सिन्ह्वाको टिप्पणी : अमेरिकी सार्वजनिक ऋण नियन्त्रण बाहिर
- भाद्र ११, २०८३
काठमाडौँ, २० पुस । नेपाल मजदुर किसान पार्टी, कीर्तिपुर नगर समितिको प्रथम सम्मेलन शनिबार सम्पन्न भयो । सम्मेलनको बन्दसत्रबाट नारायण महर्जनको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरिएको छ ।
सम्मेलनको उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेमकिपाले इमानदारी मात्र नभई सच्चरित्रको राजनीति गरेको भनाइ राख्नुभयो ।
उहाँले सांसदहरूलाई पजेरो गाडीको सुविधा दिँदा अस्वीकार गरेको भनाइ राख्दै कानुन तथा नियमले दिँदैमा देश हितविपरीत काम नगर्नु इमानदारीमात्र नभएर सच्चरित्रता पनि हो भन्नुभयो । कानुन आफ्नो स्वार्थअनुकूल बनाएर देशघात गर्ने शासक पार्टीको विरोध गर्नुपर्ने भनाइ राख्दै उहाँले पुँजीवादी सरकारमा नजाने निर्णय गर्नेबित्तिकै नेमकिपाको निर्वाचन चिह्नबाट निर्वाचित हुने सांसदहरूले पार्टी त्यागेको तर नेमकिपाले आफ्नो निर्णयमा अडिग रहेको उदाहरण प्रस्तुत गर्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले युवा विदेसिनुमा देशको शासनसत्तामा बस्ने पुँजीवादी तथा कम्युनिस्ट नामधारी पार्टीहरू नै दोषी भएको भनाइ राख्दै राज्यले कृषिमा लगानी गरेको भए देश आर्थिकरूपमा आत्मनिर्भर हुन्थ्यो भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले नेमकिपाले देशको सार्वभौमिकता रक्षाको निम्ति सङ्घर्षका गतिविधि सञ्चालन गरेको भनाइ राख्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य राजवीर डंगोलले शासक पार्टीहरूले नै भ्रष्टाचारीको संरक्षण गरेको विचार राख्नुभयो ।
आयोजक समितिका संयोजक नारायण महर्जनको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रशान्त महर्जन, पार्टी काठमाडौँ महानगर समितिका हरिशरण महर्जन, चन्द्रागिरी नगर समितिका शान्त महर्जनले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा वविता महर्जनले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply