मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
भक्तपुर, ८ भदौ । पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्डको विरोधमा भक्तपुर नगरपालिका वडा नं. ९ वडा समितिको आयोजनामा विद्यालयस्तरीय भक्तपुर नगरव्यापी कविता तथा निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ८, ९ र १० स्तरीय कविताको लागि ‘भ्रष्टाचार सामाजिक कलङ्क’ भन्ने विषय दिइएको थियो भन्ने कक्षा ११ र १२ स्तरीय निबन्धको लागि ‘युवाको आवाज स्वदेशमै रोजगार’ भन्ने विषय दिइएको थियो ।
स्थानीय वागीश्वरी मा.वि. च्याम्हासिंहमा आयोजित कार्यक्रममा प्रमुख अतिथि आयोजक समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले तत्कालीन पञ्चायती निर्वाचनलाई उपयोग गरी निर्वाचित नेमकिपाका जनप्रतिनिधिहरूले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा गरेका जनपक्षीय कार्यहरूबाट असह्य भई राज्यस्तरबाटै षड्यन्त्र रची नेमकिपालाई समूल नष्ट गर्ने दुस्प्रयास नै भक्तपुर काण्ड हो भन्दै त्यस बेला सरकारले कक्षा ५ सम्म निःशुल्क गरेको अवस्थामा भक्तपुरमा निमावि तहसम्म निःशुल्क गरिएको थियो† जुन पञ्चहरूलाई सह्य भएन भन्नुभयो ।
उहाँले २०१९ सालदेखि नै हरेक पञ्चायती निर्वाचनमा खाँती पञ्चहरू नराम्ररी पराजित हुन्थे भने नेमकिपा समर्थित जनपक्षीय उम्मेदवारहरू जित्थे त्यसैले २०४५ सालको भूकम्पको बेला सरकारले राहत वितरणको बहानामा एक व्यक्तिलाई बलिको बोका बनाई नेमकिपाविरुद्ध षड्यन्त्र त ग¥यो, तर त्यही षड्यन्त्रबाट अन्ततः पञ्चायती व्यवस्था नै पतन भयो भन्नुभयो ।
पञ्चायती षड्यन्त्रविरुद्ध भक्तपुरका जनताले गरेको प्रतिरोधमा नेपाल क्रान्तिकारी महिला सङ्घको अहम् भूमिकाको उच्च मूल्याङ्कन गर्दै उहाँले त्यसबेला महिलाहरूले पञ्चायती दमनविरुद्ध दिनरात नभनी सङ्घर्ष गरेका थिए भन्नुभयो ।
कार्यक्रममा भक्तपुर काण्डका पीडितमध्येका एक शिक्षक ज्ञानसागर प्रजापतिले जनताको इमानदारीपूर्वक सेवा गरेको पनि त्यसबेलाका पञ्चहरूलाई नपच्ने रहेछ भन्दै नत्र त्यस्तो षड्यन्त्रै हुँदैनथ्यो भन्नुभयो ।
वागीश्वरी माविका प्रअ कृष्णप्रसाद कर्माचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा निर्णायक मण्डलको तर्फबाट निर्णय सुनाउँदै शिक्षक ढकालले भ्रष्टाचार आर्थिक मात्र नभई अरूको साहित्य चोर्नु पनि भ्रष्टाचार हुने हुँदा साहित्य रचिँदा मौलिकतालाई विशेष ध्यान दिन सुझाव दिनुभयो । कार्यक्रममा शिक्षकद्वय हिरालाल फुँयाल र इन्द्रकुमार श्रेष्ठले पनि बोल्नुभएको थियो ।
प्रतियोगितामा १८ जना विद्यार्थीहरूले कवितामा र ७ जना विद्यार्थीले निबन्धमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा भक्तपुर नगरभन्दा बाहिरका शिक्षकहरू हरिप्रसाद ढकाल (जोरपाटी मावि, नंखेल), सुरेश बखुन्छे (ज्योति मावि, गुन्ड) र हरिसुन्दर पोटामहा (आदर्श मावि, ठिमी) रहनुभएको थियो ।
आगामी भदौ १४ गते शुक्रबार एक विशेष कार्यक्रमसहित पुरस्कार वितरण गर्ने जानकारी दिइएको उक्त कार्यक्रममा वडाध्यक्ष ज्याख्वले विजेताबाहेक प्रतियोगीहरू सबैलाई सम्मान गर्ने जानकारी दिनुभएको थियो । कविता प्रतियोगितामा महेन्द्र विद्याश्रमका विभूति कार्की प्रथम, वागीश्वरी माविकी श्रेया शाही द्वितीय र वासु माविका हिमाल रोकाया तृतीय तथा सान्त्वनामा विद्यार्थी निकेतनकी मनिषा तामाङ र सरस्वती विद्यागृहकी सरु तामाङ भएका थिए । निबन्ध प्रतियोगिताको नतिजा सोही कार्यक्रममा घोषणा गर्ने बताइएको छ ।
Leave a Reply