कार्की आयोगको प्रतिवेदनको सार सङ्क्षेप – ५८
- श्रावण १, २०८३
सन्दर्भ : शोभा प्रधानको चौथो वार्षिक स्मृति सभा
शोभा भाउजूले देह त्याग्नुभएको हिजै जस्तो लाग्थ्यो तर चार वर्ष नाघिसकेछ । यद्यपि, हाम्रो मनमस्तिष्कमा उहाँ जीवित नै हुनुहुन्छ । नेपालको राजनीतिक आकाशका निर्विवाद नक्षत्र तथा साम्यवादी विचारधाराका बौद्धिक व्यक्तित्वका धनी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष रोहितकी जीवनसङ्गिनीको रूपमा मात्रै शोभा भाउजूलाई सम्झिनु, सामाजिक र पारिवारिक क्षेत्रमा असल–संस्कारी बुहारी र सासू आमापछिको सफल घरमुलीको स्थानमा समेत उहाँको अपार भूमिकाबारे अनभिज्ञ हुनु हो । यसबारे केही कुरा राख्न चाहन्छु ।
विवाहपूर्व शोभा प्रधानलाई मानसिक प्रहार
युवावस्थामै गरिब किसान र दुःखी जनताको सेवामा निःस्वार्थरूपले लागिपर्दा आफ्नो ज्येष्ठ सुपुत्रले खेपेका दुःख, कष्टकर भोगाइ र कठिनाइहरूबारे हाम्री प्रातःस्मरणीय आमालाई राम्ररी ज्ञात थियो । उहाँ धार्मिक र रुढिवादी भए तापनि सा¥है व्यावहारिक हुनुहुन्थ्यो । तर समाजका केही अप्ठेरा मूल्य मान्यतादेखि दिक्क मान्नुहुनन्थ्यो । त्यतिबेला समाजमा प्रगतिशील विचारबाट ओतप्रोत व्यक्तिमाथि अति नकारात्मक सोच राख्ने समुदाय र छरछिमेकका केही निर्दयी या परपीडक स्वभावका दुष्ट मान्छेहरूले आफ्नो छोराबारे नानाभाँतीका मनगढन्ते कुरा बेला न कुबेला सुनाइरहन्थे । सायद यही कारणले हुनसक्छ, १० वर्षको निर्वासन जीवनपश्चात् आफ्नो मातृभूमिमा पाइला टेकेदेखि आमाले विभिन्न स्थानमा रहेको हाम्रै कुलको नाउँमा नामसारी भएको कुनै पनि भूमिमा एउटा सानो घर बनाएर बस्नु भनेर दाइलाई भनिरहनुहुन्थ्यो ।
“चखंँचा बखँुचा तय्ताहे बास म, छन्ता मोला ? इः न्हयाब्लें छं धाय्थें जुइला । अ जुतले लानी मन मिलेजुमा ज्ञानीमा पासा छम्हा नं स्वय् छन्ता, मज्युला ?” अर्थात्, चराचुरुङ्गीलाई त बासको खाँचो हुन्छ; तिमीलाई पर्दैन र ? समय सधैँ एकनास हुँदैन । अहिलेसम्म भ्याइन्छ; मन मिल्ने र ज्ञानी स्वभावकी एउटी कन्या जीवनसाथीको लागि हामी खोजौँला हुन्न र ? ‘रामायण’ मा राजा दशरथका ज्येष्ठ पुत्र रामचन्द्रले १२ वर्ष बनवास बसे वा गृह त्याग गरे; सूर्यमाया बिजुक्छेँको आफ्नो ज्येष्ठ पुत्र नारायणमान बिजुक्छेँले १० वर्ष गृह त्याग गरी निर्वासन जीवन बिताएका ती रात अनि दिनहरू कति पीडादायक भए होलान् भनेर हाम्री आमाले छोरालाई सम्झेर प्रायः भकानो छोड्नुभएको अझै सम्झनामा ताजै छ । आफ्नै पुख्र्याैली जग्गामा एउटा घर बनाई छोरोले त्यही घरजम गरी बसे राम्रो हुन्थ्यो भन्ने आमाको तीव्र इच्छा थियो ।
“जनताको घर नै मेरो घर हो; अहिलेसम्म कसैले नाइँनास्ति ग¥या छैनन् ।” यसरी भावनाको गहिराईमा डुबेर दाजुले आमालाई सम्झाउनुहुन्थ्यो । दुःखकष्ट, यातना र असङ्ख्य काहालीलाग्दा उतारचढावलाई आफ्नो जीवनको पर्याय बनाएर देश र जनताकै सेवामा लागेको छोरोको ‘अव्यावहारिक कुरा’ सुनेर बेलाबखत उच्छ्वासले आफूलाई घेरा हालेको यथार्थ आमाले चालै पाउनुभएन ।
कठिन गुप्तवास समाप्तिपश्चात् गृहप्रवेश गरेको छोरोले परिवारजनको धेरै प्रयासपछि विवाहको लागि मञ्जुरीको सङ्केत देखाएपछि बुढ्यौलीको घुम्टो ओढेकी हर्षित आमाको खुट्टोले भुइँ टेक्न छोड्यो । बिजुक्छेँ परिवारको जेठो छोरोको लागि रामेछाप जिल्लाको जिरीभन्दा पर ठोसे बजारमा स्थायी बसोबास गर्दै आउनुभएका श्यामलाल प्रधान र नारायणदेवी प्रधानकी जेठी छोरी शोभा प्रधानको नाम सुकुलढोकास्थित घरमा प्रेमपूर्वक उच्चारण भयो; त्यसरी उच्चारित नाम संयुक्त परिवारको हाम्रो निवासमा धेरै बेरसम्म गुञ्जिरह्यो । दाइ राजनीतिक व्यक्तित्व भएकाले इष्र्या र डाहा गर्ने सामन्ती स्वभावका कुतत्वहरूले भ्रमपूर्ण हल्ला पैmलाई सर्वसाधारणलाई भ्रमित पार्न नसकून् भन्ने उद्देश्यले बिना कसैको हस्तक्षेप वा जानकारी केटा र केटीबिच प्रत्यक्ष संवादका लागि मिलाइएको समयबमोजिम दिन तोकियो र सोचेअनुसार वार्तालापको परिणाम दुवैको तर्पmबाट सकारात्मक निस्क्यो । तर, केटी पक्षबाट असन्तुष्टिका भेलहरूले नेपालको कम्युनिस्ट राजनीतिक फाँटका उदाउँदो वेदाग जाज्वल्य युवा व्यक्तित्व बिजुक्छेँसँग वैवाहिक जीवन बिताउने शोभा प्रधानको इच्छालाई निर्ममतापूर्वक बगाई लाने चेष्टा नगरेको होइन ।
आफूभन्दा २०–२२ वर्ष जेठो; जसको आफ्नै कुनै निजी सम्पत्ति छैन; घरमा नबसी डेरामा बस्छन्; सर्वदा जेलनेलको डर भइरहन्छ; आफ्नै राम्रो आम्दानीको स्रोत छैन; सके श्रीमतीकै भर पर्नुपर्ने होला; सुखी र विलासी जीवनको किञ्चित पनि सम्भावना नहुने; सुनचाँदी गरगहनाको नामै उच्चारण गर्न मन नपराउनेसँगको वैवाहिक जीवनको चारपाङ्ग्रे गाडी सहजै गुड्न कतिको सम्भव होला र !? यी यावत् कुराले प्रशय पाउने गरी शोभा प्रधानको प्रवल अभिलाषालाई निमोठ्न थुप्रै नाटकहरूको मञ्चन गरियो । परन्तु, ती सबै प्रयासहरूले दाज्यूप्रतिको उहाँको विश्वास, आदर र भरोसालाई अलिकति पनि हल्लिन नदिन शोभा प्रधान आफ्नो निर्णयमा शालिनतापूर्वक चट्टानजस्तै अडिरहनुभयो । हुन त शोभा प्रधानलाई सा¥है माया गर्ने मातापिता र भलो चाहने नजिकका मान्छे हुन् या जीवनमा आइपर्ने समस्याहरू खुलस्तसँग साझा गर्ने दौँतरी, जोसुकैले पनि उहाँको उज्ज्वल भविष्यको अपेक्षा राख्नुलाई अन्यथा लिन मिल्दैन । उमेर र बैँस छँदै सिउँदो उजाडिएर एक्लिने नारीको केही वर्षमै सिन्दुरको रहर मृगतृष्णा मात्र भई जाने कथाहरू पनि शोभा प्रधानलाई नसुनाइएका होइनन् । नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्षज्यूको कुन कुरा, स्वभाव र विचार शोभा प्रधानको मनमन्दिरमा कहिल्यै नमेटिने तबततयय जस्तै छापिन गयो, आफ्ना लागि ती कुराहरू अमूल्य बनेर सेती जस्तै हृदयमा गडिन पुग्यो; यी सबैथोक शोभा प्रधानलाई नै थाहा होला ! कहीँकतै वा कसैबाट पनि केही सीप नलागेपछि शोभा प्रधानलाई नेमकिपाका अध्यक्षको अर्धाङ्गिनी हुनबाट कुनै पनि प्रकारको छेकबार सफल हुनै सकेन । उहाँभन्दा अघि पनि बौद्धिक क्षेत्रमा अबल र आर्थिकरूपले सम्पन्न कन्याहरूको कुरा दाजुको लागि नआएको होइन तर विचार, विवेक, समझदारी, सामाजिक संस्कार अनि सरलतामा भने शोभा प्रधानलाई उनीहरूले पछि पार्न सकेनन् । एक नारीको यही सुन्दर पक्ष अध्यक्षज्यू अर्थात् मेरा दाजुलाई औधी मन परेको हुनसक्छ ।
Leave a Reply