उद्देश्य प्राप्तिको लागि निरन्तर विद्यार्थीहरूले मेहनत जरुरी
- जेष्ठ १, २०८३
भक्तपुर, २४ भदौ । भक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य सङ्घको सहकार्यमा जिल्लामा सञ्चालन गरिएको नापतौल डोर कार्यक्रमअन्तर्गत पाँचौँ दिन सोमबार भक्तपुर नगरपालिकास्थित बाराहीस्थानमा कार्यालय राखेर सेवा प्रदान गरिएको छ ।
गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको कर्मचारीहरूको टोलीले भक्तपुर नगरपालिकाको वंशगोपालस्थित ३ नं. वडा कार्यालय परिसरमा कार्यालय राखेर गत मङ्गलबारदेखि डोर कार्यक्रम सुरु गरेको थियो । नापतौल डोर कार्यक्रमअन्तर्गत बुधबार सुकुलढोकामा, बिहीबार लिबाली चोकस्थित एसएन मेटल वर्कसप परिसरमा, आइतबार कमलविनायकस्थित बिग मार्ट परिसरमा कार्यालय राखेर सेवा प्रदान गरिएको थियो । २५ गते मङ्गलबार सल्लाघारी चोङा गणेश मन्दिर तलको ढुङ्गेधारा पाटीमा डोर कार्यालय राखेर नापतौलका सामग्रीहरूको नयाँ दर्ता तथा नवीकरण सेवा प्रदान गरिने सङ्घले जनाएको छ ।
सङ्घका अध्यक्ष रोशनीमैयाँ धौबन्जाले जिल्लाका उद्योगी, व्यवसायीहरूको मागअनुसार नै गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरलाई अनुरोध गरी डोर कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
सङ्घका कोषाध्यक्ष एवं सङ्घअन्तर्गत बजार अनुगमन उपसमितिका संयोजक विश्वराम दुवालले गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट जिल्लामै डोर टोली खटाउँदा उद्योगी, व्यवसायी तथा व्यापारीहरू समय खर्चेर दर्ता तथा नवीकरणका लागि काठमाडौँ पुग्नुपर्ने झन्झटबाट मुक्त भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका व्यवसायी, व्यापारीहरूले प्रयोग गरेका नापतौलका सामग्रीहरूको नियमानुसार जाँच गरी नयाँ दर्ता तथा नवीकरण गरिदिएको गुणस्तर तथा नापतौल कार्यालय, काठमाडौँका सहायक निरीक्षक गोविन्द पहारीले बताउनुभयो ।
Leave a Reply