चाडपर्वमा उपभोक्ता थप ठगिए, ठगी नियन्त्रण कसले गर्ने ?
- कार्तिक ११, २०८३
रसुवाको भोटेकोसी नदीमा हिमपहिरो गएको दुई महिना नाघ्यो । यतिबेला राष्ट्रिय योजना आयोगले नुवाकोट, रसुवा, धादिङ, गोर्खासमेतमा निजी आवास ६९.५७ अर्ब रूपैयाँ र व्यवसायिक र अन्य भवन ९.६० अर्ब रूपैयाँको क्षति भएको प्राथमिक तथ्याङ्क सार्वजनिक ग¥यो । आयोगले चीनसँगको सिमानामा पूर्वाधार, कृषि, वातावरणीय र सामाजिक क्षेत्रमा भएका क्षतिको विवरण तयार भइरहेको बतायो । सर्वेक्षणअनुसार क्षति भएको ४१५१ भवनमध्ये ३०६७ घरको स्वामित्व पुष्टि भएको छ । रास्वपाले विपत्तिमा सरकार अलमलमा नपर्ने बरु काम गरेर देखाउने दाबी गर्दै आएको हो । हिमपहिरोबाट क्षति भएका निजी घर र अन्य पूर्वाधारको तथ्याङ्क त सम्बन्धित पालिकाको वडाकार्यालयबाट हप्ता दिनमा सङ्कलन हुनसक्थ्यो । तर, रास्वपा सरकार यहाँ पनि चुक्यो ।
रास्वपा सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने दाबी ग¥यो । कपडा उद्योगलाई धागो उत्पादन गर्न २०२१ साल जेठ ३ गते स्थापना भएको बुटवल धागो कारखाना २०६६ सालदेखि बन्द छ । बर्दियाको सयौँ बिघामा सरकारको कपास खेती थियो । त्यो अहिले घाँसे मैदानमा परिणत भयो । यतिखेर नेपालबाट धागोको निर्यात व्यापार उल्लेख्य रूपमा बढेको र चालू आ.व.को पहिलो वर्षमा ३ अर्ब ५२ करोड ५८ लाख रूपैयाँको धागो निर्यात भएको सरकारी तथ्याङ्क सार्वजनिक भयो । तर, कपास खेती नेपालमा कहाँ कहाँ छन् खुलाइएन । भारतबाट कपास आयात गरी धागो उत्पादन र निर्यात गर्नु त ‘विचौलिया’ भूमिका मात्र हो । नेपालको उर्वर भूमि भारतलाई मिच्न लगाउने र खेतीपाती गर्ने युवालाई वैदेशिक रोजगारीमा पठाउने सरकारको कामले देशभित्र कपास खेती कसरी विकास हुन्छ ? निजीले वार्षिक साढे १५ अर्ब रूपैयाँको कपास निर्यात गरेको दाबी गर्ने रास्वपा सरकारले के सिंहदरबार पनि निजीलाई नै सञ्चालन गराउने हो ? होइन भने बर्दियाको कपास खेती पुनः सञ्चालन गर्नु जरुरी छ । यसो गर्न सकेन भने रास्वपा सरकारको औचित्य कसरी होला ?
पैतीस वर्षयता सरकारमा गएका दल र तिनका नेता कार्यकर्ताहरूको प्रवृत्तिमा मौलिक भिन्नता भएन । पुराना र नयाँ दाबी गरेका पार्टीहरूको ध्यान सिंहदरबारमा सयर गर्नुमै सीमित भयो । नेकपा एमालेका एक केन्द्रीय सदस्यले एक दैनिक अखबारमा लेखे – “२०८२ भदौको जेनजी विद्रोह.. एउटा महत्वपूर्ण मोड र राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टिले युवालाई सडकमा उतारेको थियो । आन्दोलनको चर्काे दबाबपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएर सेनाको हेलिकप्टरमार्फत बालुवाटार छोड्नुपरेको थियो ।”
यो भनाइअनुसार एमालेका केन्द्रीय सदस्यहरूमा जेनजी प्रदर्शनबारे स्पष्ट दृष्टिकोण देखिएन । सेनाको सुरक्षाभित्रको सङ्घीय संसद् भवन, सिंहदरबार, बालुवाटार, शीतल निवास के देशभक्त नेपालीबाट आगजनी हुनसक्छ ? अहँ, हुनसक्दैन । संरा अमेरिकी खोज पत्रकार किट क्लारेनवर्गले ‘दि ग्रजोन’ मा संरा अमेरिकी सरकारको केन्द्रीय गुप्तचर आयोग (सीआईए) अन्तर्गतका निकायहरूमार्फत नेपालमा ‘नीति संवाद’ को नाममा धेरै अगाडिदेखि २ करोडभन्दा बढी डलर पठाएर गत वर्ष भदौमा उपद्रव गराएको सार्वजनिक भएको हो । यसकारण, एमालेका केपी ओली संरा अमेरिकी साम्राज्यवादसँग डराएर भागेका थिए । ओलीलाई चिलीका राष्ट्रपति ययेन्डेले विदेशी सेनासँग अन्तिम सास रहेसम्म लडेको कसरी थाहा भएन ? ओलीलाई वि.सं. १९९७ सालमा गंगालाल, धर्मभक्त, शुक्रराज र दशरथ चन्दजस्ता सहिदहरूले जहानियाँ राणा शासनअगाडि नुझकी देश र जनताको लागि बलिदान हुनुभएको कसरी थाहा भएन ? एमालेले जेनजी उपद्रवलाई ‘महत्वपूर्ण मोड’ कसरी भन्न सक्यो ? जेनजीको दबाबमा ओलीले राजीनामा दिएको हो र ? यो विषय ओलीले स्वीकार गरेका हुन् ? ओली राजीनामा दिएर १२ दिन गुमनाम किन भए ? के यो देश र जनताप्रति विश्वासघात होइन ?
Leave a Reply