भर्खरै :

ताई ची अभ्यासमा एकरूपता र अनुशासन कायम गर्नुपर्नेमा जोड

ताई ची अभ्यासमा एकरूपता र अनुशासन कायम गर्नुपर्नेमा जोड

भक्तपुर, ११ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उमेरअनुसार विस्तारै र नियमित रूपमा गरिने व्यायाम शरीरका लागि लाभदायी हुने बताउँदै ताई ची अभ्यास गर्दा एकरूपता र अनुशासन कायम हुनेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालित ताई चीको अभ्यास तथा प्रदर्शनी कार्यक्रममा बोल्दै उहाँले प्रशिक्षार्थीहरूले प्रस्तुत गरेको ताई ची प्रदर्शन राम्रो रहेको उल्लेख गर्दै हालको अभ्यास पूर्वाभ्यास मात्र भएको बताउनुभयो ।
आगामी दिनमा अझ राम्रो र व्यवस्थित प्रदर्शन गर्न सबै प्रशिक्षार्थीले आपसी समन्वय, एकरूपता र नियमित अभ्यासमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
ताई चीले शारीरिक स्वास्थ्य र तन्दुरुस्ती कायम राख्न सहयोग पु¥याउने भएकोले यसको अभ्यासलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले प्रशिक्षार्थीहरूलाई टी–सर्ट वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *