रातो झन्डा खसाल्ने पुँजीवादी कम्युनिस्टहरूदेखि नेपाली जनता सचेत हुनुपर्ने
- कार्तिक २५, २०८२

सामाज्यवादी अमेरिकाले विश्वमा आफ्नो प्रभुत्व कायम राख्न अनेक षड्यन्त्र गर्दै आएको इतिहास छ । १९५० को दशकमा कम्युनिस्ट आन्दोलनलाई दबाएर फिलिपिन्सलाई मुठ्ठीमा राख्न संयुक्त राज्य अमेरिकाले आफ्नो आज्ञापालक रेमन म्याग्सेसेलाई कसरी प्रयोग ग¥यो र आफ्नो हरेक निर्देशन पालना गर्ने म्याग्सेसेको नाममा पुरस्कारकोे बन्दोबस्त गरेर एसियाली देशका विद्वानहरूलाई कसरी आफ्नो कठपुतली बनाउँदै छ भन्ने बुझ्नु सान्दर्भिक हुनेछ । फिलिपिन्सलाई कम्युनिस्ट विद्रोहको लामो इतिहास भएको एसियाली मुलुक मानिन्छ । जहाँ क्रान्तिकारीहरू अझै लड्दै छन् ।
को हुन् रेमन म्याग्सेसे (Ramon Del Fierro Magsaysay)
म्याग्सेसेको जन्म १९०७ अगस्ट ३१ मा फिलिपिन्सको जाम्बालेस प्रान्तस्थित इबा (Iba) भन्ने ठाउँमा भएको थियो । म्याग्सेसे फिलिपिन्सका तागालोग, भिसायन, स्पेनिश र चिनिया मिश्रित मूलका व्यक्ति हुन् । सन् १९२७ मा म्याग्सेसे फिलिपिन्स विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङ कोर्समा भर्ना भए । पछि १९२८ देखि १९३२ सम्म जोसे रिजाल कलेज (हाल जोसे रिजाल विश्वविद्यालय Jose Rizal University) मा वाणिज्य शास्त्र पढ्न गए । उनले त्यहाँबाट वाणिज्य शास्त्रमा स्नातक उपाधि प्राप्त गरे । त्यसपछि एउटा बस कम्पनीको निम्ति अटोमोवाइल मेकानिकको रूपमा काम गरे । उनी पेशाले एक अटोमोवाइल मेकानिक थिए ।
दोस्रो विश्वयुद्ध सुरु हुँदा उनी फिलिपिनी सेनाको ३१ औँ पैदल सैन्य डिभिजनमा भर्ना भए । १९४५ जनवरी २९ मा अमेरिकी सेना फिलिपिन्स पुग्नुभन्दा पहिले उनले जाम्बालेस छापामारहरूको नेतृत्व गरेर अमेरिकी सेनाको लागि सान मार्सेलिनो (San Marcelino) हवाई अड्डा सुरक्षित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे । त्यहाँ ३५ हजार अमेरिकी सेना अवतरण ग¥यो । फिलिपिन्स पुनः अमेरिकाको कब्जामा गयो । अमेरिकालाई खुशी पारेपछि उनी सन् १९४५ मा जाम्बालेसको सैन्य गभर्नर बने ।
१९४६ अप्रिल २२ मा म्याग्सेसे लिवरल पार्टीअन्तर्गत फिलिपिन्सको प्रतिनिधिसभामा निर्वाचित भए । सन् १९४९ मा जाम्बालेस प्रदेशबाट प्रनिनिधिसभा सदस्य पनि चुनीए । उनी फिलिपिन्सका सातौँ राष्ट्रपति (सन् १९५३ देखि १९५७ उनको मृत्यु नभएसम्म) बने । सन् १९५७ मार्च १७ मा फिलिपिन्सको सेबु (Cebu) भन्ने ठाउँमा एक विमान दुर्घटनामा उनको मृत्यु भयो ।
हुकबालाहाप (Hukbalahap) र दमन
१९४२ मा जापानी कब्जाको प्रतिरोध गर्न फिलिपिनी कम्युनिस्ट पार्टीले फिलिपिन्सको मध्य लुजोन (Central Luzon) मा किसानहरूलाई समेटेर हुक छापामार सेना गठन गरेको थियो । यसले जापानी कब्जाकारीविरुद्ध छापामार युद्ध लड्यो । हुकहरूको प्रमुख राजनीतिक एजेन्डा भूमिसुधार थियो । अर्को औद्योगिकीकरण गर्नु पनि थियो । यो अमेरिकी उद्योगहरूलाई फिलिपिन्समा हालीमुहाली गराउने बाटोमा तगारोजस्तै बन्यो । हुकहरूको आन्दोलन फिलिपिन्सको नवऔपनिवेशिक अवस्था र अमेरिकी प्रभावको निम्ति खतरा थियो । वासिङटनलाई लाग्यो, यदि हुकहरूको बढ्दो प्रभावलाई नियन्त्रण नगरिए फिलिपिन्समा कम्युनिस्ट शासन स्थापना हुन्छ र त्यसको प्रभाव विश्वस्तरमा पर्छ । यसकारण, सन् १९४५ तिर जापानविरुद्ध प्रतिरोध युद्ध लडिरहेको Hukbalahap जनसेनाविरुद्ध अमेरिकी सेनाले धरपकड सुरु ग¥यो । अमेरिकी सेनाले पनि फिलिपिनी सेनालाई मिलाएर एउटा छापामार सेना गठन ग¥यो । दोस्रो विश्वयुद्ध समाप्त भएको ४ महिनापछि १९४५ को अन्त्यसम्ममा संरा अमेरिकाले शीतयुद्धको लागि ५० हजार फिलिपिनी सैनिकहरूको फौजलाई तालिम दिँदै तयार पार्न थाल्यो । त्यसपछि हुक सेनालाई निःशस्त्र पार्ने, हुकहरूले स्थापना गरेको स्थानीय सरकारलाई आक्रमण गर्ने, विघटन गर्ने, पक्राउ गर्ने, थुन्नेजस्ता गतिविधि ग¥यो । अमेरिकी सेनाले हुक छापामारहरूको किसानहरूसँगको सम्बन्ध छुटाउन अनेक झुटा प्रचार सुरु ग¥यो । फिलिपिन्समा बाँकी रहेका जापानी सेनालाई पनि हुकविरुद्ध प्रयोग ग¥यो । फिलिपिन्सका सामन्त, जग्गाधनी, ठूला सम्पत्ति मालिक, प्रहरी अधिकारीहरूलाई कम्युनिस्ट र किसानविरोधी गतिविधि गर्न उक्सायो ।
१९४६ अप्रिलमा भएको राष्ट्रिय चुनावमा हुक समर्थक केही प्रतिनिधिहरूले निर्वाचन जिते । तर, उनीहरूलाई निर्वाचित पदमा बसेर काम गर्न दिइएन । चुनावी प्रक्रियाको अवमूल्यनपछि सेना, प्रहरी, जमिनदार, गुण्डाका समूहहरूले किसानविरुद्ध क्रुर दमनचक्र चलाए । किसानका गाउँहरू ध्वस्त पारिए । ५०० भन्दा बढी किसान र उनीहरूका नेताहरूलाई मारियो, हजारौँलाई जेलमा थुनियो ।
सिआइएको निर्देशनअनुसार म्याग्सेसेको कम्युनिस्टविरोधी गतिविधि
सन् १९५० को सुरुमा म्याग्सेसेले फिलिपिन्सका तत्कालीन राष्ट्रपति एल्पिडियो क्विरिनो (Elpidio Quirino) लाई छापामार शैलीमै कम्युनिस्ट छापामारहरूसँग लड्ने योजना प्रस्ताव गरे । राष्ट्रपति क्विरिनोले आफूसँग अर्को विकल्प नभएको हुँदा म्याग्सेसेको प्रस्तावलाई स्वीकार गरे । राष्ट्रपति क्विरिनोले सन् १९५० को सेप्टेम्बरमा म्याग्सेसेलाई रक्षा सचिव नियुक्त गरे । त्यसपछि म्याग्सेसेले हुकबालाहाप (Hukbalahap) गुरिल्लाविरुद्धको अभियानलाई तिब्र पारे । यसमा उनलाई अमेरिकाको CIA बाट प्रत्यक्ष सहयोग प्राप्त भयो । रक्षा सचिवको हैसियतमा म्याग्सेसेले पहिलो काम कम्युनिस्ट विद्रोहीविरुद्ध लड्ने सेनालाई बलियो बनाए । सेनाको मनोबल बढाउने र लड्ने क्षमता वृद्धि गर्ने उपाय अपनाए । सेनाको पदोन्नति गर्ने, लड्दा लड्दै मर्ने सेनाको परिवारलाई क्षतिपूर्ति दिने, कम्युनिस्ट छापामार मार्ने सेनालाई पुरस्कार दिने, प्रोत्साहन गर्ने, कम्युनिस्ट गतिविधिको गोप्य सूचना दिनेलाई नगद पुरस्कार दिनेजस्ता क्रियाकलाप अगाडि बढाए । साथसाथै कम्युनिस्टविरोधी अभियानको निम्ति उनले राष्ट्रपतिलाई बन्दी प्रत्यक्षीकरण (Habeus Corpus) को रिट नै नलाग्ने गरी खारेज गर्न मनाए । यसले फिलिपिन्सको प्रतिक्रियावादी सरकारलाई कम्युनिस्ट छापामारविरुद्ध कानुनी रूपले अभियोजन दर्ता गरी आवश्यक कारबाही गर्ने पर्याप्त अवसर प्रदान ग¥यो ।
प्रचार युद्ध
सिआईले म्याग्सेसेलाई कम्युनिस्ट विरोधी रणनीति, परियोजनाहरूको नक्साङ्कन र कार्यान्वयनको निम्ति आवश्यक सल्लाह सुझाव दिए । म्याग्सेसेको कार्यकालमा अमेरिकी विज्ञहरूको सल्लाहअनुसार मनोवैज्ञानिक युद्ध सञ्चालनका विभागहरू सञ्चालन गरिए । जहाँ फिलिपिनी प्रतिक्रियावादीहरूलाई किसान छापामारहरूसँग लड्ने नयाँ नयाँ विधि र तरिकाहरू सिकाइए । जसमध्ये प्रचारयुद्ध पनि एक थियो । सञ्चारमाध्यममार्फत फिलिपिनी युवा–विद्यार्थी तथा सर्वसाधारण जनताको दिमागमा व्यापक रूपले कम्युनिस्ट विरोधी विचार भर्ने काम भयो । कम्युनिस्टविरोधी साहित्यको प्रचार तिब्र पारियो । साथसाथै कम्युनिस्ट छापामारहरूलाई आत्मसमर्पणको निम्ति आह्वान गरियो । आत्मसमर्पण गरे सुरक्षा दिने र बसोबासको व्यवस्था गरिदिने प्रचार पनि सञ्चारमाध्यमबाट गरियो ।
प्राकृतिक स्रोत–साधन कब्जा
अमेरिकाको निर्देशनअनुसार फिलिपिनी सरकारले विवादित अमेरिकी व्यापार ऐन (Bell Trade Act 1946) लाई फिलिपिनी काङ्ग्रेसबाट पारित गराउन सफल भयो । यसले अमेरिकालाई फिलिपिन्सका प्राकृतिक स्रोत र यसको सार्वजनिक उपयोगिताको विशेषाधिकार प्राप्त भयो । त्यस्तै ९९ वर्षसम्मको लागि भएको १९४७ मार्च १४ को (Agreement Concerning Military Bases, Manila) र १९४७ मार्च २१ को (Agreement On Military Assistance To The Philippines) सम्झौताले अमेरिकालाई फिलिपिन्समा २३ वटा सैन्य अखडा स्थापना गर्ने ठाउँ उपलब्ध गरायो । यो सम्झौताले अमेरिकी सैन्य अधिकारीहरूले अपराध गरे पनि मुद्दा चलाउन नसकिने बनायो । कुनै पनि अमेरिकी सैन्य अधिकारी तथा अमेरिकी नागरिकले फिलिपिन्समा कुनै पनि किसिमको कर तिर्नु नपर्ने बनायो । फिलिपिन्समा रहेका प्राकृतिक स्रोत–साधन अमेरिकाको स्वीकृतिबिना तेस्रो पक्षलाई दिन नपाउने भयो । यो सम्झौताले फिलिपिन्स सरकारलाई अमेरिकाको स्वीकृतिबिना अन्य कुनै पनि देशबाट हतियार खरिद गर्न नपाउने अवस्थामा पु¥यायो । यसले फिलिपिनी सेनालाई पूर्णरूपले अमेरिकी सेनामा निर्भर गरायो ।
अन्धविश्वासमा खेलेर हुक छापामारलाई कमजोर पारियो
सन् १९५० को सुरुआतसम्ममा अमेरिकाले फिलिपिन्सलाई २०० मिलियन डलरभन्दा बढीको
सैन्य उपकरणप्रदान ग¥यो । अमेरिकी सैन्य सल्लाहकार समूह (Jus-Mac) ले फिलिपिन्सको गुप्तचर क्षमता र रक्षा विभागलाई पुनर्गठन ग¥यो । त्यसपछि कम्युनिस्टविरुद्ध ‘खोज र नष्ट गर’ (Search and Destroy) अभियान चलायो । प्रतिवद्ध कम्युनिस्ट छापामार सेनालाई बल प्रयोग गरेर मात्र जित्न नसकिने बुझेको सिआईएले फिलिपिन्समा सञ्चारमाध्यम र छलको व्यापक प्रयोग ग¥यो । सिआईएका अधिकारीहरूले गाउँका मानिसहरूमा भएको अन्धविश्वास तथा समाजमा प्रचलित मिथकबारे सूक्ष्म अध्ययन गरे । त्यही अनुसार उनीहरूले मनौवैज्ञानिक युद्ध सञ्चालन गर्ने रणनीति तयार पारे । गाउँलेलाई भूत प्रेतको डर देखाइयो ।
सिआईएका अधिकारीहरूले फिलिपिन्सका गाउँमा रहने विश्वास गरिएका एक राक्षस ‘अस्वाङ’ (Aswang) को प्रचार गरेर हुक छापामारप्रति सहानुभूति राख्ने गाउँलेहरूमा अफवाह फैलाउने काम गरे । हुक छापामारहरू रहने एउटा गाउँको पहाडमा ‘अस्वाङ’ राक्षस बस्छ भन्ने हल्ला चलाइयो । दुई रातपछि हुक छापामार र हुकप्रति सहानुभूति राख्नेहरू त्यो गाउँको पहाडतर्फ लागे । अमेरिकी सेनाले त्यहाँ Ambush थापेका थिए । जब हुक समूह अगाडि गएपछि लुकेर बसेका आक्रमणकारीहरूले अन्तिममा आएको मानिसलाई समाते । उनीहरूले उक्त मानिसलाई राक्षसी शैलीमा घाँटीमा दुईवटा प्वाल पारेर रगाताम्ये पारेर बाटोमा छाडिदिए । भोलिपल्ट घाँटीमा प्वाल परेर मरेको मान्छे देखेपछि हुक समर्थक र सोझा गाउँलेहरू ‘राक्षसले मान्छे मा¥यो’ भनी डराएर भागे । पुरै गाउँ त्रसित बन्यो । अब पहाडतिर जाने आँट सर्वसाधारण गाउँलेले गरेनन् । यसले हुक छापामारहरूको रसद पानी तथा नियमित गतिविधि कमजोर बनायो । अर्को हुकको भेषमा सरकारी सैनिकहरू गाउँमा गएर उपद्रव मच्चाउने काम गरे । जसले फिलिपिन्सका जनतामा हुकहरूप्रतिको विश्वास कमजोर हुन पुग्यो ।
रेमन म्याग्सेसे पुरस्कार –(Ramon Magsaysay award)
रेमन म्याग्सेसे फिलिपिन्सका क्रान्तिकारीहरू, कम्युनिस्ट समर्थक किसानहरूको कत्लेआम गर्ने सिआईएद्वारा प्रशिक्षित व्यक्ति हुन् । फिलिपिन्समा अमेरिकी कब्जाकारीलाई स्थापित गर्ने काममा उनको ठूलो भूमिका रह्यो । यही गुन तिर्न अमेरिकाले फिलिपिन्सका सातौँ राष्ट्रपति रेमन म्याग्सेसेको नाममा पुरस्कारको बन्दोबस्त गरेको हो । अमेरिकाको न्युयोर्क सिटीमा Rockfeller Brothers Fund का सञ्चालकहरू (Trustees) ले अप्रिल १९५७ मा रेमन म्याग्सेसे पुरस्कार स्थापना गरेका हुन् । यसलाई ‘एसियाको नोवेल पुरस्कार’ (Nobel Prize) पनि भनियो । यो पुरस्कार विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गर्ने एसियाली व्यक्तिहरूलाई दिइने भनिन्छ । तर, यो पुरस्कार एसियामा शान्ति खल्बलाएर ध्वंस निम्त्याउने कथित अमेरिकी प्रजातन्त्रलाई बढावा गर्ने उपकरण मात्र हो । यसको माध्यमबाट अमेरिकाले एसियामा नयाँ नयाँ कठपुतली तयार पार्दै छ । नेपालमा सन् १९७७ मा महेशचन्द्र रेग्मी, २००२ मा भरत कोइराला, २००६ मा सन्दुक रुइत, २००७ मा महावीर पुन र २०१३ मा महिला बेचविखनविरुद्ध काम गर्दै आएको ‘शक्ति समूह’ नामक संस्थाले रेमन म्याग्सेसे पुरस्कार पाएका छन् । नेपाली जनता सचेत हुनु जरुरी छ ।
सन्दर्भ सामग्री
GOVPH, Ramon F. Magsaysay: From Anti-Communist Fighter to Warrior Against Poverty, 2012 September 5, Ma. Cielito G. Reyno
Following the Red Star: Tracking the Communist Rebellian in the Philippines. Crisis Group, 2024 November 18, Georgi Engelbrecht
Wikipedia, Ramon Magsaysay
Killing Hope, US Military and CIA Interventions Since World WarII– William Blum
Agreement Concerning Military Bases, Manila-14 March 1947
Agreement On Military Assistance To The Philippines-21 March 1947
२०८२ कार्तिक २३ गते
Leave a Reply