भर्खरै :

एउटी माग्ने

  • श्रावण १, २०८३
  • जयन्त पौडेल ‘आश्रम’
  • साहित्य
एउटी माग्ने

हेर्नोस् पुस माघको महिना
थियो जाडै अति
यस्तोमा देखेँ एउटी माग्ने
ज्यास्ती रोई बसेकी ।१।

यसो जाआँै भनी हेर्दा
देखेँ ज्यादै दुःखी
दयै लाग्नुसम्मै लाग्ने
अरुलाई नलागेनि ।२।

जसै खान पाइन उनले
हेरिन् पटक पटक,
साथै थियो एउटा बच्चा
जो लुरे ख्याउटे ।३।

पछि खाना खाई सकी,
भनी हजूरको जय,
जहाँ थियो आँखै रसाएको,
हेर्दै हेर्न नसकिने ।४।

देखी लाग्यो केही गरेँ,
साँच्चिकै मानव भई
लाग्यो बल्ल भएँ म
आफू आफैमा पूर्ण ।५।

बुझौँ दिएर कहिल्यै सकिन्न,
बरु मनै चाहिन्छ,
अनि पो आनन्दै आनन्द मिल्छ
आँखै खुल्नु खुली ।६।

Leave a Reply

Your email address will not be published. Required fields are marked *