भर्खरै :

दौड प्रतियोगिता सम्पन्न : फूटसल सुरू

दौड प्रतियोगिता सम्पन्न : फूटसल सुरू

भक्तपुर, २१ असोज । ख्वप मा.वि., ख्वप कलेज र शारदा क्याम्पस मा.वि.मा अध्ययनरत विद्यार्थीबिच भएको दौड प्रतियोगिता बुधबार सम्पन्न भयो ।
छात्र ३००० मिटर प्रतियोगितामा विज्ञान १२ का मनिष लम्साल पहिलो, शिक्षाशास्त्र ११ का राजेस सुवेदी द्वितीय र व्यवस्थापन १२ का सुमित तमखु तृतीय भएका थिए ।
छात्रा १५०० मिटर प्रतियोगितामा विज्ञान ११ का अभिश्री खड्का प्रथम, विज्ञान ११ का स्मारिता खाइतु दोस्रो र विज्ञान ११ कै पृथुजा गोर्खाली तृतीय भएकी थिइन् ।
प्रतियोगितामा छात्रतर्फ ४६ जना र छात्रातर्फ १६ जनाले भाग लिएका थिए ।
त्यस्तै फुटसलको खेल बुधबारट सुरू भएको छ । ३५ समूहमा गरी ३५० जना विद्यार्थीले भाग लिएको फूटसलको पहिलो चरणका खेलहरू बुधबारबाट सुरू भएको छ, बिहीबार पहिलो चरणका बाँकी खेलहरू बिहान १०ः०० बजेबाट सञ्चालन हुनेछन् । फूटसल प्रतियोगिता हेल्थी फूटसल इटबू, सिपाडोलमा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *