यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ९ असोज । भक्तपुर नगरपालिकाको आयोजनामा प्रधानमन्त्री रोजगार कार्यक्रमसम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधबार भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रमा गरिरहेको उदाहरणीय कार्यले नगरपालिकाको प्रतिष्ठा अझ उँचो हुँदै गएको बताउनुभयो ।
भक्तपुर नपाले भक्तपुरका मूर्त तथा अमूर्त सम्पदाहरूलाई अमूल्य सम्पत्तिको रूपमा संरक्षण गर्दै नयाँ पुस्ताको सेवा गर्दै आइरहेको बताउँदै उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रममा छनोट भएका कामदारहरूलाई इमानदारीपूर्वक आफ्नो काम गर्न अभिप्रेरित गर्नुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गरिने भक्तपुर नगरपालिकाको कामलाई इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिँदै कुनै पनि काम सानो ठुलो हुँदैन र रोजगारलाई हेयको दृष्टिले हेर्न नहुने उहाँको भनाइ दियो ।
नागरिकलाई सार्वजनिक सम्पत्ति संरक्षण र त्यसप्रतिको अपनत्व ग्रहण गराउनु नपाको उद्देश्य भएको बताउँदै प्रमुख प्रजापतिले रोजगारीले नागरिकको जीवन उकास्छ र रोजगारीको लागि हातमा कुनै न कुनै सीप हुन आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले प्रधानमन्त्री रोजगार कार्यक्रमको आवश्यकता र भक्तपुर नगरपालिकाले गरिरहेको गतिविधिबारे जानकारी गराउनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिताबारे बेलाबखत प्रश्नहरू उठ्ने गरेको प्रसंग जोड्दै उहाँले यस कार्यक्रमबाट बेरोजगार व्यक्तिहरू लाभान्वित भएका छन्, उपप्रमुख जोशीले भन्नुभयो ।
महिला रोजगारीले देश र समाजमा सकारात्मक प्रभाव पार्ने बताउँदै उहाँले भक्तपुरको सरसफाइ र विकासमा भक्तपुर नपाका जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको उल्लेखनीय भूमिका रहेको बताउनुभयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले देशमा बेरोजगारको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको बताउँदै प्रधानमन्त्री रोजगार कार्यक्रममा छनोट भएकाहरूले इमानदारीपूर्वक आफ्नो काम गर्न प्रेरित गर्नुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले रोजगारी सिर्जना गरी आम जनताको जीवनस्तर माथि उकास्ने यसको प्रमुख उद्देश्य रहेको बताउँदै आफ्नो काम र कर्तव्यबारे ससूचित हुनुपर्नेमा जोड दिनुभयो । वडाध्यक्ष ज्याख्वले समुदायमा आधारित सहकारी संस्थाहरूमा मात्र आफ्नो बचत रकम जम्मा गर्न मार्गनिर्देश गर्नुभयो ।
उक्त कार्यक्रममा भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले कार्यक्रमको उद्देश्य र आवश्यकताबारे प्रस्ट पार्नुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक लक्ष्मी प्रजापतिले १०० दिनको प्रधानमन्त्री रोजगार कार्यक्रमको परिचय, उद्देश्य, लक्ष्य आदिबारे प्रस्तुतीकरणमार्फत अभिमुखीकरण गर्नुभयो ।
भक्तपुर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ३५० जनाले फारम भरेको मध्ये ६५ जनाले १०० दिनको लागि रोजगार पाएका छन् ।
Leave a Reply