रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
बङ्गलादेश, २४ अगस्ट (एएफपी) । भारी वर्षाले निम्त्याएको बाढीका कारण विस्थापित भएका करिब तीन लाख बङ्गलादेशी नागरिकले आपत्कालीन आश्रयमा शरण लिइरहेको विपद् व्यवस्थापन अधिकारीहरूले शनिबार बताएका छन् ।
भारी मनसुनी वर्षाका कारण यस हप्ताको सुरुदेखि बङ्गलादेश र भारतमा कम्तीमा ४२ जनाको मृत्यु भएको स्रोतले जनाएको छ ।
आफ्नो घर पूर्णरूपमा डुबानमा परेकाले आश्रय स्थलमा बस्नुपरेको भारतको त्रिपुरा राज्यको सीमा नजिकैको सबैभन्दा बढी प्रभावित जिल्लाका बासिन्दा लुफ्टन नाहरले फेनीको राहत आश्रय स्थलबाट बताउनुभयो ।
सयौँ नदीहरूले घेरिएको बङ्गलादेशमा पछिल्लो समय बारम्बार बाढीले जनजीवन प्रवाभित पारिरहेको छ । बाढीका कारण राजधानी ढाकालगायत मुख्य बन्दरगाह सहर र चटगाँवबिचको राजमार्ग तथा रेलवेहरू क्षतिग्रस्त हुँदा बाढी प्रभावित जिल्लामा पुग्न गा¥हो भएको छ भने व्यापारिक गतिविधिमा पनि बाधा पुगेको छ ।
बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र कोक्स बजार हो, जहाँ छिमेकी म्यानमाका करिब दश लाख रोहिङ्ग्या शरणार्थीहरूको बसोबास रहेको छ ।
विपद् व्यवस्थापन मन्त्रालयका सचिव मोहम्मद कामरुलका अनुसार बङ्लादेशमा बाढीका कारण थप १८ जनाको मृत्यु भएको छ । उहाँले बाढीका कारण ४५ लाख मानिसको जनजीवन प्रभावित भएको र तीमध्ये दुईलाख ८५ हजार मानिसहरू आपत्कालीन आश्रयमा बसिरहेको बताउनुभएको छ ।
Leave a Reply