भर्खरै :

चितवनमा कालिका नपामा भक्तपुर काण्डको विरोध

चितवनमा कालिका नपामा भक्तपुर काण्डको विरोध

कालिका, ८ भदौ । नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्न पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्ड (कालो दिन) को विरोध एवम् भत्सर्ना कार्यक्रम नेमकिपा तेस्रो जिल्ला सम्मेलन तयारी समिति, चितवनको आयोजनामा शनिबार कालिका नपास्थित पदमपुरमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा आयोजक समितिका अध्यक्ष हरिप्रसाद दुवालले स्थापना कालदेखि निःस्वार्थरूपमा देश र कामदार जनताको पक्षमा काम गरिरहेका नेता र कार्यकर्ता तत्कालीन पञ्चायती सरकारले जाली मुद्दामा फसाएर दुःख दिएको र भक्तपुर काण्डकै कारण पञ्चायतको अन्त्य नजिकिएको स्पष्ट पार्नुभयो ।
नेमकिपा सिद्धान्तनिष्ठ, नैतिकवान, इमानदार पार्टी भएको र जनताको घरआँगनमा पुगेको शासक दलहरूलाई पचेको छैन, त्यसैले नेमकिपाका नेता र कार्यकर्तालाई फेरि पनि फरक ढङ्गमा भक्तपुर काण्डमा फसाउन सक्ने भएकोले सदा सचेत रहनुपर्ने अध्यक्ष दुवालले बताउनुभयो ।
लेनिनवादी नीतिअनुसार प्रतिक्रियावादी सङ्घसंस्था भित्र पसेर देश र जनताको सेवा गर्न नेमकिपाले पञ्चायतकालदेखि अहिलेसम्म निर्वाचनको उपयोग गरिरहेको उहाँले अगाडि भन्नुभयो ।
उहाँले पार्टीले कामदार वर्ग मजदुर र किसानलाई राजनैतिक रूपमा सचेत र सङ्गठित गरी शासक वर्गमा पु¥याउन स्थापनाकालदेखि सङ्घर्षरत रहेको पनि बताउनुभयो ।
नेमकिपा नगर समिति, रत्ननगरका अध्यक्ष विष्णु शर्माले समाज वर्गीय भएकोले पार्टीले स्थापनाकालदेखि नै मजदुर किसानको पक्षमा वकालत गरिरहेको शत्रुलाई नपचेको बताउनुभयो ।
सो कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य लक्ष्मी चेपाङले महिलाहरूको सङ्गठित सङ्घर्षको कारण भक्तपुर काण्ड मच्याउने पञ्चायत कमजोर भएको बताउँदै महिलाहरू चुल्हो र चौकामा मात्र सीमित नभई राजनैतिकरूपमा सचेत र सङ्गठित हुनुपर्नेमा जोड दिनुभयो ।
नेक्राशिसङ्घका संयोजक सन्त बहादुर पाख्रिनले भक्तपुर काण्डसम्बन्धी पुस्तक फाँसी दे र विद्यार्थी मीम पाख्रीनले पुस्तक राइखस्टाग आगलागी मुद्दाको अध्ययन सार प्रस्तुत गर्नुभएको सो कार्यक्रममा नेक्रायुसङ्घका अध्यक्ष ज्ञानेन्द्र चेपाङ र नेक्रामजदुरसङ्घका संयोजक मोहनबहादुर चेपाङलगायतले पनि भक्तपुर काण्डको विरोध एवम् भत्र्सना गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *