भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
भक्तपुर, २० पुस । आदर्श आजाद मावि भेलुखेलका प्रधानाध्यापक श्रीकृष्ण किसी उमेर हदका कारण सेवा निवृत्त हुनुभएको छ । ४० वर्षसम्म शिक्षण पेसा पूरा गर्दै ६० वर्षको उमेरमा उहाँ सेवा निवृत्त हुनुभएको हो । शनिबारदेखि सेवा निवृत्त हुने भएपछि विद्यालयमा आयोजित एक कार्यक्रमबिच प्रधानाध्यापक श्रीकृष्ण किसीले विद्यालयको हाजिरकापी र विद्यालय व्यवस्थापन समितिको निर्णयकापी सहायक प्रधानाध्यापक चक्रबहादुर चाकतुलाई हस्तान्तरण गर्दै निमित प्रधानाध्यापकको जिम्मेवारी सुम्पिनुभएको थियो । कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सेवा निवृत्त किसीलाई बिदाइ सम्मानका साथै स.प्र.चक्रबहादुर चाकतुलाई प्रधानाध्यापकको रूपमा स्वागत गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख जोशीले सङ्गठित भएर एकसाथ कदम चाल्यो भने सफलता पाउन सकिने धारणा राख्दै भक्तपुरलाई शैक्षिक गन्तव्यको रूपमा विकास गर्न नेमकिपाले लिएको अडान र अग्रजहरूको अथक प्रयासले यहाँसम्म पुगेको स्मरण गर्नुभयो । उहाँले २१ औँ शताब्दीका चुनौतीहरूलाई सामना गर्न सक्ने गरी नयाँ पुस्ता तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका अध्यक्ष ज्ञानसागर प्रजापतिले कमीकमजोरी र बाधा अड्चन तथा चुनौतीलाई चिर्न सकेमात्रै सफलता पाउन सकिने धारणा राख्नुभयो । उहाँले व्यक्ति नभई सामूहिक भावना अँगाल्न आग्रह गर्नुभयो ।
निवृत्त प्रधानाध्यापक श्रीकृष्ण किसीले कमजोर भौतिक अवस्थालाई सुधार गर्दै विद्यालयको शैक्षिक स्तर उकास्न धेरै समय लागेको उल्लेख गर्दै आफूले पनि ५ जना प्रधानाध्यापकहरूको अनुभव बटुलेरमात्रै विद्यालयको शैक्षिक स्तरोन्नतितर्फ लागेको बताउनुभयो । विगतका अनुभवलाई नयाँ शिक्षकहरूले पनि मनन गर्नुपर्ने उल्लेख गर्दै गर्नुभयो ।
सभ्य समाज निर्माण गर्न, भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र, शैक्षिक गन्तव्यस्थल बनाउने उद्देश्यअनुसार काम गरेको उल्लेख गर्दै उहाँले आफू सेवा निवृत्त भए पनि विद्यालयलाई आवश्यक सहयोग गर्ने बताउनुभयो ।
स्वागत मन्तव्य राख्दै नवनियुक्त प्रधानाध्यापक चाकतुले नयाँ पुस्तालाई नेतृत्वमा पु¥याउन कानुनी व्यवस्थाअनुसारको पद हस्तान्तरण कार्यक्रम सान्दर्भिक भएको चर्चा गर्दै सेवा निवृत्त भएर पनि श्रीकृष्ण सरले अझ बढी शैक्षिक क्षेत्रको स्तरोन्नतिका लागि उल्लेख्य योगदान गर्नुहुने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भनपा ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँको सभापतित्वमा भएको सो कार्यक्रममा पूर्वप्रधानाध्यापक नाति कवां, नवनियुक्त सहायक प्रधानाध्यापक शुभद्रा दुवाल र राकेश सुकुपायोलगायतले पनि बोल्नुभएको थियो ।
Leave a Reply