सभ्यताको बग्दो ऐना
- श्रावण १, २०८३
चुपचाप घण्टी छाप
जनतालाई दिए ग्याँस हाफ
सारा जनतालाई महँगीको मार
कालाबजारियालाई लाभैलाभ ।
चुपचाप घण्टी छाप
विध्वंसकारीहरूको यो सरकार
सहकारी ठगहरूलाई पुरस्कार
रास्वपालाई सुन पार्टीको लाहा छाप ।
चुपचाप घण्टीमा छाप
सीमा मिच्दा चुपचाप
नेपालले भारतको जग्गा मिचेभन्दा
विवेकहीनहरूले ताली बजाए खुसीसाथ ।
चुपचाप घण्टीमा छाप
हिरामोती अकुत जग्गाका मालिक
रोपाइँको बेला सधैँ हाहाकार
रासायनिक मलको अभावै अभाव ।
चुपचाप घण्टी छाप
सुकुमवासी सब उठीबास
हुकुमवासीहरूलाई काखीच्यापी
भए भ्रष्टाचारीका मतियार ।
चुपचाप घण्टी छाप
वनजङ्गल अहिले झन् सखाप
बिचौलिया ठगी गर्ने कम्पनी
मन्त्रालयको आसपास ।
चुपचाप घण्टी छाप
सार्वजनिक सङ्घसंस्था विदेशीलाई उपहार
चिया उद्योगहरू सबै धराप
दक्षिण छिमेकीको दबाब ।
चुपचाप घण्टी छाप
एमसीसी, एसपीपीका मतियार
देशलाई धरापमा पार्ने
विदेशी दलाल यो सरकार ।
चुपचाप घण्टी छाप
सुस्तावासीलाई एसएसबीको दबाब
जनताको रोजीरोटी खोसी
आत्मदाहको उपहार ।
चुपचाप घण्टी छाप
यो सरकारको अहमताको राज
स्थानीय निकाय घटाउँदै
राष्ट्रिय सभामा दल सखाप ।
चुपचाप घण्टी छाप
मतदातालाई धन्यवाद
सार्वजनिक जग्गा हडपिरहने
मासुभातले पल्केको स्याल ।
Leave a Reply