनत र हेरचाह गरेर अगाडि बढाएका युवाहरूलाई बिटुल्यालाउने काम पुँजीवादी देशहरूले गरेको हुँदा दुःख व्यक्त गरेका थिए ।
Leave a Reply