भर्खरै :

सत्ताको मात लागेको मजदुर आन्दोलन

निर्जला
अन्तर्राष्ट्रिय मजदुर आन्दोलन (ट्रेड युनियन) कुनै जातीय आन्दोलन वा बडा राष्ट्र अहंकारवाद होइन । सुरु-सुरुका मजदुर आन्दोलन कुनै सानो उद्योग, स्थानीय स्तरबाट र पछि-पछि राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा विकास ग¥यो । पहिले एक दुई कारखानाका कामदारको स्तरमा सुरु भएको मजदुर आन्दोलन पछि शिक्षक, कर्मचारी, डाक्टर, नर्स, इन्जिनियर र सिंहदरवारका कर्मचारीहरुको रुपमा देखियो । पश्चिमी देशहरुको मजदुर आन्दोलन साँचो अर्थमा कल–कारखानामा शारीरिक काम गर्ने मजदुरहरुबाट सुरु भयो र पछि-पछि इञ्जिनियर र प्राविधिक वा बुद्धिजीवी मजदुरहरुको स्तरमा पुग्यो । खानी मजदुर, रेल मजदुर र यातायात मजदुरहरु हुँदै बैङ्कका मजदुरहरुसम्म पनि पुग्यो ।
उद्योगधन्दाको विकास भई नसकेको नेपालजस्तो देशमा मजदुर आन्दोलनको नाममा सेवा क्षेत्रका कर्मचारीहरु हुँदा बस मालिक (व्यवसायी) र ट्रक व्यवसायीसम्म पुग्यो । सिंहदरवारका कर्मचारीहरुमध्ये पञ्चायतकालका राजावादी र निश्चित जिल्लाका ठूलाठालुका मानिसहरुदेखि निश्चित जाती र भाषाभाषीका थिए । प्रजातन्त्रको पुनःस्थापनापछि पनि शासक दलहरुबाट पनि तिनै जाति र भाषीहरुबाट सिंहदरवार भरिए र पुराना र नयाँ शासकहरुले सुविधाभोगी कर्मचारी संघलाई ‘ट्रेड युनियन’ को नाम दिए ।
जसरी पूर्वी युरोपमा समाजवादी देशहरुमा सत्ताबाट फालिएका शासक वर्ग र जाति एवम् भाषा–भाषीहरु ‘कम्युनिष्ट’ र ‘मजदुर’ पार्टीभित्र घुसेर समाजवादलाई नै अन्तरध्वंशका गतिविधि गरे तथा अन्ततः ती देशहरुमा पूँजीवादको पुनःस्थापना गरे । पञ्चायतकालमा पनि भूमिसुधारका मन्त्रालय, विभाग र जिल्ला–जिल्लाका कार्यालयसम्मै विभिन्न जिल्लाका निश्चित जाति र भाषाका शोषक वर्गकै आउरेबाउरेहरु घुसे र घुसाइए । आखिर भूमिसुधार केही जिल्ला र केही ठाउँमा मात्रै लागू भयो, जोताहा किसानहरुले वा अर्धदासहरुले मोहियानी हक पाएनन् । हरुवा, चरुवा, कमैया आदि मोहियानी हकबाट बञ्चित भए र पञ्चायत व्यवस्था र राजतन्त्र पनि समाप्त भयो, तर जोताहा किसानहरु सामन्ती शोषणबाट मुक्त भएनन् ।

जसरी व्यक्ति हत्या आफै क्रान्ति होइन त्यस्तै वर्गीय शिक्षा र समाजवादी समाज निर्माण गर्ने उद्देश्यबाट संगठित नगरिएका कति किसान र मजदुरहरु आखिरमा ‘जे गरेर भए पनि व्यक्तिगत हित गर्ने हो’ भन्ने बुझाइमा पुग्छन् र धेरै मजदुर किसान र संगठनको सहयोगबाट फलिफाप भएका व्यक्तिहरु समाजवादी बाटोमा होइन, पूँजीवादी बाटोमा लागेका अनेक उदाहरणहरु छन् ।

सिंहदरवारका कर्मचारी युनियन वा कर्मचारी ट्रेड युनियनले भने अनेक सहुलियत पाउँदै भन्सार, एयरपोर्ट, मालपोत, बैङ्क वा थप आम्दानी वा भ्रष्टाचार गर्न पाउने विभाग र क्षेत्रमा एक तहसमेत प्रमोशन हुने गरी सरूवाको नियम बनाइयो । तिनीहरुका छोरा–छोरीलाई मात्र छात्रवृत्ति र स्वास्थ्य सेवा आदिको सहुलियतहरु पाए । तल्लो तहका, दुुर्गम जिल्ला, गाउँमा काम गर्ने कामदार वर्गबाट आएका कर्मचारीहरुले त्यस्ता कुनै सहुलियतहरु पाउन सकेनन् । कति इमानदार शिक्षकहरुले माथिका कुनै पनि सहुलियत नपाइकनै अर्थात् पेन्सनसमेत नपाई बिदा भए, जिल्ला शिक्षा कार्यालयले वर्ग, जात, भाषा–भाषीको भेद गरेको र आफ्नो शिक्षकको रुपमा नहेरेको धेरै उदाहरण छन् । यही कुरा स्वास्थ्य सेवामा समेत देखियो । यसको अर्थ हो – सत्ताबाट फालिएका वर्गबाटै मजदुर आन्दोलनलाई निश्चित जात र भाषा–भाषीहरुले कैद गरेको चर्चा व्यापक हुँदैछ ।
वामपन्थीका नाउँका केही मजदुर युनियनले नेपाली युवाहरुलाई विदेशी कम्पनीमा काम गर्न पठाउने म्यानपावर कम्पनीको एजेन्टको रुपमा काम गर्दैछन्, साथै बालबच्चचा भएका महिलाहरुलाई समेत विदेशमा ज्येष्ठ पुरुषहरुसँग कानुनी विवाह गराई विदेशी पुरुष मरेपछि सम्पत्तिको हकदार बनाउने उपाय पनि गराएको सुन्दा साधारण जनतालाई समेत पत्यार नलाग्ला ! निर्वाचनमा पैसा बाँडेर, उपहार दिएर, भोज खुवाएर, जागिर दिएर, सरकारमा बस्ने दलले मत माग्नु वा अनेक लोभ–लालच देखाउनु जसरी निर्वाचन आचारसंहिता र ऐन–नियम विपरीत हुन्छ, त्यस्तै ट्रेड युनियनको नाममा ‘जिउ म्हास्ने’ जस्ता काम गर्नु निश्चय पनि अमर्यादित विषय हो ।
जसरी व्यक्ति हत्या आफै क्रान्ति होइन त्यस्तै वर्गीय शिक्षा र समाजवादी समाज निर्माण गर्ने उद्देश्यबाट संगठित नगरिएका कति किसान र मजदुरहरु आखिरमा ‘जे गरेर भए पनि व्यक्तिगत हित गर्ने हो’ भन्ने बुझाइमा पुग्छन् र धेरै मजदुर किसान र संगठनको सहयोगबाट फलिफाप भएका व्यक्तिहरु समाजवादी बाटोमा होइन, पूँजीवादी बाटोमा लागेका अनेक उदाहरणहरु छन् । व्यक्तिगत हितभन्दा सामूहिक कर्तव्यलाई शिक्षित नगरिएका कति स्वास्थ्य संस्थाका कर्मचारीहरुले स्वास्थ्य उपकरणहरुको राम्रो स्याहार नगर्ने, रोगीको राम्रो सेवा नगर्ने, सामान हिनामिना गर्ने र योग्यता र कर्तव्यको आधारमा होइन भनसुन गरेर प्रमोशन पाउनेजस्ता माध्यमबाट संगठनमा प्रतिष्ठित हुने अनेक उद्देश्य निश्चित समूहबाट गरिएको थाहा नपाई संस्थाहरु पनि फस्ने गरेको धेरै उदाहरणहरु छन् । यसकारण कति पीडित सम्झिएका व्यक्तिहरुको पछाडि को छ भनी जाँचबुझ नगरी कसैको पक्षमा संगठन लाग्दापछि थप सांगठनिक गतिविधि त्यस्तै व्यक्तिहरुबाट भएका उदाहरणहरु पनि छन् ।
एकातिर व्यक्तिको हक र हित सुरक्षा गर्ने विषय छ भने अर्कातिर संगठनभित्र घुसपैठ गर्ने र अन्तरध्वंश हुने विषयमा सचेत नभएरै अनेक समस्याहरु देखा परेका छन् । बोल्शेविक क्रान्तिमा पनि वर्गदुश्मन र पूँजीवादी तत्वहरु मजदुर आन्दोलन, सेना, गुप्तचर विभाग,प्रहरी, योजनाहरु, कलकारखाना, सहकारी संस्था, पार्टी र परराष्ट्र मन्त्रालयमा समेत घुसेर क्रान्तिविरोधी गतिविधि गरे । बाहिरी र देखिने शत्रुहरुभन्दा नदेखिने शत्रुहरुबाट समाजवादी बन्दोबस्तमा बढी क्षति भएको अनुभव गरिएको छ । विभिन्न देशका मजदुर र कम्युनिष्ट आन्दोलनको सफलता र असफलताको कसीमा घोटेर हेर्दा नेपालको कम्युनिष्ट आन्दोलन झन् कहालीलाग्दो अवस्थामा देखा पर्छ ।
यति सजिलैसित कुनै पनि देशमा कम्युनिष्टहरुलाई देशी र विदेशी प्रतिक्रियावादीहरुले सत्तामा पुग्न दिएका छन् । यसका दुई परिणाम देखिनेछ– पहिलो, इन्डोनेसिया, चिली र भारतको जस्तो परिणाम भोग्नुपर्नेछ ।  दोस्रो, सत्तामा पुगेका यी कम्युनिष्ट भन्नेहरु आफै कांग्रेस र पञ्चायती सामन्तहरुको रुपमा देखा पर्नेछन् । संसारका ठूल्ठूला देशी र विदेशी प्रतिक्रियावादीहरुसँग संघर्ष गरी सत्तामा पुगेकाहरु कालान्तरमा आफै शोषक वर्ग र शासक वर्ग बनेर पतन भई जनताको घृणा र विद्रोहबाट दुःखान्त भएका छन् । यसकारण आज ‘पाखुरा देखाएर’ वा असामाजिक काम गरेर जातीय अहंकारकै भरमा जनताको आलोचनालाई सुन्न तयार नहुने मपाइँ मार्केहरुले पछि पछुताउने र सुधार्ने अवसर पनि पाउनेछैनन् ।१० माघ २०७४

Leave a Reply

Your email address will not be published. Required fields are marked *