भर्खरै :

यो महिला सशक्तीकरणको नयाँ युग हो : पेइचिङ रिभ्यू

यो महिला सशक्तीकरणको नयाँ युग हो : पेइचिङ रिभ्यू

आजभन्दा तीस वर्षअघि महिला अधिकारसम्बन्धी चौथो विश्व सम्मेलन पेइचिङमा आयोजना गरिएको थियो । सम्मेलनमा १८९ देश तथा क्षेत्रहरूको सहभागिता र सहमतिले “पेइचिङ घोषणा तथा कार्ययोजना” स्वीकृत भएको थियो । त्यसलाई आज पनि महिला सशक्तीकरणको आधारस्तम्भ अर्थात् लैङ्गिक समानताका लागि प्रमुख नीतिगत दस्तावेज मानिन्छ । घोषणापत्रभित्र गरिबी निवारण, शिक्षा, स्वास्थ्य, र महिलामाथि हुने हिंसालगायत १२ वटा महत्वपूर्ण क्षेत्रमा महिलाको प्रगतिका लागि रणनीतिक उद्देश्य र कार्ययोजना तय छन् ।
त्यस ऐतिहासिक सहमति स्मरण गर्न यही अक्टोबर १३ देखि १४ सम्म पेइचिङमा “ग्लोबल लिडर्स मिटिङ अन विमेन” आयोजना गरियो । यस बैठकमा ११० भन्दा बढी देश तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट ८०० भन्दा बढी उच्चस्तरीय प्रतिनिधिले सहभागिता जनाए । सहभागीहरूमध्ये २० जना राष्ट्र वा सरकार प्रमुख, सांसदहरू, उप–प्रधानमन्त्री स्तरका अधिकारी तथा अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरूसमेत थिए । “एक साझा भविष्य : महिलाको सर्वाङ्गीण विकासका लागि नयाँ र तीव्र प्रक्रिया” भन्ने मूल नारासहित सबै सहभागीहरूले लैङ्गिक समानताप्रति आफ्नो प्रतिबद्धता पुनः अभिव्यक्त गरे । UNESCO की पूर्व महानिर्देशक इरिना बोकोभा भन्छिन् — “विश्व आर्थिक अनिश्चितता, जलवायु सङ्कट, द्वन्द्व र बढ्दो असमानता सामना गरिरहेको बेला लैङ्गिक समानताप्रति पुनः प्रतिबद्धता दिगो र न्यायपूर्ण भविष्य निर्माणका लागि अत्यन्त महत्वपूर्ण छ ।”
यो सम्मेलनलाई विश्वमा गुञ्जिरहेको महिला समानता र मुक्तिको आवाज सम्बोधन गर्ने एउटा अन्तर्राष्ट्रिय मञ्चको रूपमा अध्ययन गर्न सकिन्छ । ‘पेइचिङ रिभ्यू’ को अक्टोबर अङ्कमा सम्मेलनको थप जानकारी छ, साथै चीनमा महिलाहरूको जीवनमा आएको परिवर्तनबारे सशक्त लेखहरू सङ्ग्रहित छन्, चिनियाँ महिला मुक्तिदेखि पुनर्जागरणसम्मको यात्रा बोल्ने कथा छन् । चिनियाँ अनुभवले विश्व महिला आन्दोलनमा नयाँ ऊर्जा थप्नुका साथै मार्गनिर्देश पनि गर्ला ।
राष्ट्रपति सी चिनफिङ भन्नुहुन्छ — “महिलाहरूले मानव सभ्यताको सिर्जना, विस्तार र निरन्तरतामा अत्यन्त महत्वपूर्ण भूमिका खेल्छन् । तसर्थ महिला समानता या नेतृत्व विकास विश्व समुदायको साझा जिम्मेवारी हो ।” आज पनि विश्वभर महिलासम्बन्धी मुद्दा, महिला अधिकारका कुरा ओझेलमा छन्, अन्यायमा परेका छन् । विश्वभर ६० करोडभन्दा बढी महिला र बालिकाहरू युद्ध र द्वन्द्वमा फसेका छन् । करिब १० प्रतिशत महिला तथा बालिकाहरू अत्यन्त गरिबीको चक्रमा छन् । महिलामाथि हिंसा तथा भेदभावको खाडल अझै गहिरो बन्दै छ । डिजिटल विभाजन बढ्दै छ । महिला समानता अझै पनि कठिन र चुनौतीपूर्ण लक्ष्य बनेको छ । महिलाहरू व्यक्तिगत र पेशागत जीवनमा सांस्कृतिक दवाब, रूढीवादी सोचको सामना गरिरहेका छन् । प्रगति असमान छ र कहिलेकाहीँ पुरानो पितृसत्तात्मक मानसिकताले अवरोध पैदा गर्दै छ ।
यी चुनौतीहरूसँग लड्न राष्ट्रपति सी चिनफिङले केही उपाय दिनुभएको छ — महिलाको विकासका लागि अनुकूल वातावरण राज्यले नै तयार गर्ने, महिलाको उच्च गुणस्तरीय विकासका लागि तीव्र गति र ऊर्जा प्रदान गर्ने, महिला अधिकार तथा हित संरक्षण गर्न प्रभावकारी शासकीय संरचना निर्माण गर्ने र महिलासम्बन्धी विश्वव्यापी सहकार्यमा नयाँ अध्याय सुरु गर्ने । यतातर्फ विश्व समुदायको चिन्तन जरुरी छ ।
चीनले महिलाहरूको विकासलाई चिनियाँ आधुनिकीकरणको प्रक्रियामा समाहित ग¥यो र ऐतिहासिक उपलब्धि पनि हासिल ग¥यो । चीनले मानव इतिहासमै पहिलो पटक सबैभन्दा ठूलो गरीबी निवारण ग¥यो । ६९ करोड महिलालाई एकैचोटि समृद्ध जीवन प्रदान ग¥यो । यसरी चीनले संयुक्त राष्ट्रसङ्घको २०३० दिगो विकास लक्ष्यभित्र पर्ने गरिबी निवारण लक्ष्य निर्धारित समत्न्दा अगाडि नै पूरा गरेको देखिन्छ ।
यसका साथै मातृ–शिशु स्वास्थ्यका प्रमुख सूचकहरूमा पनि चीन उच्च–मध्यम आय भएका देशहरूमध्ये अग्रस्थानमा छ । १९९५ देखि यता मातृ मृत्युदर लगभग ८० प्रतिशतले घटेको छ । चीनले महिला अधिकार र अवसरलाई अभूतपूर्व प्राथमिकता दिएको छ र महिलाले अनुभव गर्ने सुरक्षाको स्तर, खुशी र सन्तुष्टि इतिहासमै उच्च स्तरमा पुगेको छ । “नयाँ युगमा चीनमा महिलाको समग्र विकासका उपलब्धि” शीर्षकको श्वेतपत्रले चीनको कानुनी संरचना प्रस्तुत गर्नुका साथै विविध क्षेत्रमा महिलाको अवस्थाबारे तथ्याङ्क प्रस्तुत गर्दछ ।
शिक्षामा क्षेत्रमा चीनले उल्लेखनीय प्रगति ग¥यो । सन् २०२४ मा उच्च शिक्षामा भर्ना भएका विद्यार्थीमध्ये महिला विद्यार्थीको प्रतिशत ५०.७६ प्रतिशत पुग्यो जुन सन् १९९५ को तुलनामा १४.१५ प्रतिशतले वृद्धि भएको हो । स्नातकोत्तर तहमा महिला विद्यार्थीको अनुपात ५०.०१ प्रतिशत छ जुन १९९५ को तुलनामा २२.४३ प्रतिशतले वृद्धि भएको हो । डिजिटल अर्थतन्त्रमा पनि “शि पावर” (महिला शक्ति) नयाँ ऊर्जाका रूपमा उदाउँदै छ । डिजिटल सशक्तिकरण आजको युगमा आर्थिक या वित्तिय स्वाबलम्बन या आत्मनर्भरताको द्योतक हो । इन्टरनेट उद्यमीमध्ये आधाभन्दा बढी महिला छन्, डिजिटल व्यापार र लात्–स्ट्रीमिङ क्षेत्रमा एक–तिहात्न्दा बढी महिला छन् । सन् २०२४ मा मात्र १४,००० भन्दा बढी महिलाले ‘एआई’ प्रशिक्षक प्रमाणपत्र प्राप्त गरेको तथ्याङ्क छ । यसरी चिनियाँ महिला श्रम बजारमा तीव्र रूपमा सहभागी हुन थालेसँगै आर्थिक स्वतन्त्रता बढ्दै छ । ‘उही कामको उही तलब’ भन्ने सिद्धान्त समाजवादी नीतिनिर्माणको मूल आधार जस्तो भएको छ । महिलाले कार्यस्थलमा गर्भावस्था वा विवाहका कारण हुने भेदभावबाट कानुनी सुरक्षा पाएका छन्, मातृत्व बिदा पाउँछन् । त्यसैले स्वास्थ्य र आयु दुवैमा उल्लेखनीय सुधार भयो । चीनले संयुक्त राष्ट्रसङ्घको मातृ स्वास्थ्यसम्बन्धी सहस्राब्दी विकास लक्ष्य निर्धारित म्यादअघि नै पूरा ग¥यो । सन् १९९५ देखि २०२५ सम्म मातृ मृत्युदर करिब ८० प्रतिशतले घट्यो । आज उपलब्ध तथ्याङ्कअनुसार, चिनियाँ महिलाको औसत आयु ८० वर्ष नाघ्नु सन् १९५० को तुलनामा दोब्बर हो ।
राजनीतिमा महिलाको सहभागिता उल्लेख्य रूपमा बढेको छ । चीनको राष्ट्रिय जनप्रतिनिधि सभामा कुल सदस्यको २६.५ प्रतिशत महिला छन् । संयुक्त राज्य अमेरिकाको कङ्ग्रेसमा महिलाहरू २८.२ प्रतिशत, जापानी संसद्को तल्लो सदनमा १५.७ प्रतिशत र माथिल्लो सदनमा २९.४ प्रतिशत, दक्षिण कोरियाको संसद्मा २०.३ प्रतिशतको आसपास छन् । यसले चीनको राजनीतिमा महिला सहभागिता विश्वका विकसित मुलुकसँग तुलनायोग्य रहेको वा केही देशभन्दा अगाडि रहेको देखाउँछ, यद्यपि प्रगतिका लागि अझै हिँड्न बाँकी छ ।
चीनले घरेलु प्रगतिसँगै विश्वव्यापी रूपमा पनि महिला विकासका लागि योगदान गर्दै छ । चीनले ‘जुनकाओ’ (घाँसमा च्याउ उत्पादन गर्ने प्रविधि) प्रविधि विश्वका १०० भन्दा बढी देशमा प्रवद्र्धन ग¥यो र आर्थिक रूपमा महिला सशक्तिकरणमा महत्वपूर्ण योगदान पु¥यायो । यो प्रविधि सिकाइले महिलालाई रोजगार, उद्यमशील र प्राविधिक क्षमतामा निपुण या दक्ष बनायो । हुनान प्रान्तीय महिला सङ्घले सन् २०२४ मा “अफ्रिकन मदर्स न्यू फार्म” अर्थात् अफ्रिकी आमाहरूको नयाँ खेती नामक परियोजना अफ्रिकामा सुरु ग¥यो । यस परियोजनाले कसावा, धान, स्वास्थ्योपचार प्रयोजनका औषधिजन्य बुट्यान उत्पादन क्षमता वृद्धि गरिरहेको छ । यसले किसान अफ्रिकी महिलाको सीप विकास, आत्मनिर्भरता र आर्थिक वृद्धि सुनिश्चित ग¥यो । हालसम्म यस परियोजनाले १,१५० महिलालाई रोजगारी प्रदान ग¥यो र ९५० परिवारको जीवनस्तर सुधार ग¥यो । यस अलावा अहिले प्रविधि, एआई, साइबर शिक्षा र सुरक्षाका सवालमा विश्वव्यापी अभियान सुरु भएको छ ।
चीन शान्तिको पक्षधर देश हो । चीन शान्ति प्रक्रियामा लैङ्गिक दृष्टिकोण समावेश गर्ने, अन्तर्राष्ट्रिय मानवीय सहयोगमा महिलाका आवश्यकतालाई प्राथमिकता दिने, र विश्वव्यापी सङ्कटमा महिलाको सक्रिय सहभागिता सुनिश्चित गर्ने कार्यमा प्रतिबद्ध छ । लेबनानमा स्थापना गरिएको २३ औँ चिनियाँ शान्ति मिसनको चिकित्सा टोली सदस्य गाओ यानकानुसार शान्ति भनेको मात्र गोली बन्द हुनु होइन, मानिसबिच विश्वास र समझदारी पुनःनिर्माण हुनु हो ।’ यसैकारण चीनले हालसम्म १,२०० भन्दा बढी महिला शान्ति सेनानी र १०० भन्दा बढी महिला प्रहरी अधिकृतहरू संयुक्त राष्ट्र मिसनमा पठाइसकेको छ । स्थानीय बालबालिकाहरूले उनीहरूलाई “चिनियाँ आमा” भनेर स्नेहपूर्वक सम्बोधन गर्ने गरेका छन् । यस्ता रोचक र महत्वपूर्ण जानकारी पेइचिङ् रिभ्यूको यस अङ्कमा छन् ।
महिला विकास र लैङ्गिक समानता प्राप्त गर्नु मानव सभ्यताको दिगो विकासका लागि अत्यावश्यक हो । संयुक्त राष्ट्रसङ्घको २०३० दिगो विकास लक्ष्य प्राप्त गर्न अब मात्र पाँच वर्ष बाँकी छ । तर क्षेत्रीय द्वन्द्व, जलवायु परिवर्तन, डिजिटल विभाजन र आर्थिक असमानताका कारण पुरुष–महिला बिचको खाडल अझै बढ्दै छन् । महिलाका अधिकार तथा विकासमा हासिल भएका प्रगतिहरू पछाडि धकेलिने या थन्किने जोखिम बढ्दो छ । यसो हुन नदिन अन्तर्राष्ट्रिय समुदायको संयुक्त प्रयास आवश्यक छ ।
चीनले आगामी पाँच वर्षमा संयुक्त राष्ट्रसङ्घ महिला सङ्गठन (UN Women) लाई थप १ करोड अमेरिकी डलर सहयोग गर्ने, साथै ग्लोबल डेभलपमेन्ट र साउथ–साउथ कोअपरेशन फन्डबाट महिलासम्बन्धी परियोजना अघि बढाउन १० करोड अमेरिकी डलर छुट्याउने, महिलालाई प्राथमिकतामा राखी १,००० साना “जीवनयापन सुधार” परियोजना सञ्चालन गर्ने, विश्वका ५०,००० महिलालाई चीन बोलाई आदानप्रदान तथा क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने र महिला क्षमता अभिवृद्धिका लागि ग्लोबल सेन्टर स्थापना गर्ने पछिल्लो घोषणाले चीन विश्वव्यापी रुपमा महिला सशक्तिकरणको निम्ति काम गरिरहेको बुझ्न सहज हुन्छ । चीनको ऐतिहासिक विकासक्रम र क्रान्ति विना चीनमा महिलाहरूको यो विकास सम्भव थिएन ।
हजारौँ वर्षको अवधिमा विभिन्न सांस्कृतिक धाराहरू समेटिएको चिनियाँ सभ्यताले कहिले मातृसत्तात्मक त कहिले पितृसत्तात्मक मूल्यमा आधारित भएर उतार–चढाव भोग्यो र प्रतिस्पर्धी दार्शनिक परम्परा विकास ग¥यो । इतिहासमा केही समय त्यस्ता पनि थिए जब महिलाहरूले चीनमा सम्राज्ञी वा महारानीको रूपमा शासन गरे । त्यही समय लैङ्गिक समानता, रुढीवादसँग जोडिएको चिनियाँ सभ्यताको सबैभन्दा अँध्यारो समय पार लागाउने प्रयास भए ।
नेता माओ त्से तुङले राजनीतिक सङ्घर्षको सुरुआती दिनहरूमा महिला स्वतन्त्रताका लागि भएका बलिदानको अध्ययन गर्नुभयो । सामन्तवादविरोधी सङ्घर्षमा होमिएका महिलाहरूबाट माओको व्यक्तित्वमा प्रभाव प¥यो । छिउ चिन उहाँले चिन्नुभएको एक महिला जसले छिङ्गविरोधी क्वाङफुहुई आन्दोलनमा सक्रिय भूमिका खेलेकी थिइन् । उनले “द चाइनिज वीमेनस् जर्नल” नामक नारीवादी पत्रिका प्रकाशित गरेकी थिइन् र महिला क्रान्तिकारीहरूलाई तालिम दिने गोप्य विद्यालय सञ्चालन गरेकी थिइन् । अध्यक्ष माओलाई सन् १९१९ मा “चाओ उचेन”को आत्महत्याले पनि गहिरो प्रभाव परेको थियो । उनको आत्महत्या कट्टरपन्थी फ्यूडल या सामन्ती विवाह प्रणालीको विरोधमा थियो । पछि उहाँले सन् १९२७ मा प्रकाशित Report on an Investigation of the Peasant Movement in Hunan मा किसानहरूको क्रान्तिकारी क्षमताको प्रशंसा गर्नुभयो । जसलाई पछि चिनियाँ माक्र्सवादको एक प्रमुख नवप्रयोगका रूपमा स्वीकारियो । सोही रिपोर्टमा उहाँले विशेष रूपमा महिलाहरूको क्रान्तिकारी योगदान उल्लेख गर्नुभयो । चीनमा महिलाहरू स्वयं सङ्गठित भई सङ्घ गठन गर्न थालेका, अधिकार माग गरेका, र सामाजिक न्याय कायम गर्न सहयोग गरेका घटना उहाँले अवलोकन गर्नुभएको थियो । त्यपछिका सङ्घर्षमा माओले व्यापक महिला सहभागिता र जागरणमा जोड दिनुभयो ।
अध्यक्ष माओको प्रसिद्ध भनाइ “महिला आधा आकाश हुन्’ आजका नेताहरू पनि आत्मसात् गर्छन् । चिनियाँ कम्युनिस्ट पार्टी महिला मुक्तिको ऐतिहासिक फड्कोप्रति स्वाभाविक रूपमा गौरवान्वित छ । बहुविवाह, बहुपत्नी प्रणाली, जबरजस्ती व्यवस्था गरिएको विवाह, बाल विवाह र महिलाको किनबेच जस्ता प्रथाबाट महिलालाई सन् १९५० को वैवाहिक ऐनमार्फत कानुनी रूपमै मुक्त गरियो । त्यसपछि चीनले घरेलु हिंसाविरुद्ध कानुनी सुरक्षा निर्माण ग¥यो, छोडपत्रका हकहरू सहज बनायो र सम्पत्तिमा महिलाको समान अधिकार सुनिश्चित ग¥यो । महिला मुक्तिदेखि पुनर्जागरणसम्मको लामो यात्रा चीनले तय ग¥यो । आज चिनियाँ महिलाहरू स्वास्थ्य, शिक्षा, आर्थिक उपार्जन, राजनीतिलगायतका क्षेत्रमा कहाँ छन् भन्ने सामान्य चर्चा अघि नै भइसकेको छ ।
साथै संयुक्त राष्ट्रसङ्घको विकास लक्ष्यअन्तर्गतको लैङ्गिक समानता र महिलाविरुद्ध सबै प्रकारका भेदभाव अन्त्य गर्ने महासन्धिमा १८९ देशहरूसहित चीनले पनि हस्ताक्षर गरेको छ । हाल विश्वका १९० भन्दा धेरै देशहरूले महिलाका हक र हितका लागि करिब १,६०० कानुन बनाएका छन् । तर आगामी प्रगतिका लागि महिलामैत्री वातावरण बनाउनु पर्ने आवश्यकता छ । शान्ति, सुरक्षा, सहकार्य र दिगो विकासको अवधारणालाई अपनाउनुपर्ने छ । सबै महिलाले शान्ति र स्थायित्वको उज्यालोमा बाँच्न पाउने र युद्ध तथा अशान्तिबाट टाढा रहन पाउने समाज जरुरी छ । साम्राज्यवादी युद्धले सबैभन्दा बढी महिला नै प्रताडित हुने सत्य विश्वले प्यालेस्टिनको गाजापट्टीमा अनुभव ग¥यो । शान्ति र सुरक्षाबिनाको विकास या अधिकार अर्थहीन हुने हुँदा यतातर्फ विश्व संवेदाशील हुन जरुरी छ । यो पेइचिङ रिभ्यूको आवाज हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *