सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
जेनी माक्र्सको जन्म १२ फ्रेबुअरी सन् १८१४ मा जर्मनीको सालजवेडेलको एक सामन्त परिवारमा भएको थियो । उहाँका बुबा त्यसबेला सालजवेडेलमा मेजिस्ट्रेट थिए । उनको नाम लुडविग फानवेष्टफालेन थियो । सामन्त भएर पनि जेनीका बुबा लुड्विग अरू जर्मन सामन्तहरूजस्ता थिएनन् । उनी सुशिक्षित र सभ्य थिए । साहित्यमा उनको सा¥है चाख थियो । उनलाई ग्रीसेली महाकवि होमरको कविता सा¥है मन पथ्र्याे र कति कविताहरू कण्ठै आउँथ्यो । शेक्सपियरका कति नाटक अङ्ग्रेजी र जर्मनी दुवै भाषामा कण्ठै आउँथ्यो । उनको घरमा पनि थुप्रै पुस्तकहरू थिए ।
जेनी जन्मेको दुई वर्षपछि जेनीका बुबा लुड्विग जर्मनीको राइल्यान्डको वेष्टफालिया इलाकाको एक नगर ट्रीरमा सरूवा भए । त्यसबेला राइल्यान्डमा उद्योगको तीव्र विकास हुँदै थियो । साथै यो फ्रान्सको सिमानामा परेको हुँदा त्यहाँ चानचुने प्रशासक पठाइँदैनथ्यो । लुडविग एक असाधारण योग्यता भएका मानिस भएकाले तत्कालीन प्रशियाका महामन्त्री हार्डेनवर्गको आँखा उनीमाथि पर्यो ।
ट्रीरमा कार्ल माक्र्सका बुबा हाइनरिख माक्र्स एक वकिल थिए । हाइनरिख माक्र्स र लुडविगको सम्बन्ध घनिष्ठ भयो । परिवारको सम्बन्धले गर्दा कार्ल माक्र्स पनि सानैदेखि जेनीकै घरमा खेल्ने र सँगै पढ्ने गर्नुहुन्थ्यो । कार्ल माक्र्स सानैदेखि तेजिलो किशोर हुनुभएकोले लुड्विग उहाँलाई सा¥है मन पराउँथे । माक्र्स उनको किताबको सङग्रहबाट आफ्ना ज्ञानपिपासुलाई शान्त पार्नुहुन्थ्यो ।
जेनी अत्यन्तै राम्री केटी र सामन्त परिवारकी भएर पनि सामन्ती स्वभावकी हुनुहुन्नथ्यो । उहाँको र माक्र्सको बाल्य–प्रेम बिस्तारै युवा प्रेमको रूपमा झाङ्गिँदै गयो । उहाँहरूको प्रेम आमा–बुबाको अनुमतिविना नै विवाह बन्धनमा बाँधिने स्थितिमा पुग्यो ।
सन् १८३५ मा कार्ल माक्र्स बोन विश्वविद्यालयमा पढ्न जानुभयो । त्यसबेला माक्र्स भर्खर १८ वर्षका र जेनी २२ वर्षकी हुनुहुन्थ्यो । यो विछोड सा¥है असह्य थियो । तर, एक सामन्त वर्गकी छोरी भएर पनि जेनीले दर्जा, कुल र मर्यादालाई बेवास्ता गरी तल्लो दर्जाको परिवारका माक्र्सलाई आफ्नो हृदय सम्राट बनाउनुभयो । यदि उहाँले चाहेको भए आफ्नो बुबाको दर्जा र घरानाको प्रभावले कुनै एक प्रभावशाली धनी सामन्तको छोरोसँग विवाह गरेर जीवन बडो सुख र आनन्दसँग बिताउन सक्नुहुन्थ्यो । तर, जेनीले कार्ल माक्र्सलाई नै रोज्नुभयो ।
जेनीको सुन्दरता ट्रीर नगरमा प्रसिद्ध थियो । उहाँलाई सबै ‘देवकन्या’ वा ‘नृत्यकी रानी’ भन्थे । माक्र्स बोनमा जेनीको अभावमा पानीबिनाको माछाझैँ र जेनी ट्रिरमा प्रेमवाणको तीरले घायल चरीजस्तै छट्पटाउँदै हुनुहुन्थ्यो । माक्र्सले बोनमा अध्ययनको साथसाथै जेनीको सम्झनामा कविता कोर्न थाल्नुभयो । कविताको तीनवटा कापी सन् १९३६ मा माक्र्सले जेनीलाई पठाउनुभयो । कविताको कापी हातमा लिँदा जेनीको आँखा हर्ष र विस्मातको आँसुले भरिएको थियो । तर, माक्र्स बोन जानुभएको एक वर्षपछि दुवैले आमा–बाबुको अनुमतिमा पत्रको आदानप्रदान गरेर आफ्ना मनका भावना पोखी मनलाई अझ दरिलो पार्नुभयो ।
बाबुको मृत्यु
जेनीका बुबा लुडविग फानवेस्टफालेनको ३ मार्च १८४२ मा मृत्यु भयो । त्यसबेला जेनी २८ वर्षकी हुनुहुन्थ्यो । त्यस उमेरमा नै पितृशोक हुनु जेनीलाई असह्य थियो । तर, कार्ल माक्र्सको भविष्यको उज्याले ज्योतिको आशामा नै आफूलाई धैर्यपूर्वक राख्न सक्नुभयो । बाबुको मृत्युपछि जेनीकी आमा क्रोज्नाख भन्ने ठाउँमा गएर बसिन् ।
विवाह
माक्र्स, बर्लिनबाट विद्यावारिधी (पीएचडी) गरेर १५ अक्टोबर सन् १८४२ देखि ‘राइनिसे जाइटुङ्ग’ (राइन समाचार) को सम्पादन गरेर आफ्नो कलमको माध्यमले सबल वा निडर भएर तत्कालीन सरकार र प्रतिक्रियावादी तत्त्वहरूलाई प्रहार गर्दै हुनुहुन्थ्यो । तर, ५–६ महिनापछि नै माक्र्सको लेखनीलाई उग्र, सरकारविरोधी र साम्यवादतिर ढल्केको आरोपमा पत्रिका बन्द गर्ने आदेश सरकारबाट आयो । माक्र्सले आफ्नो स्वतन्त्र लेखनीका सट्टा नरम लेख लेखेर सच्चाइलाई ढाकछोप गरी चाकरी–चाप्लुसीद्वारा पत्रकारितालाई पैसा कमाउने पेशा बनाउन चाहनुभएनन् । उहाँले १७ मार्च १८४३ को दिन सम्पादक पदबाट राजीनामा दिनुभयो ।
माक्र्सले जर्मनीमा स्वतन्त्रतापूर्वक कलम चलाउनसक्ने देख्नुभएन र जर्मन त्याग्ने विचार गर्नुभयो । जेनी र माक्र्सको प्रेम–बन्धनले सात वर्ष नाघिसकेको थियो । जेनीविना आफू बाहिर जानसक्ने स्थिति देख्नुभएन । किनभने जेनी उहाँको प्रेरणा हुनुहुन्थ्यो भने माक्र्स जेनीको प्राण । बाहिर जानुभन्दा अगाडि नै १९ जुन १८४३ को दिन दुई प्रेमीहरू विवाह बन्धनमा बाँधिनुभयो । दुवैले क्रोज्नाखमै केही महिना बिताउनुभयो । त्यतिबेला जेनी भर्खर २९ वर्ष र माक्र्स २५ वर्षका हुनुहुन्थ्यो ।
यो मिलनको लागि जेनीले आफ्ना नाता गोताहरूसँग धेरै सङ्घर्ष गर्नुपरेको थियो । जेनीको सामन्त परिवार र सम्बन्धीहरू बर्लिन सरकारका भक्त थिए, साथै धर्मप्रति त्यत्तिकै कट्टर पनि । यस्तो बेलामा माक्र्सजस्तो सरकारविरोधी र नास्तिकसँग जेनीलाई विवाह गर्न कसरी आफन्तहरू राजीखुसी अनुमति दिनसक्थे ? तर, माक्र्सलाई पाउन जेनी आफ्नो पारिवारिक धर्म र व्यवस्थाबाट विमुख हुनुभयो र आखिर सङ्घर्ष क्षेत्रमा जेनीले विजय प्राप्त गर्नुभयो । साथै, विवाहको केही महिनापछि माक्र्ससँगै जेनी पेरिस जानुभयो र नौलो सङ्घर्षपूर्ण दाम्पत्य जीवनमा प्रवेश गर्नुभयो । पेरिसमै सन् १८४४ मा जेनी पहिलो बच्चाकी आमा हुनुभयो । त्यस बच्चीको नाम जेनी नै राख्नुभयो ।
फ्रान्सबाट निष्काशन र ब्रुसेल्सको बास
११ जनवरी सन् १८४५ मा जर्मन सरकारको दबाबमा फ्रान्स सरकारले जर्मनका क्रान्तिकारीहरूलाई फ्रान्सबाट निकाल्ने आदेश दियो । माक्र्स पनि ती क्रान्तिकारीहरूमध्ये हुनुभएकाले उहाँ आफ्नो परिवारसहित ब्रुसेल्स (बेल्जियम) जानुभयो । एक बच्चीकी आमा जेनीले कार्ल माक्र्सजस्तो महान् क्रान्तिकारीसँग आफ्नो जीवनरूपी डुङ्गा समाजका अनेक प्रकारका आँधीबेहरीको सामना गर्दै अगाडि बढाउनुभयो । तर, के कुरो साँचो हो भने सत्यको पक्षमा लड्नेसँग तमाम असत्यका पक्षपातीहरू डराउँछन् । बेल्जियम सरकार माक्र्सलाई आफ्नो देशमा राख्न थरथर काँप्यो । तर, त्यहाँको राजनीतिमा हात नहाल्ने शर्तमा मात्रै कार्ल माक्र्सले ब्रुसेल्समा बस्ने अनुमति पाउनुभयो । ब्रुसेल्समा सन् १८४५ सेप्टेम्बरमा जेनीले दोस्री छोरी लाउरा जन्माउनुभयो ।
सन् १८४८ मा कार्ल माक्र्स र एङ्गेल्सले लण्डनमा भएको कम्युनिस्ट पार्टीको महाधिवेशनको निर्णायअनुसार ‘कम्युनिस्ट घोषणापत्र’ लेख्नुभयो । घोषणापत्र निस्केको केही दिनमै फ्रान्समा क्रान्ति सुरु भयो । फ्रान्सको क्रान्तिको आगो सारा युरोपमा फैलियो । यसको असर सबभन्दा पहिले बेल्जियममै पर्यो । बेल्जियम (ब्रुसेल्स) मा आन्दोलन चर्कन लागेको थियो । त्यहाँको राजा चलाख थियो उसले, “यदि राष्ट्रले चाहेमा राज्य नै त्याग्छु” भनेर आत्मसमर्पण गर्यो । राजाको यस रुवाइमा विश्वास गरेर त्यहाँका पुँजीवादी उदारवादी राजनीतिज्ञहरूले राजालाई समर्थन गरे तथा क्रान्तिलाई दबाए । सबै विदेशीहरूलाई पुलिसले लखेट्दा कार्ल माक्र्स र जेनी पनि पक्राउ पर्नुभयो । जेनीलाई तिनीहरूले यौन व्यवसायी महिलाहरूसँग एक रात थुने । यसरी पहिलोचोटी जेनीले राजनैतिक दुःख सहनुपर्यो । साथै ब्रुसेल्सबाट माक्र्स र जेनी निकालिनुभयो ।
फ्रान्समा स्वागत
त्यसबेला फ्रान्सको क्रान्ति सुधेको अवस्थामा थियो र माक्र्सलाई पेरिसमै आउन त्यहाँको अस्थायी सरकारले लेख्यो, “वीर र इमानदार माक्र्स ¤ फ्रान्सेली गणराज्यको भूमि सबै स्वतन्त्रताप्रेमीहरूको शरणस्थान हो । अत्याचारीहरूले तपाईँलाई निकाले तर स्वतन्त्र फ्रान्स सबै जातिहरूको भाइचाराको निम्ति लड्ने तपाईँ र ती सबैको लागि आफ्नो ढोका खोल्छ ।” मार्चतिर माक्र्स र जेनी पेरिस पुग्नुभयो ।
जेनी आफ्नो जन्मभूमिमा
१३ मार्च र १८ मार्च सन् १८४८ मा क्रमशः भियना र बर्लिनमा क्रान्ति भयो । माक्र्सले पेरिसमै एक नेतृत्व स्थापना गर्नुभयो । साथै माक्र्स साथीहरूसँग जर्मनको ठाउँठाउँमा गएर आन्दोलनमा भाग लिनुभयो । माक्र्स र जेनी रायलैण्ड पुग्नुभयो, आफ्नै प्यारो मातृभूमिमा । त्यहाँ माक्र्सले फेरि ‘नोथे राइनिशे जाइटुङ्ग’ (नयाँ राइन समाचार) १ जून १८४८ मा प्रकाशित गर्नुभयो । पत्रिकाले जनतन्त्रको मुखपत्र भएर काम गर्यो । माक्र्सले पछि कोलोनमा बसेर काम गर्नुभयो । जेनी र आफ्नी छोरी ट्रिरमै थिए । पछि उहाँहरू पनि कोलोन आउनुभयो ।
जर्मनमा केही महिनापछि नै प्रति–क्रान्तिहरू सफल हुँदै गए तथा जनतन्त्रवादी पुँजीवादीहरूमध्ये कसैले आत्मसमर्पण गरे, कोही सम्झौता र निराशा तथा पलायनको बाटोमा लागे । क्रान्ति असफल भयो । ११ मेको दिन माक्र्सलाई प्रसियाली सरकारले देश निकालाको आदेश दियो । पत्रिकाको धेरै ऋण तिर्न बाँकी थियो । माक्र्सले सारा सम्पत्ति बेचेर ऋण तिर्नुभयो । साथै जेनीको गहना पनि बेच्नुपर्यो । जेनीसँग केही चाँदीका भाँडाकुँडाबाहेक अरू बाँकी रहेन । यही सम्पत्ति नै माक्र्स परिवारको आम्दानीको स्रोत बन्यो ।
जेनी लण्डनमा
१५ सेप्टेम्बरमा जेनी र केटाकेटीहरू लन्डन पुगे । माक्र्स त्यसबेला ‘नोथे राइनिशे रिभ्यु’ (नयाँ राइन समीक्षा) भन्ने २८ पेजको मासिक पत्रिका चलाउँदै हुनुहुन्थ्यो । त्यसबेला जेनी सा¥है ठुलो आर्थिक अभावको सामना गर्न बाध्य हुनुभयो । यस स्थितिले जेनीलाई कहिलेकाहीँ दिक्क पाथ्र्याे । हुन पनि एक उच्च खानदानी चेलीलाई यस्तो सङ्कटले जरूर अत्याउन सक्थ्यो । त्यसबेला जेनीले लेख्नुभयो, “उनको सबै शान्ति, सञ्चित शक्ति प्रतिदिन र प्रतिघण्टा विपत्तिहरूले घेरिएको थियो ।” त्यसबेला जेनी ३६ वर्षकी र माक्र्स ३१ वर्षका हुनुहुन्थ्यो ।
कान्छो छोराको मृत्यु
जेठी जेनी, माइली लाउरा, तेस्रो छोरो एड्गर थियो । एड्गर जेनीको दाजुको नामबाटै राखिएको थियो । माक्र्स र एड्गरको राम्रो सम्बन्ध थियो । त्यसकारण, जेठो छोराको नाम पनि माक्र्सले एड्गर नै राख्नुभयो । नोभेम्बर सन् १८४९ मा चौथो सन्तान छोरा जन्मियो । उसको नाम गिडो राखियो । यस अवस्थामा जेनी परिवार सा¥है ठुलो आर्थिक सङ्कटबाट गुज्रिरहेको थियो । छाक–छाकको लागि पनि मुस्किल भइरहेको थियो । बालबच्चाहरूलाई राम्रोसँग खुवाउन सकिएको थिएन । त्यस्तो आर्थिक कठिनाइको समयमा सानो नानीले आमा–बुबाको माया र आवश्यक खाना पाएर हुर्कनसक्ने स्थिति थिएन । ऊ खाली आफ्नो परिवारको दुःखमात्रै हेर्न आएको जस्तो भयो । औषधि उपचारको कुरो त परै थियो ।
आफ्नो सानो नानीको विषयमा जेनीले लेख्नुभएको थियो, “विचरा सानो नानी सा¥है दुःख र चिन्तामा पालिएको थियो । ऊ सधैँ बिरामी रहन्थ्यो, रातदिन कष्ट भोगिरहन्थ्यो (जहिलेदेखि ऊ संसारमा आयो) । जन्मेदेखि नै ऊ रातमा पनि राम्रोसँग सुत्न सकेको थिएन । सुते पनि एक दुई वा तीन घण्टा बढी होइन । तर, विचरा जन्मेर एक वर्षमै मर्यो ।” उनको आमा–बुबालाई थाहा थियो, यो बालक मर्ने थिएन, यदि खाना–पिना र औषधि–मूलोको राम्रो प्रबन्ध भएको भए । यसकारण, उहाँको सानो नानीको मृत्यु गरिबीमाथिको बलिदान थियो ।
यसरी संसारका सबै गरिबहरूलाई गरिबीरूपी पहाडबाट मुक्त गर्न खोज्ने माक्र्स आफैले गरिबीको असह्य बोझ बोक्नुपर्यो । जेनीको मातृ हृदय आफ्नो नानीको अकाल मृत्युले विह्वल भएको थियो । सायद आफ्नो क्रान्तिकारी लोग्नेको मुख हेरेरमात्रै उहाँले आफ्नो व्यथित हृदयलाई थाम्नुभएको थियो ।
डेराबाट निकाला
जेनीको परिवार एक–एक पैसा र एकएक गेडा अन्नको लागि छट्पटिरहनु परेको अवस्था थियो । त्यसैबेला घर मालिकले सातै निर्दयतापूर्वक जेनी परिवारलाई डेराबाट निकाल्यो । त्यसबेला जेनी परिवार लन्डनको चेल्सियाको एक घरमा बस्थे । घरको बहाल दिइसकिएको थियो । तर, त्यो बहाल लिने मानिसले घरको मुख्य मालिकलाई दिएको रहेनछ । तैपनि घरबाट निस्कनैपर्यो । साधारण बहाल तिर्न सकेन भनेर संसारको गरिबी हटाउन आफ्नो देश त्याग्ने, सिद्धान्त र क्रान्तिप्रति अपार श्रद्धा र भक्ति राख्ने माक्र्स आफ्नो झिटीगुन्टा र बाल–बच्चा लिएर एक ठाउँबाट अर्को ठाउँमा बिरालाले बच्चा सारेजस्तै हिँड्न बाध्य हुनुभयो । मालिक भन्नासाथ चाहे त्यो घरको होस् या कारखाना अथवा खेतको होस् निर्दयी नै हुँदो रहेछ भन्ने व्यवहारले देखायो । पछि बल्लतल्ल माक्र्स परिवारले लिसेक्टर–ट्रीरको जर्मन होटलमा केही समयको लागि शरण पाए । त्यसपछि एक गरिब टोल, सोहो स्क्वायरको २८ डीन स्ट्रीट भन्ने ठाउँमा डेरा सर्नुभयो । कस्तो आर्थिक सङ्कट । भोकभोकै डेरा खोजेर हिँड्नुपर्ने, सन्तानहरूको अकाल मृत्यु हेरेर । कसरी थाम्नुभयो होला जेनी र माक्र्सले आफ्नो मन । मानवता र सर्वहाराप्रति अगाध प्रेम र भक्ति राख्ने परिवारले कसरी आफ्नो धैर्यलाई कायम राख्न सक्यो ? के यो जेनी परिवारको एक हृदयविदारक अध्ययन होइन ?
तर, माक्र्सले जेनीजस्ती जीवनसँगी पाएर हाँसी हाँसी दुःखलाई बिनाअफसोच सहँदै जानुभयो । गरिबको दुःख अनुभव गर्न दुःख पनि सहनु पर्दोरहेछ । माक्र्सलाई थाहा थियो, सर्वहाराको साखै दाजुभाइ बन्न केही दुःख भोग्नु पनि पर्छ ।
यस्तो दुःखको समयमा पनि कार्ल माक्र्सले मजदुर वर्गको संसार प्रसिद्ध ‘पुँजी’ नामको ग्रन्थ तयार गर्न लेख्ने सामग्री जुटाउँदै जानुभयो अथवा गम्भीर अध्ययनमा लाग्नुभयो । माक्र्सले फ्रान्कफोर्ट या जर्मन छोड्दा जेनीका चाँदीका भाँडाकुँडा बन्धक राख्न लगाउनुभएको थियो । त्यहाँका बडेमेयरलाई त्यो बन्धकी मालसामानलाई केटाकेटीको एकदुईवटा सामान छोडी सबै बेचेर पैसा पठाउन चिट्ठी लेख्नुभयो । त्यसैबेला बेडेमेयरलाई जेनीले लेख्नुभएको पत्रबाट के थाहा हुन्छ भने उहाँको मन सा¥है दुःखेको थियो । “मलाई सबभन्दा चित्त दुख्ने कुरो के हो भने मेरो लोग्ने साना–साना कुरामा पनि सा¥है दुःख पाउँदैछन्, जसले मेरो हृदयलाई छिया–छिया पार्छ । उनको सहायताको लागि सानो कुरो भए पनि पुग्छ । तर, सधैँ अरूको सहायता भित्री हृदयदेखि गरिरहने व्यक्ति आज उनी आफै असहाय भइरहेका छन् । बेडेमेयर यो नसोचि दिनुहोला, हामी कसैसँग केही मागिरहेका छौँ । तर, मेरा लोग्नेलाई कमसेकम यस्तो समयमा उनीप्रति अलि धेरै व्यावसायिक उत्साहको विचार र चाख त देखाउनुपर्छ । … यसले मेरो मन दुख्छ तर मेरो लोग्ने भिन्नै प्रकारले सोच्छन् । उनको भविष्यप्रतिको विश्वास जस्तोसुकै अप्ठेरो बेलामा पनि कहिल्यै डगमगिन्न, उनको मन सधैँ शान्त रहन्छ । उनी म र हाम्रा मायालाग्दा केटाकेटीहरूसँग रहँदा सा¥है आनन्द अनुभव गर्छन् र हँसिलो देखिन्छन् ।”
स्रोत : विश्वका क्रान्तिकारी महिलाहरू
Leave a Reply