भर्खरै :

भक्तपुर काण्ड – जनताका हितमा काम गर्नेविरुद्ध षड्यन्त्र

  • भाद्र ११, २०८१
  • नर्मा गुरुङ, केन्द्रीय सदस्य, नेमकिपा
  • विचार विशेष
भक्तपुर काण्ड – जनताका हितमा काम गर्नेविरुद्ध षड्यन्त्र

निरङ्कुश पञ्चायत सरकार तत्कालीन नेपाल मजदुर किसान सङ्गठनको समूल नष्ट गर्न लागिप¥यो । तर, अन्ततः पञ्चायती व्यवस्था आफै खत्तम भयो† सामन्त र शोषकहरू जनतासामु हारे ।
गाउँघरमा एक उखान छ, घरमा बढी छ भन्दैमा गर्मीमा सिरक ओढ्नु हुँदैन; अपुग भयो वा धेरै जाडो भयो भन्दैमा दरी ओढ्नु हुँदैन । जुनसुकै व्यवस्था र सरकार जति नै बलियो भए पनि जनताको विरोधमा गयो भने त्यो अवश्य समाप्त हुन्छ । जति बढी दमन हुन्छ; त्यति नै ठुलो विद्रोह हुन्छ भन्ने कुरा पनि २०४६ सालको जनआन्दोलनमा भक्तपुरका युवाहरू सर्वप्रथम सहिद हुनुले पनि प्रमाणित ग¥यो ।
तरुलले आफ्नो खाल्डो आफैँ खन्छ भनेझैँ पञ्चायतले पनि आफ्नो खाल्डो आफैँ खन्यो । ह्योजुलाई बलिको बोका बनाएर नेमकिसङ्गठनको नाम–निसान मेट्छुभन्दा ऊ आफैँ खरानी भयो ।
जनताको पक्षमा काम गर्नेहरू शासकहरूको आँखाका शत्रु बन्ने रहेछन् । शिक्षामा केन्द्र सरकारले भन्दा नगरपालिकाले बढी वा ७ कक्षासम्म निःशुल्क गर्नु पञ्चायत सरकारलाई पच्ने कुरा नै भएन । नगरको बजेटले माक्र्स, एङ्गेल्स र माओको जीवनी छाप्नु त आतङ्कवादी वा अपराधी नै ठान्यो पञ्चायतले । भूकम्पमा पीडित जनतालाई छिट्टै राहत दिएको पनि सहन सकेन । कानुनी राजको कुरा गर्ने पञ्चायतले जनताका प्रतिनिधिलाई पन्छाएर गैरप्रतिनिधिलाई राहत बाँड्न दिनुले उसको वास्तविकता छताछुल्ल भयो ।
दिउँसो भिडले ह्योजुलाई जुत्ताको माला लगाएर डुलाउँदा सुरक्षाको माग गर्दा प्रहरी पुग्दैन । सकुशल प्रहरीको गाडीमा चढेको व्यक्ति राति मरेको समाचार बाहिर आयो । तर, मरेको घोषणा गर्नु अगाडि नै भक्तपुरका गल्ली–गल्लीमा प्रहरी खचाखच कहाँबाट पुगे ? मरेको घोषणा नहुँदै ‘तिमीहरूले मा¥यौ’ भन्ने आरोप लगाउँदै रोहित दाइलगायत नेमकिसङ्गठनका नेता–कार्यकर्ताको घर घेरा हालेर पक्राउ गरे । यसले त्यो घटना नियोजित भएको प्रमाणित भयो ।
प्रधानमन्त्री मरिचमानसिंह, राष्ट्रिय पञ्चायतका सभापति नवराज सुवेदीलगायत सरकारका उच्चपदस्थ व्यक्तिहरू न्यायालयले निर्णय सुनाउनुअघि नै ‘रोहितलाई फाँसी दे’ भन्दै शवयात्रामा सहभागी हुनुले राज्यस्तरको षड्यन्त्र हो भन्ने कुरामा दुविधा देखिँदैन ।
त्यसपछि प्रहरीराजविरुद्ध भक्तपुरमा महिला दिदीबहिनीहरूले जुन सङ्घर्ष गर्नुभयो† त्यसले नेमकिपा बचायो† समाजवादको झन्डालाई झुक्न दिएन; मजदुर र किसानहरूलाई सङ्घर्ष गर्न सिकायो । पढ्न–लेख्न नजानेका महिलाले पनि बोल्न जाने† अन्याय र अत्याचारको विरुद्ध लड्न जाने । आजको भक्तपुर बन्नुमा उहाँहरूको भूमिकालाई नकार्न सकिँदैन ।
त्यससमय म दैलेखको बराह गाविसमा थिएँ । भित्रीरूपमा नेमकिसङ्गठनको सङ्गठन थियो । हामीले प्रधानपञ्च पनि जितेका थियौँ । मेरो काखमा सानो बच्चा थियो । श्रीमान् शिक्षक भए पनि पार्टीको सदस्य हुनुहुन्थ्यो । उहाँहरूको नियमितजसो गुप्त छलफल तथा बैठक भइराखेको हुन्थ्यो । हामी खानपान, बसोबास, सुरक्षालगायत कुरा हेथ्र्यौँ ।
गाउँमा पनि सामन्तहरू थिए । उनीहरूलाई हाम्रो काम चित्त बुझेको थिएन । चुनाव हारेको पनि रिस थियो । हामी निःस्वार्थरूपमा जनताको सेवामा लाग्यौँ । भक्तपुर काण्डपश्चात् हाम्रा दाइहरूमाथि निगरानी बढ्यो । सदरमुकाम जाने काम पर्दा माथिल्लो डुङ्गेश्वर र दैलेख बजारमा धेरै सोधपुछ र निगरानी राखिन्थ्यो । एकान्त ठाउँमा राति–राति पनि उहाँहरू कसैलाई थाहा नदिएर बैठक बस्नुहुन्थ्यो । गाउँमा कोही नौलो मान्छे आएको खबर पाउनेबित्तिकै पार्टी प्रकाशनहरू लुकाउने काम हाम्रो हुन्थ्यो ।
नेपालमा मात्र होइन जनताको पक्षमा लाग्दा जनविरोधीहरूले विभिन्न षड्यन्त्र रच्ने रहेछन् । भारतमा पनि कम्युनिस्टहरूलाई फसाउन खोजियो । जर्मनीमा राइखस्टाग आगलागीको झूटो मुद्दामा कम्युनिस्टहरूलाई फसाइयो । हामी सचेत भएर निरन्तर सङ्घर्ष गरेपछि पक्कै पनि सफल भइने रहेछ ।
दैलेखमा सञ्चालित रक्सी उद्योग हाम्रै सङ्घर्षले बन्द भयो । ‘माओवादीहरू’ आएर उनीहरूले भनेअनुसार नगरे मार्ने धम्की दिए तर हामीले जनतामाझ जान छोडेनौँ । हाम्रा सामग्री लुटे† हामीलाई अपहरण गरे । हामीले गल्ति गरेका थिएनौँ; देश र जनताको हितबेगर काम गरेका थिएनौँ† हामीले निडरसाथ अराजकतावादको विरोध ग¥र्यौँ । उनीहरूसँग सैद्धान्तिक सङ्घर्ष ग¥यौँ । आज समयले प्रमाणित ग¥यो उनीहरू ‘ट्रोजन हर्स’ रहेछन् । हामी सही बाटोमा रहेछौँ ।
जनताका हितमा काम गर्दै जाँदा ‘भक्तपुर काण्ड’ जस्ता षड्यन्त्रहरू फेरि पनि रच्न सक्छन् तर हामीले डटेर सङ्घर्ष गर्नुपर्छ । जित कामदार जनताकै हुनेछ ।

स्रोत : केटीहरू बुलेटिन, अङ्क १७, २०८१ भदौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *