भर्खरै :

महोत्सव प्रचारार्थ वडा नं. ७ मा सफाइ कार्यक्रम

महोत्सव प्रचारार्थ वडा नं. ७ मा सफाइ कार्यक्रम

भक्तपुर, १५ मङ्सिर । यही मङ्सिर २८ देखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सव सफल पार्न भक्तपुर नगरपालिका वडा नं. ७ कार्यालयको आयोजनामा शनिबार सरसफाइ कार्यक्रम भयो ।
हनुमानघाट परोपकारबाट सुरु भएको सफाइ कार्यक्रम खँचा, वाचुत्व, इनाचो, चोर्चा, पलिखेल हुँदै यातामा पुगी समापन भएको थियो । सफाइ कार्यक्रममा विद्यालय, सहकारी, टीम, क्लवका व्यक्तिहरू, किसान, मजदुर, महिला, युवा, विद्यार्थी, कर्मचारी आदि सहभागी भएका थिए ।
समापन समारोहमा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर महोत्सवको तयारी र आकर्षणबारे जानकारी दिँदै आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न आग्रह गर्नुभयो ।
यहाँका नाचगान, बाजागाजा, कला, संस्कृति, सीप, हस्तकला, घरेलु उद्योग प्रदर्शन हुने भक्तपुर महोत्सवलाई सफल पार्न आग्रह गर्दै उहाँले भनपाले जनजीविकाको सवालमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
भनपा वडा नं. ७ का वडा सदस्य हेरा ख्याजुले भक्तपुर नगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउन हाम्रा अग्रजहरूले सरसफाइ अभियान सुरु गरेको स्मरण गराउनुभयो ।
वडाका अर्का सदस्य हरिरत्न गोर्खालीले भक्तपुरलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न यहाँको कला, संस्कृति र सम्पदा संरक्षण गर्नुपर्ने आवश्यकताबारे औँल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *