आदर्श आजाद माध्यमिक विद्यालयमा स्वागत कार्यक्रम
- कार्तिक २५, २०८२
भक्तपुर, १५ मङ्सिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ मावि भक्तपुर जिल्ला समितिको आयोजनामा वागीश्वरी मावि च्याम्हासिंहमा विद्यार्थी भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजूले सङ्गठनमा लागेर समाजको असल व्यक्ति हुन सफल भएका व्यक्तिहरूको उदाहरण दिँदै सङ्गठनमा लागेपछि पढाइ अझै राम्रो हुने बताउनुभयो ।
उहाँले सङ्गठनमा लाग्दा विद्यार्थीहरूले व्यवहारिक कुराहरू पनि सिक्नेछन् भन्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सचिव दिनेश खड्गीले विद्यार्थीहले सामूहिक भावना अँगालेर व्यक्तिवादी सोच त्याग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष बिलम सुवालले विद्यार्थीहरू नेक्राविसङ्घमा आबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
विद्यार्थी भेलाले सनम फैजुको अध्यक्षतामा रहेको नेक्राविसङ्घ मावि भक्तपुर जिल्ला समिति भङ्ग गरी सगुन धन्छाको संयोजकत्वमा नेक्राविसङ्घ १० औँ मावि भक्तपुर जिल्ला सम्मेलन तयारी समिति गठन ग¥यो । उक्त कार्यक्रममा कार्यक्रमका सभापति सनम फैजु, इम्पस सुवाल, सुजी ह्योंगोजूले पनि आफ्नो कुरा राख्नुभएको थियो ।
Leave a Reply