अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
–एच.एस. सुवाल
आजका युवाहरु देश विकासको मेरुदण्ड हुन् । कुनै पनि देशको विकास निर्माणमा युवा वर्गको अग्रणी भूमिका रहन्छ । युवा क्रान्ति र परिवर्तनका संवाहक हुन् । विश्व राजनीतिक इतिहासमा धेरै त्यस्ता महापुरुषहरुले समाजको विकास र परिवर्तनका लागि महत्वपूर्ण योगदान गरेका छन् । समाजवादका प्रवर्तक कार्लमाक्र्सका अनुसार संघर्षसित डराउने कुनै पनि युवा वास्तविक युवा हुन सक्तैन । किनभने अहिले सम्मको मानव इतिहास भनेको वर्ग संघर्षको इतिहास हो । जब सम्म समाजमा वर्ग रहन्छ तब सम्म वर्ग संघर्ष पनि कायम रहने हुनाले मानवजातिको उत्थानका लागि हुने संघर्ष र लडाईहरुमा अग्रसर हुनु प्रत्येक सच्चा देशभक्त युवाको कर्तब्य हो । विश्वभरका मजदुरहरुको न्याय र मुक्तिका लागि जीवनभर अध्ययन र संघर्षमा होमिने माक्र्स ऐगेल्सका जीवनीबाट अभिप्रेरित भइ आजका युवाहरुले समाजलाई जीर्ण तुल्याउने पुँजीवादी विकृति विसंगतिका विरुद्ध लड्न अवश्यंभावी छ ।
देशमा कुनै परिवर्तन आएन, कानून हुनेखानेहरुको हातमा गयो, चीन, कोरिया, क्युवा जस्तै देश विकास भएन भनी केबल निराशावादी विचार पालेर युवाहरु विचलित भएका त छैनन् भन्ने सवाल सर्वत्र उठिरहेको छ । कुरो यतिमै सीमित नभइ पैसा विना यहाँ कसले के गर्न सक्दछ, पैसा धन दौलत कमाउनेहरुलाई त्यतिकै पनि सबैले ठूलो ईज्जत दिएकै छन् क्यारे भनी कयौं युवाहरु समाजको मूल्य मान्यता विपरीत कार्यमा संलग्न हुने, ठेक्का पत्ताका लागि भनसुन गर्ने अचवा विदेशीने समेत गर्दछन् । समाजमा ब्याप्त गरिबी, जातिय भेदभाव, पछौटेपन, पक्षपातिपूर्ण ब्यवहार, पूर्वाग्रही मानसिकता, चाप्लुसि, निन्दा आपसी खिचातानीका कारण राम्ररी नबुझि देशै छोड्ने प्रवृति हावी भएको देखिन्छ । आमूल परिवर्तनका लागि नसोचि ब्यक्तिगत इच्छा आकांक्षा पूर्ति गर्न जुनसुकै काम गर्ने स्थिति सम्म युवाहरु पुगेको अध्ययनले बताउँछ । यस्तो हुनुका पछाडि अनेक कारणहरु हुनसक्छन् । जसमध्ये युवाले गर्ने संगत प्रमुख हुन् जस्तो लाग्छ । तेल के हेर्नु तेलको धारा हेर्नु छोरा के हेर्नु छोराको संगत हेर्नु भन्ने जस्तै युवाहरुले त्यस्तो संगत गर्नु उचित हन्छ जसबाट आफू मात्र नभइ समाजका कोहि ब्यक्ति पनि विग्रने छैन वा भनौ कुलतमा पर्ने छैनन् ।
चुनावमा अपराधिक मानसिकता बोकेका वा अपराधि समूहमा आवद्ध भइ लाग्ने युवाहरुबाट कुनै पनि हालतमा समृद्ध नेपालको कल्पना गर्न सकिंदैन ।
समाजमा आधुनिकताको विकास संगसंगै छाडा संस्कृति भित्रिरहेको अनुभूति धेरैले गरिरहेका छन् । युवा वर्गमा अनुशासनको कमी, अतेरीपना, अहंकार, घमण्ड, मपाईत्व जस्ता गलत आचरण देखा पर्नुे तीतो यथार्थ हो । कति युवाहरु क्याफे रेष्टुरेण्टमा गइ हुक्का तानिरहेका पाइन्छन् भने कतिपय सामाजिक सञ्जालमा असामाजिक र वाहियात किसिमका फोटोहरु लाईक शेयर गरिरहेका हुन्छन् । त्यस्तोमा नियन्त्रण गर्ने कसले । न त त्यहाँ कुनै अभिभावक पुगेका हुन्छन् न कुनै प्रहरी दाजुहरु नै । कति ठाउँमा त देह ब्यापारमै युवा युवतीहरु संलग्न भएका खबरहरु कुनै नौलो होइनन् । कुरो यतिमा मात्र कहाँ सीमित भएको छ र ! जब युवाहरु पैसा वा अन्य ब्यक्तिगत शुभलाभका लागि हुने नहुने उचित वा अनुचित बुझ्दै नबुझि अर्काको लोभ प्रलोभनमा नैतिकता, सामाजिक मूल्य मान्यता विर्सन पुग्दछन् तब समाज उछृङ्गलता तर्फ अगाडि बढ्नु स्वभाविक हुन जान्छ । यस्तो स्थितिको भागीदार को हो भन्ने सवाल पैदा हुन्छ । पक्कै पनि ती राजनीतिक दलहरु जसले पार्टीको आकार ठूलो बनाउने नाममा चुल्ठे मुन्द«े अपराधि, डनहरु समेतलाई सदस्य वा चुनावमा उम्मेदवार बनाए । त्यति मात्र नभइ पार्टीलाई करोडौं रुपैयाँ चन्दा दिने ब्यापारी, ठेक्केदारहरु भ्रष्टाचारीहरु, कमिशनखोरहरु र पहिलेका मण्डलेहरु समेतलाई पार्टीमा हुल्दा नेपाली जनताले यस्तो परिणाम भोग्नु परेको सचेत नागरिकहरु सुनाउँछन् । त्यसैले सानो पार्टीलाई जनताले दिएको मत खेर गयो भन्नेहरुले ठूला दल पटक पटक सरकारमा गएर पनि देश र जनताको पक्षमा काम नगर्ने वरु सत्तामा टिकी रहनको लागि अनेक हठकण्डा अपनाउने पार्टीहरुलाई दिइएको मत खेर गएको पंक्तिकारलाई आभाष भएको छ ।
सानै पार्टी भए पनि नेमकिपाले २०४८ साल देखि निरन्तर देश र जनताको पक्षमा प्रखर प्रतिपक्षको भूमिका खेल्दै आइरहेको तथ्यलाई कम आँक्नु हुन्न । नेमकिपाले पुँजीवादी निर्वाचनलाई उपयोग गर्दै क्रान्तिकारी संसदवादलाई अनुसरण गर्दैै अगाडि बढिरहेको हुनाले चुनावमा जित्न ठूला पार्टीहरुले जस्तै आचार संहिता विपरीत जनताको घरघरमा गइ मालसामान वाँड्ने, जनतालाई झूठा आश्वासन दिने, पैसा वाँड्ने, भोज भटेर गर्ने जस्ता कुनै पनि खालको गतिविधि गरेन । यसबाट के प्रमाणित हुन्छ भन्ने सही विचार र सिद्धान्तका कारण सच्चा देशभक्त नेपालीहरुले संख्यामा सानै भए पनि नेपालको कम्युनिष्ट आन्दोलनमा नेमकिपाको भूमिकालाई प्रकाशस्तम्भको रुपमा लिइरहेको तथ्य विभिन्न जिल्लाहरुबाट बुझ्न सकिन्छ । मतदाताहरुको घरदैलोमा गइ सैद्धान्तिक कक्षाहरु सञ्चालन गरि देशभक्तिपूर्ण भावनाबाट अभिप्रेरित बनाई चुनावमा मत लिने पार्टी नेपालमा सायद अरु नहोला । वर्तमान परिप्रेक्षमा युवाहरुले राष्ट्रिय अन्तराष्ट्रिय मजदुर आन्दोलनको इतिहास अध्ययनमा युवाहरुले त्यति चासो लिइरहेको देखिन्दैन । त्यसकारणे हिजो देशका नदीनाला बेच्ने, राष्ट्रघाटी सन्धि सम्झौता गर्ने, निर्वाचनमा मत लिन वियर खुवाउने, भोज भटेर गर्ने राजनीतिक दलको विरोधमा संघर्ष गर्न छोडेर तिनकै पिछलग्गु भएर हिड्ने युवाहरुबाट कसरी देश विकासको आशा गर्न सकिन्छ । चुनावमा अपराधिक मानसिकता बोकेका वा अपराधि समूहमा आवद्ध भइ लाग्ने युवाहरुबाट कुनै पनि हालतमा समृद्ध नेपालको कल्पना गर्न सकिंदैन ।
कतिपय युवाहरु राजनीतिक दलका नेताहरुको चाप्लुसी गर्ने, भ्रष्टाचारी ती नेताहरुको दायाँ वाँया गार्डको रुपमा आफूलाई उभ्याउन सकेकोमा गर्व पनि गर्छन् तर तिनीहरुकै स्वार्थ पदलोलुपताका कारण देशको स्वाधिनता र सार्वभौमिकता गुम्न लागेको अवस्थामा पनि परिवर्तनकामी युवा जमात मुखमा दही जमाएर बस्ने गर्दछन् । ठूलाले गरेको, आफू सानो कमजोर भनी कर्तब्य र दायित्वबाट पन्छिनु कमजोर मानसिकताको उपज हो । क्युवाली नेता का. फिडेलका अनुसार युवा उमेरले होइन विचारले हुन्छ । सरकारमा जाने दलहरुले जस्तै युवा वर्गले दास मानसिकता नत्याग्ने हो भने भारतीय एकाधिकार पूँजी र भारतीय विस्तारवादको ठाडो हस्तक्षेपबाट देशको अस्तित्वमाथि देखिएको संकटबाट पार पाउन नसकिने निश्चित छ । देशलाई फिजी बनाउने वा सिक्किम जस्तै विलय गराउन तत्पर पुँजीवादी विदेशी दलालहरुका विरोधमा अब युवाहरु जुझारु क्रान्तिकारी भावनाका साथ संघर्षमा होमिनु पर्दछ ।
साम्राज्यवादी, विस्तारवादी नीति र तत्वहरुका विरुद्ध आन्दोलित हुन आवश्यक छ । समाजमा ब्याप्त अन्धविश्वास, कुरिती, कुसंस्कारलाई चिर्दै आदर्श समतामूलक समाज स्थापनार्थ सचेत र संगठित हुन आवश्यक छ । यसका लागि माक्र्सवादी लेनिनवादी सिद्धान्त र माओ विचारधाराबाट दिक्षित हुन जरुरी छ । राष्ट्रिय अन्तराष्ट्रिय राजनीतिक सिद्धान्त, विचार र दर्शनलाई ब्यवहारमा उतार्न सिक्नु पर्ने खाँचो देखिन्छ । कुनै पनि समस्यामा एक अर्कामा दोषारोपन गर्ने प्रवृतिलाई छोडेर समाधानका उपाय खोज्ने, सामूहिक प्रयास जारी राख्ने, आफूलाई अनुकरणीय उद्धाहरणीय ब्यक्तित्वका रुपमा स्थापित गर्ने जमर्को युवाहरुले गर्नु पर्दछ । जसबाट नयाँ पिंढीलाई सही नेतृत्व दिन सक्षम जनशक्ति तयार हुन्छ र नेपाली जनताले अभाव, अस्वस्थता, अनिश्चयको जीवन यापन गर्नु पर्ने छैन । स्वस्थ, शान्त र सुन्दर समाज ब्यवस्थाका लागि समानतामा आधारित समाजवादी सिद्धान्तलाई आत्मसाथ गर्नु पर्ने देखिन्छ किनकी यही मात्र पुँजीवादी ब्यवस्थाको अन्तिम र अपरिहार्य विकल्प हो । जुन वैज्ञानिक नियमको रुपमा संसारमा उदय भएको छ ।
युवाहरुले अब वैदेशिक बजारमा सस्तो ज्यामीका रुपमा काम गर्न छोड्नु पर्दछ । त्यसका लागि स्वदेशमै रोजगारीको बन्दोबस्त गराउन सरकारलाई दबाब दिने, स्थानीय श्रोत साधनहरुको उपयोग गर्ने, सामूहिक कृषि, पर्यटन ब्यवसायलाई अगाडि बढाउने, स्वदेशमै कल कारखानाहरु खोल्न स्वदेशी पूँजीको लगानी गराउने वातावरण तय गर्न सम्बन्धित निकायसित समन्वय गर्ने, जीवनोपयोगी सिपमूलक तालिमहरु लिइ देश र जनताको निस्वार्थ सेवामा समर्पित हुन,े शोसित पीडित जनताको न्याय र मुक्तिका लागि हुने आन्दोलन संघर्षहरुमा सहभागी भइ उत्कृष्ट मानव समाज साम्यवाद अर्थात वर्गविहिन समाज ब्यवस्थामा पुग्ने अठोटका साथ लाग्नु पर्ने आजको आवश्यकता हो ।
Leave a Reply