तःमुंज्याको सांस्कृतिक तथा साहित्यिक समिति गठन
- भाद्र ३, २०८३
स्थानीय तहको उपनिर्वाचन आज आइतबार हुँदै छ । ४४ पद रिक्त भएकोमा तीन पदमा निर्विरोध निर्वाचित भइसकेको हुँदा आज एक नगर प्रमुखसहित ४१ पदमा निर्वाचन हुँदै छ । निर्वाचनको लागि निर्वाचन आयोगले आवश्यक सबै व्यवस्था गरिसकेको जनाएको छ । मतदान केन्द्रमा सुरक्षा व्यवस्था गरिसकेको छ । मतदाताहरूलाई निर्धारित समयभित्र मतदान गर्न निर्वाचन आयोग र राजनीतिक दलहरूले आग्रह गरिसकेका छन् । निर्वाचन निष्पक्ष, शान्तिपूर्ण हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्ने व्यक्तिहरूलाई कारबाहीको आवश्यक प्रक्रिया अघि बढाउन मतदान केन्द्रमा निर्वाचन आयोगको टोलीको व्यवस्था गर्न आवश्यक छ । अनुगमन टोली एकछिन मतदान केन्द्र हेर्न र फोटो खिच्ने काममा मात्र सीमित हुन नहुने राजनीतिक विश्लेषकहरूको अभिमत छ । निर्वाचन आयोगले आचारसंहिताविपरीत प्रचार गरेको उजुरीको आधारमा कीर्तिपुर नपाका मेयर पदका उम्मेदवारहरू राजमान महर्जन (स्वतन्त्र), शिवशरण महर्जन (एकीकृत समाजवादी), रोजिना श्रेष्ठ (रास्वपा), सम शाक्य (स्वतन्त्र), पशुपति कठायत (स्वतन्त्र) लाई २४ घण्टे स्पष्टीकरण सोधेको सञ्चारमाध्यममा आएको छ ।
निर्वाचन स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण हुनुपर्छ । निर्वाचनमा कुनै पनि दलका उम्मेदवारले धाँधली गर्न पाउँदैन । सबै मतदाताले आ–आफ्नो अमूल्य मत आफूले रोजेको या मन पराएका दलका उम्मेदवारलाई राख्नु आफ्नो अधिकार हो । आफ्नो मतदान कसैको लोभलालचमा गर्नु हुँदैन । कसैको धाकधम्की र पैसामा आफ्नो मत दिनुहुँदैन । जनताले देश र जनताको सेवा गर्ने दलका उम्मेदवारलाई छान्नुपर्छ । गलत व्यक्ति निर्वाचित भएमा गलत काम गरिनेछ । इमानपूर्वक जनताको सेवा गर्ने निःस्वार्थी व्यक्ति जनताले रोज्नुपर्छ । आर्थिक अनियमितता गर्ने, घुस खाने, विकासको रकम चुहावट गर्ने व्यक्तिलाई जनताले रोज्नुहुँदैन । निर्वाचनको बेला पैसा बाँड्ने, भोज खुवाउने, सामान बाँड्ने दलका उम्मेदवारलाई मतदाताले मतदान गर्नुहुँदैन । पशुपन्छीको जस्तै मोलमोलाइ गरेर जनताको अमूल्य मत किन्ने, आफ्नो पक्षमा राख्न दबाब दिने दल र दलका उम्मेदवारहरू चिन्नुपर्छ । जनताको सेवा र हितभन्दा जनतालाई दुःख दिने, दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्ने दल र दलका उम्मेदवारहरू चिनेर हराउनुपर्छ । अनि मात्र आफ्नो मतको सार हुन्छ ।
निर्वाचनमा हारजित स्वाभाविक हो । निर्वाचन पनि सैद्धान्तिक र वैचारिक सङ्घर्ष गर्ने एक माध्यम हो । हरेक राजनीतिक दलले आफ्नो दलको सिद्धान्त र विचार जनतामाझ पु¥याउने माध्यम हो निर्वाचन । जनताले कुन दलको के सिद्धान्त र विचार हो बुझ्नुपर्छ र सचेत हुनुपर्छ । निर्वाचन देश विदेशको हालको वस्तुस्थितिबारे जनताको घर आँगनमा पु¥याउने र बुझाउने अवसर हो । कुन दलले कुन वर्गका जनताको सेवा गरिरहेको छ, त्यो जनताले बुझ्नैपर्छ । सिद्धान्त र विचार बुझेर हामीले आफ्नो अमूल्य मत प्रयोग गर्नुपर्छ । आफ्नो अमूल्य मत कसैको दबाब धम्की र प्रलोभनमा होइन देश र जनताको पक्षमा आवाज उठाइरहेको दल र दलका उम्मेदवारलाई दिनुपर्छ । सोझा सीधा नेपाली जनतालाई दलका नेता, कार्यकर्ताहरूले अनेक छलछाम गरेर आफ्नो पक्षमा लिएका हुन्छन्; मिठामिठा आश्वासन बाँडेर, झूटको खेती गरेर आफ्नो पक्षमा लिएका हुन्छन् । उनीहरू जसरी भए पनि जित्नका लागि साम, दाम, दण्ड र भेदको नीति अँगाल्छन् । यसतर्फ सबै मतदाता सचेत र गम्भीर हुनुपर्छ । सही उम्मेदवार छान्नुपर्छ । गलत मनसायका व्यक्तिलाई हराउनुपर्छ । यसले देश र जनताको लागि सहयोग गर्छ । अतः मतदान गराँै, सही उम्मेदवार छानौँ ।
Leave a Reply