कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, ९ असोज । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को यही असोज १९ गते हुने २७ औँ वार्षिकोत्सवको अवसरमा संस्थाका संस्थापक तथा पूर्वपदाधिकारीहरूको भेला मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार कृष्णप्रसाद धन्छाले संस्थाको प्रगतिमा संस्थापकहरूको भूमिका सराहनीय रहेको बताउनुभयो । उहाँले संस्थाका पदाधिकारीहरूले व्यक्तिगतरूपमा कुनै आर्थिक प्रलोभनमा परी काम नगरेको र निःस्वार्थरूपमा सेवा गरिरहेको बताउनुभयो ।
संस्थाका पूर्वअध्यक्ष एवं सल्लाहकार रत्नप्रसाद प्रजापतिले संस्थापकहरूको राय सल्लाहअनुसार संस्था चलाउनुपर्नेमा जोड दिँदै संस्थापकहरूको योगदानलाई वर्तमान पदाधिकारीहरूले बुझ्नुपर्ने औँल्याउनुभयो ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले सामूहिक सेवाभावले समुदायप्रति उन्मुख भएर संस्थाले सेवा दिइरहेको बताउँदै अहिलेको संस्था कुनै निर्णयमा भन्दा नीतिगत कार्यबाट अगाडि बढिरहेको स्पष्ट पार्नुभयो । उहाँले संस्थापकहरूलाई कदर गर्दै संस्थाले दिने सेवा आर्थिकसँगै सामाजिक, सांस्कृतिक, खेलकुद, स्वास्थ्यलगायतका विविध क्षेत्रमा हुँदै आएको बताउनुभयो ।
संस्थापक सदस्यहरू सत्यनारायण प्रजापति, रामभक्त लाखेमरु, पुरुषोत्तम प्रजापति, केदारमान ज्याख्वलगायतले विचार व्यक्त गरेको उक्त कार्यक्रममा सचिव जगनाथ प्रजापतिले संस्थाको आर्थिक स्थितिबारे जानकारी दिनुभयो ।
संस्थापक सदस्यहरू ४० जनाले १ लाख २० हजार शेयर पुँजीबाट वि.सं. २०५४ कार्तिक १९ गते आधिकारिकरूपमा स्थापना भएको संस्थाले जानकारी दिएको छ ।
Leave a Reply