भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, १२ भदौ । अनुशासन, मित्रताको लागि खेल हुनुपर्छ र खेलमा हारजित हुन्छ । उक्त भनाइ भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले एभरेस्ट इङ्गलिस स्कूलको आयोजनामा सम्पन्न उपत्यकाव्यापी (काभ्रेसहित) आमन्त्रण कप भलिबल प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण कार्यक्रममा बुधबार व्यक्त गर्नुभएको हो ।
विजेता र उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र दिँदै उहाँले भक्तपुर नगरपालिकाले खेलकुदको विकासको लागि खेलकुदको तालिम दिइराखेको र हरेक वर्ष अन्तरविद्यालय खेलकुद प्रतियोगिता भइरहेको स्मरण गराउनुभयो ।
खेलाडीहरू हार–जितलाई भन्दा मित्रता र अनुशासनको निम्ति खेल्नुपर्ने आवश्यकतामा जोड दिँदै त्यस्ता खेलाडी भविष्यमा राष्ट्रिय खेलाडीको रूपमा विकास हुने बताउनुभयो ।
विद्यार्थीले खेलकुदका साथै देशको समसामयिक राजनीतिक अवस्थाको विषयमा पनि जानकारी राख्नुपर्ने विचार व्यक्त गर्दै उहाँले वि.संं २०४५ सालमा भक्तपुरमा नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यका साथ भक्तपुर काण्डजस्तो षडयन्त्र रचेको स्मरण गराउनुभयो ।
एभरेस्ट इङ्गलिस स्कूलका प्रिन्सिपल भक्त राजभण्डारीले वार्षिकरूपमा उपत्यकाव्यापी प्रतियोगिता गर्न पाएकोमा विद्यालयलाई खुसी लागेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले विजयी र उपविजयी विद्यालयलाई बधाई दिँदै सम्पूर्ण सहभागी विद्यालयहरूलाई धन्यवाद दिनुभयो ।
भदौ १ गतेदेखि सञ्चालन भएको भलिबल प्रतियोगितामा भक्तपुरबाट २१ विद्यालय, ललितपुरबाट ५ विद्यालय, काठमाडौँबाट ९ विद्यालय र काभ्रेबाट १ गरी जम्मा ३६ विद्यालयबाट ६९ टोलीले सहभागिता जनाएको थियो ।
छात्र सिनियरमा आक्सरिचा सेकेन्डरी स्कूल उपविजेता र गेटवे एकेडेमी हुन सफल भएको छ भने छात्रा सिनियरअन्तर्गत इनेभेटिभ स्कूल उपविजेता र निष्ट स्कूल विजेता हुन सफल भएको छ ।
त्यस्तै छात्र जुनियरअन्तर्गतको खेलमा ज्ञान निकेतन सेकेन्डरी स्कूल उपविजेता र इनेभेटिभ स्कूल विजेता हुन सफल भएको छ भने छात्रा जुनियरअन्तर्गत ब्रह्म कुञ्ज शिक्षा सदन उपविजेता हुन सफल भएको छ भने एमएसटी स्कूल विजेता हुन सफल भएको छ ।
Leave a Reply