अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले २०८० मङ्सिर ९ गते ४३ औँ नेपालभाषा साहित्य तःमुंज्याको कार्यक्रममा इजरायली फासीवादद्वारा प्यालेस्टिनी जनताको नरसंहार र भूमि कब्जाको विरोध एवम् भत्र्सना गर्नुभएको थियो ।
पार्टीका सांसद प्रेम सुवालले २०८० असोज २४ गते पार्टीको कालीकोट जिल्ला समितिद्वारा आयोजित भेलामा प्यालेस्टिनीहरू आफ्नो भूमि रक्षाको लागि वर्षाैँदेखि लडिरहेको उल्लेख गर्दै इजरायलको यहुदीवादी सरकार नेतान्याहुले प्यालेस्टिनमा आक्रमण र नरसंहार रोक्नुपर्ने बताउनुभएको थियो ।
पार्टीका सांसदहरूले प्रतिनिधिसभा र प्रदेशसभामा पनि प्यालेस्टिनमा इजरायली आक्रमणको विरोध एवम् भत्र्सना गर्नुभएको थियो । प्यालेस्टिनी जनता र भूमिको पक्षमा नेपाल मजदुर किसान पार्टीले सडक र संसद्मा पहिलो पटक आवाज उठाएको हो ।
नेपाल मजदुर किसान पार्टी र यसको जनवर्गीय सङ्गठन नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले २०८० कार्तिक १७ (सन् २०२३ नोभेम्बर ३) गते दिउँसो १ः०० बजे काठमाडौँमा विशाल प्रदर्शन तथा सभा आयोजना गरेका थिए । काठमाडौँ रत्नपार्कबाट सुरु भएको विरोध जुलुस जमल–ठँहिटी–इन्द्रचोक–न्युरोड हुँदै रत्नपार्कमा पुगेर सभामा परिणत भएको थियो । सोही दिन नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले काठमाडाँैस्थित संरा अमेरिकी राजदूतावासमार्फत अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ज्ञापनपत्र बुझाएका थिए । काठमाडौँस्थित इजरायली राजदूतावासमार्फत इजरायली प्रम बेन्जामिन नेतान्याहुलाई ज्ञापनपत्र बुझाउन जाँदा इजरायली राजदूतावासले बुझ्न अस्वीकार गरेपछि इमेलमार्फत इजरायली प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर इजरायली फासीवादबाट प्यालेस्टिनी जनतामाथि भएको नरसंहारको विरोध गरेको थियो ।
नेपाल मजदुर किसान पार्टीले कालीकोट, जुम्ला, दैलेख, सुर्खेत, कैलाली, बाँके, बर्दिया, चितवन, भक्तपुर, ललितपुर, काठमाडौँ, काभ्रेलगायत जिल्लामा जनप्रदर्शन तथा सभाहरूको आयोजना गरेर इजरायली फासीवादको विरोध गरेको थियो । यो विरोध अहिले पनि भइरहेको छ ।
Leave a Reply