समयमै कम्पनी अध्यावधिक गरौँ, नत्र तिर्न पर्ला जरिवाना चर्को
- कार्तिक २५, २०८२

एउटा सानो सहरमा सुरेश र महेश नामका दुई दाजुभाइले आफ्नो बुबाबाट राम्रै पुग्दो जमिन पाएका थिए । सुरेश सोझा थिए भने महेश लोभी र इष्र्यालु थिए । महेशको यो बानी एकजना धुर्त वकिललाई थाहा हुन्छ । द्वेषले प्रेरित महेशलाई धूर्त वकिलले उचाल्दै भन्छ, “मसँग एउटा प्रमाण छ जसअनुसार तिम्रो बाउको सम्पत्ति सबै तिम्रो हुनेछ । म तिम्रो तर्फबाट मुद्दा लड्छु । खर्च सबै म व्यहोर्छु तर मुद्दा जितेपछि सानो एक टुक्रा जमिन मलाई पनि चाहिन्छ ।” लोभी महेश सबै जमिन आफ्नो हुने कल्पनामा अन्धो भएर धूर्त वकिलको प्रस्ताव मान्छ । वकिलको सहयोगमा महेशले एउटा कुटिल कथा बनाउँछ जसमा उसले जग्गाको एकमात्र स्वामित्व दाबी गर्छ । वकिलले उनको तर्फबाट मुद्दा लड्छ । खुराफाती वकिलले चतुर योजना बनाउँछ, झूटा प्रमाणहरू पेस गर्छ र महेशको मुद्दालाई बलियो बनाउन अनेक कुतर्कहरू पेस गर्छ । अदालतमा उनको तर्कले सुरेशलाई केही पनि दिनु नपर्ने सबै जमिन महेश पाउने फैसला हुन्छ । तर, धूर्त वकिलको वास्तविक चाल चाँडै खुल्यो । धूर्त वकिलले सहमति भएको सानो एक टुक्रा जमिनको नाममा सडकतिर मोहडाको सबै जग्गा मागे । नदिए षड्यन्त्रको पोल खोलिदिने र मुद्दा हाल्ने धम्की दिएपछि महेश सहमत भए । महेशले आफ्नै भाइमाथि षड्यन्त्र गर्दा आफ्नो जग्गा बाटोविहीन भएर करोडौँको जग्गा लुटिएको पछि चाल पाए । यो काल्पनिक कथाको घटना हाम्रो समाजमा मात्र होइन रुस–युक्रेन युद्धमा पनि हुबहु मिल्न आएको छ ।
युक्रेनमा रहेको अथाह प्राकृतिक स्रोतहरूमा आँखा गाडेका अमेरिका र पश्चिमाहरूले तत्कालीन सोभियत सङ्घसँग छुट्टिएदेखि नै युक्रेनलाई रुससँग द्वन्द्व गराउन भित्रभित्रै आगोको झिल्का लगाएर हावा दिँदै थिए । अन्ततः सन् २०२२ मा आगोको झिल्का मुस्लोमा परिणत भयो । माथिको कथाको पात्र धूर्त वकिलले जस्तै पैसा र हतियार युक्रेनलाई दिएर युद्ध गराउने र युद्धपछि युक्रेनको अपार प्राकृतिक स्रोत हडप्ने अमेरिका, फ्रान्स र बेलायतको चाल भएको हालसालै खुल्न आएको छ । विनासकाले विपरीत बुद्धि ! बरु अरुले खाओस् आफ्नै भाइ बर्बाद होस् भने पाराको कुबुद्धि भएको मान्छेजस्तै युक्रेनी नेता जेलेन्स्कीले खुलमखुला भने, “पश्चिमी मुलुक युक्रेनमा आएर रुससँग लडनू । जितेपछि झन्डै क्यानाडा र न्युजिल्यान्डको कुल गार्हस्थ उत्पादनभन्दा बढी १०० खर्ब डलरको युक्रेनको अपार प्राकृतिक स्रोत लैजानू ।”
युक्रेनको धेरैजसो प्राकृतिक स्रोतहरू जापोरिझिया, लुहान्स्क, खेरसन र डोनेट्स्क क्षेत्रमा केन्द्रित छन्, जुन चलिरहेको द्वन्द्वको क्रममा रुसले आंशिक वा पूर्णरूपमा कब्जा गरेको छ । यी स्रोत–सम्पन्न क्षेत्रहरू त्याग्नु पर्दा युक्रेनको आर्थिक र औद्योगिक सम्भावनालाई उल्लेखनीय रूपमा बाधा पु¥याउँछ । यसबाट यी क्षेत्रहरू किन द्वन्द्वको केन्द्रमा छन् भनेर पनि बुझ्न सजिलो हुन्छ । किनकि, तिनीहरूमाथिको नियन्त्रण आर्थिक र रणनीतिक दुवै महत्वपूर्ण छ ।
युक्रेनलाई लोकतान्त्रिक र स्थिर राज्यको रूपमा फस्टाउने कुरा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायको उद्देश्य भनेर पश्चिमा मुलुकले भनिरहनुको पछाडिको कारण युक्रेनको प्राकृतिक स्रोत साधन नै हो । पश्चिमा देशहरू युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई अन्तर्राष्ट्रिय कानुनको आधारशिलाको रूपमा हेर्ने बहानामात्र हो, मुख्य कारण युक्रेनको अथाह प्राकृतिक स्रोत रहेछ । यदि युक्रेनले स्थायीरूपमा यी स्रोत–सम्पन्न क्षेत्रहरू गुमाउनुप¥यो भने पश्चिमाहरूले युक्रेनलाई टेरपुच्छर पनि लगाउने छैनन् । रुसले यी चार प्रान्तमा २०२२ मा जनमतसङ्ग्रह गराएर जनताबाट अनुमोदन भएपछि रुसमा बिलय भएको घोषणा गरिसकेको छ । रुसमा गाभिएको भनिएको यी ४ प्रदेशमा रहेको प्राकृतिक स्रोत तथा साधन वास्तवमै लोभलाग्दो खालकै छ ।
डोनेट्स्क ओब्लास्ट
डोनेट्स्क डोनबास क्षेत्रको हिस्सा हो, जुन युरोपको सबैभन्दा ठुलो कोइला खानीहरूमध्ये एक हो । यस क्षेत्रमा स्टील उत्पादनमा प्रयोग हुने कोकिङ कोल र थर्मल कोइला दुवैका व्यापक भण्डार छन् । साथै, धातु उद्योगलाई आवश्यक कच्चा पदार्थ उपलब्ध गराउने फलाम र अयस्क महत्वपूर्ण भण्डारहरू यहाँ छन् । डोनेट्स्क क्षेत्र इस्पात उत्पादन, भारी मेसिनरी र रसायन निर्माणको लागि एक प्रमुख औद्योगिक केन्द्रका रूपमा पनि परिचित छ ।
लुहान्स्क ओब्लास्ट
डोनेट्स्कजस्तै लुहान्स्क ओब्लास्ट पनि डोनबास कोइलाको स्रोतमा धनी छ । यस क्षेत्रमा प्राकृतिक ग्यासका महत्वपूर्ण भण्डारहरू छन्, यद्यपि पूर्वाधारको सीमितताका कारण यसको पूर्ण उपयोग हुन सकेको छैन । लुहान्स्क ठुला नुन खानीहरूको लागि पनि परिचित छ । यो क्षेत्रले इन्जिनियरिङ, मेसिन निर्माण र ऊर्जा उत्पादनका लागि एक प्रमुख औद्योगिक केन्द्रका रूपमा ख्याति प्राप्त गरेको छ ।
जापोरिझिया ओब्लास्ट
जापोरिझिया क्षेत्र फलाम अयस्कको प्रशस्त भण्डारले धनी छ, जसले युक्रेनको इस्पात उद्योगलाई सहयोग पु¥याउँछ । युरोपको सबैभन्दा ठुलो परमाणु ऊर्जा प्लान्ट अवस्थित रहेको यो क्षेत्र आणविक ऊर्जा उत्पादनको लागि महत्वपूर्ण छ । टाइटेनियम र जिरकोनियमका भण्डारका कारण यो क्षेत्र एयरोस्पेस र औद्योगिक अनुप्रयोगहरूको लागि महत्वपूर्ण स्रोत हो । साथै, नीपर नदी जलविद्युत् प्लान्टहरूको लागि महत्वपूर्ण छ ।
खेरसन ओब्लास्ट
खेरसन ओब्लास्ट खनिज स्रोतहरूको तुलनामा उर्वर भूमिको लागि बढी परिचित छ । यहाँको विशाल उर्वर भूमिले यसलाई अन्न, तरकारी र सूर्यमुखी तेल उत्पादनमा महत्वपूर्ण कृषि क्षेत्र बनाएको छ । यस क्षेत्रको सिँचाइ र पानी आपूर्तिको लागि उत्तरी क्रिमियन नहरमा निर्भरता रहेको छ, जसले छिमेकी क्षेत्रको कृषिमा पनि सहयोग पु¥याउँछ । खेरसनको काला सागर तटीय क्षेत्रमा सम्भावित तेल र प्राकृतिक ग्यासका भण्डारहरू छन् ।
यी क्षेत्रहरू गुमाउँदा निःसन्देह युक्रेनलाई आर्थिक र रणनीतिक रूपमा कमजोर बनाउनेछ । यसले युक्रेनको विश्वव्यापी महत्वलाई घटाउनेछ । स्वाभाविकरूपमा युक्रेनका जनताका लागि यी क्षेत्रहरू गुमाउनु पर्दा धेरै पीडादायी हुनेछ । गलत नेताको छनोटले हुने विश्वासघातबाट पुस्तौ दरपुस्ताँैसम्म पीडा भोग्नुपर्ने पाठ हामी नेपालीहरूले पनि सिक्नुपर्छ । हाम्रै देशको प्राकृतिक स्रोतमाथि धेरै मुलुकको गिद्दे नजर परेको छ । त्यसैले जनताले नेता छान्दा लहैलहै वा आवेगमा आएर निर्णय गर्नु हुँदैन ।
(विभिन्न समाचार एजेन्सीको सहयोगमा)
Leave a Reply