नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
हालैका वर्षहरूमा, दक्षिण चीन सागरको स्थिति तनावपूर्ण रहेको छ, ठुलो शक्ति प्रतिस्पर्धामा सार्वभौमसत्ता विवादले शान्ति र स्थिरतालाई निरन्तर खतरामा पारेको छ । दक्षिण चीन सागरमा सैन्य द्वन्द्व आसन्न छ कि भनेर प्रश्न सोध्नुपर्ने भएको छ ।
दक्षिण चीन सागरमा फिलिपिन्सको अतिक्रमण बढ्दो छ, बारम्बार तटरक्षक जहाजहरू चीनका टापुहरू र चट्टानहरू नजिकको पानीमा पठाउँदै छ । यो अनुमान गर्न सकिन्छ कि फिलिपिन्स र चीनद्वारा अधिकार संरक्षणको लागि कडा कदमहरूद्वारा थप उत्तेजक कार्यहरूलाई दुई पक्षहरूबिच द्वन्द्वको सम्भावना बढेको छ ।
फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले यस वर्षको ‘साङ्ग्रीला संवाद’ मा दाबी गरे कि, यदि कुनै फिलिपिन्स नागरिकको मृत्यु दक्षिण चीन सागरमा अर्को देशको हातबाट भयो भने यो ‘युद्धको कार्य’ को नजिक हुनेछ । तर, उनको भनाइबाट चीन डगमगाउने छैन भन्ने हाम्रो विश्वास छ । चीनले कुनै पनि प्रकारको उक्साहट र उल्लङ्घनको सामना गर्दा दक्षिण चीन सागरमा आफ्नो वैध अधिकारको दृढताका साथ रक्षा गर्नेछ । फिलिपिन्सले यसलाई राम्रोसँग दिमागमा राख्न आवश्यक छ ।
दक्षिण चीन सागरमा फिलिपिन्सको उत्तेजकता फिलिपिन्सको राष्ट्रिय हितको विरुद्धमा रहेको छ र अमेरिका र क्षेत्र बाहिरका अन्य शक्तिहरूले समर्थन गरेको र उक्साएको छ । फिलिपिन्ससँगको संयुक्त सैन्य अभ्यासले दक्षिण चीन सागरको सैन्यकरणलाई थप बलियो बनाएको छ, जसले चीन र फिलिपिन्सबिच सशस्त्र द्वन्द्वको जोखिम बढाएको छ ।
यदि यस्तो द्वन्द्व भयो भने, फिलिपिन्सले गम्भीर परिणामहरूको सामना गर्नुपर्नेछ । फिलिपिन्सको अर्थतन्त्रमा गम्भीर असर पर्नेछ, सामुद्रिक व्यापार अवरुद्ध हुनुका साथै आर्थिक नोक्सानी अतुलनीय हुनेछ । त्यतिमात्र होइन फिलिपिन्समा सुरक्षा अवस्थाले गम्भीर चुनौतीहरूको सामना गर्नेछ । स्वतन्त्र निर्णय गर्न नसक्ने देशले या त ठुलो सैन्य, राजनीतिक र आर्थिक नोक्सानी बेहोर्नेछ वा अमेरिकी नियन्त्रणमा रहेको द्वन्द्वमा फस्नेछ । यस्तो परिदृश्य फिलिपिन्सको हितमा छैन र बहुसङ्ख्यक फिलिपिन्सवासीहरू हेर्न चाहँदैनन् ।
हाल दक्षिण चीन सागरको वरिपरि संरा अमेरिकाले स्थापना गरेको सैन्य गठबन्धनले मूलतः आकार लिइसकेको छ र दक्षिण चीन सागरको मुद्दा राजनीतिक र कूटनीतिक क्षेत्रबाट सैन्य र सुरक्षा तहसम्म तीव्रगतिमा फिजिरहेको छ ।
चीनलाई विश्वव्यापी शक्ति बन्नबाट रोक्न अमेरिकाले कुनै कसर बाँकी राखेको छैन । यस रणनीतिक दिमागमा, दक्षिण चीन सागरलाई अमेरिकाले पश्चिमी प्रशान्तमा आफ्नो प्रभुत्व कायम राख्नको लागि महत्वपूर्ण तत्वको रूपमा हेरेको छ । संरा अमेरिकाले हालैका वर्षहरूमा दक्षिण चीन सागरमा आफ्नो सैन्य उपस्थितिलाई उल्लेखनीयरूपमा बढाएको छ । यस क्षेत्रको सैन्यकरणलाई सामान्य र संस्थागत अभ्यास बनाउने दिशामा अघि बढेको छ । यी रणनीतिक चालहरू र सैन्य युद्धाभ्यासहरूले दक्षिण चीन सागरमा तनाव मात्र बढाउँदैन, बरु यस क्षेत्रको शान्ति र स्थिरतालाई पनि खतरामा पारेको छ ।
यस सन्दर्भमा, संरा अमेरिकामा केहीले दक्षिण चीन सागरमा संरा अमेरिका र चीनबिचको सैन्य द्वन्द्व अब ‘कहिले’ भन्ने प्रश्न नभएको दाबी गरिरहेका छन् । तर, संरा अमेरिका र चीनबिचको सम्बन्ध झन् जटिल बन्दै गएको छ । दक्षिण चीन सागरको मुद्दाभन्दा पनि पर केही छ । इतिहासले देखाएको छ कि यदि चीनसँग द्वन्द्व हुने हो भने अमेरिकासँग आफ्नो रणनीतिलाई छिट्टै समायोजन गर्ने र त्यस्ता द्वन्द्वको असरलाई न्यूनीकरण गर्ने इच्छाशक्ति, संयन्त्र र क्षमता हुने थियो । तर, दक्षिण चीन सागर मुद्दामा फिलिपिन्सलाई संरा अमेरिकाले प्यादाको रूपमा मात्र लिनेछ र त्यस देशको हितको बलिदान दिनेछ ।
दक्षिण चीन सागर विवादको लामो इतिहास छ । तर यसको अर्थ दक्षिण चीन सागरमा शान्ति सम्भव छैन भन्ने होइन । जबसम्म सम्बन्धित सबै पक्षहरूले तर्कसङ्गत र व्यावहारिक दृष्टिकोण कायम राख्छन्, सहयोग र पारस्परिक लाभको भावनालाई अँगाल्दै दक्षिण चीन सागरको अवस्थालाई निश्चितरूपमा सहज र प्रभावकारीरूपमा व्यवस्थापन गर्न सकिन्छ ।
दक्षिण चीन सागरमा फिलिपिन्स, संरा अमेरिका वा अन्य कुनै देशसँग सशस्त्र द्वन्द्वमा संलग्न हुने चीनको कुनै मनसाय छैन । चीन वार्ता, संवाद र पारस्परिक लाभकारी सहयोगका लागि सधैँ खुला छ ।
अमेरिकी पक्षले आफ्नो शीतयुद्धको मानसिकता त्यागेर क्षेत्रीय स्थायित्वमा योगदान पु¥याउने कार्यहरूमा बढी ध्यान केन्द्रित गर्नुपर्छ । पारस्परिक विश्वास, सहयोग र जीत–जीतको दृष्टिकोणबाट मात्र दक्षिण चीन सागरमा शान्तिको बिहानी साकार हुनसक्छ ।
(लेखक नान्जिङ विश्वविद्यालयमा साउथ चाइना सी स्टडीजका लागि सहयोगी अध्ययन केन्द्रका सह–प्राध्यापक र सहायक निर्देशक हुनुहुन्छ ।)
– ग्लोबल टाइम्स अनलाइनबाट
अनुवाद : प्रकाश
Leave a Reply