रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
प्योङयाङ, ९ सेप्टेम्बर (केसीएनए) । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको ७६ औँ स्थापना दिवसको अवसरमा सेप्टेम्बर ८ का दिन माउन्ट तायसोङमा रहेको क्रान्तिकारी सहिद समाधिस्थल, सिन्मी–रीमा रहेको देशभक्तिपूर्ण सहिदको समाधिस्थल र पितृभूमि मुक्ति युद्धका सहिदहरूको समाधिस्थलमा माल्यार्पण गरिएको छ ।
सहिदहरूको सम्मानमा समाधिस्थलमा कोरियाली जनसेनाको गार्ड अफ अनर अर्पण गरिएको थियो ।
समारोहमा कोरियाली मजदुर पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोको अध्यक्षमण्डलका सदस्य, प्रजग कोरियाको राज्य मामिला आयोगका प्रथम उपाध्यक्ष र स्थायी समितिका अध्यक्षको चो ¥योङ हेको उपस्थित हुनुहुन्थ्यो । त्यस्तै सुप्रिम पिपुल्स एसेम्बलीका सदस्यहरू र जो चुन ¥योङ, जोन ह्योन चोल र पाक थाइ सोङ, केन्द्रीय समितिका सचिवहरू, र केन्द्रीय समितिका सदस्यहरू, प्रजग सर्वोच्च जनसभाको स्थायी समितिका अधिकारीहरू, क्याबिनेट र सशस्त्र बल अङ्गका अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो ।
कोरियाली मजदुर पार्टी केन्द्रीय समिति, प्रजातान्त्रिक गणतन्त्र कोरियाको राज्य मामिला आयोग, सर्वोच्च जनसभाको स्थायी समिति र प्रजग कोरियाको मन्त्रिपरिषद्को नाममा माला अर्पण गरिएको थियो ।
पार्टीको नेतृत्वप्रति सच्चा बफादार रहँदै देशको स्वाधीनता, सार्वभौमसत्ता र समाजवादी आन्दोलनको विजयका लागि आफ्नो सर्वस्व अर्पण गर्ने सहिदहरूको सम्झनामा सबै सहभागीहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
Leave a Reply