भर्खरै :

सबै क्षेत्रमा जनताले सङ्घर्ष गर्दै जानेछन्

सबै क्षेत्रमा जनताले सङ्घर्ष गर्दै जानेछन्

नारायणी अञ्चल, चितवन जिल्ला, माडी वसन्तपुरनजिकै रामकुमार श्रेष्ठ भन्ने एक रक्सीको ठेकेदारले २०३३ साल २५ जेठको दिन त्यस भट्टीको इनारमा पानी खान गएका गाउँका केही हली–गोठालालाई ‘फोहर र छोइ–छिटो होला’ भनी हेला गरी पानी खान दिएको थिएन । ‘छोइ–छिटो’ को कुरो सामाजिक न्याय र मुलुकी ऐनविरोधी थियो । गाउँले जनताले त्यस नीच भट्टी पसलेको चोथाले थुतुनोको विरोध गरे । गाउँका सङ्गठित जनता देखेर त्यस बदमासले जनतालाई छुरा हान्ने प्रयास ग¥यो । त्यसको दुस्साहस देखेर जनताले उसलाई समातेर छुरा खोसेर लिए, अनि मार–मुक्काले सजाय गरे । एक फटाहाको मद्दतले ऊ फुत्केर घरभित्र पस्यो । जनताले ढोका फोरेर त्यस जनविरोधीलाई समातेर ल्याए । उसले हात जोडी माफी मागेको नक्कल गरी भाग्ने दाउ ग¥यो । जनताले फेरि कुटपिट गरे । गाउँका आइमाईले पनि उसको मुखमा कालोमोसो घसिदिए, पेटीकोट (भित्रीफरिया) को फेटा गुथाइदिए, हात पछाडि पारेर बाँधे, अनि नारा लगाउँदै गाउँ–गाउँमा घुमाए । उनीहरूले जालीफटाहा, जनविरोधी मुर्दावाद र छोइ–छिटो मान्ने प्रतिक्रियावादी मुर्दावाद भन्ने नारा लगाएका थिए । जनताले उसलाई अग्ला अग्ला ठाउँबाट फाल हाल्न भन्थे, नमानेमा लात्तीले गोडेर घचेट्थे । एक किसान कार्यकर्ता अलि उँचो ठाउँमा उभिएर बोले, “अन्याय–अत्याचारको विरोधमा यस्तै सङ्घर्ष गर्नुपर्छ ।” गाउँका सबै किसान जनता सामन्त, जालीफटाहा र बदमासहरूलाई यस्तै गर्नुपर्छ भनेर खुसी भए ।
तर, त्यस गाउँको थानाको हाकिमले ६ हजार रूपैयाँ घुस खाएर तुरुन्तै पुलिसको एक दल ल्याई जनतालाई घेर्न लगाए† जनतालाई राइफल तेस्र्याएर धम्काए । घटनासँग असम्बन्धित १२ जवान लोग्नेमानिस र स्वास्नीमानिसहरूलाई पुलिसले ‘सार्वजनिक अपराध’ ऐनअन्तर्गत पक्राउ ग¥यो । पक्राउमा परेका मानिसहरूलाई पुलिसले सोधपुछ नै नगरी गैरकानुनी ढङ्गले रगताम्य गरी कुटपिट ग¥यो र अनेक यातना दियो । ती पक्राउमा परेका केही जनतालाई मुखबाट रगत छाड्ने गरी पिट्यो । पुलिसको त्यस ज्यादती र हिंस्रक मारबाट दूधे बच्चा र केटाकेटीसमेत बचेका थिएनन् । तिनीहरूलाई महिनौँसम्म बिनापुर्जी थुनिसकेपछि बल्ल २७५ रूपैयाँ जनही धरौटी राखेर छोडे । सीडीओ अफिसमा ‘सार्वजनिक अपराध’ को मुद्दा चलाइयो । सीडीओ आफै एक शोषकको तावेदार थियो । यसकारण, उसले जनताको पक्षमा न्याय दिने र समाजमा भेदभाव गर्ने बदमासहरूलाई सजाय गर्ने कुरै थिएन । उसले त आफ्नै सरकारको मुलुकी ऐनलाई कुल्चेर मिल्काइदियो । यसकारण, जनतामाथि भएको अन्याय–अत्याचारको विषयलाई लिएर जनताको पक्षमा नारायणी अञ्चलको ‘क्रान्तिकारी किसान सङ्गठन’ ले एक पर्चा छ¥यो । त्यस पर्चाले ‘पञ्चायती प्रजातन्त्र’ को भ्रष्ट प्रशासनलाई पूरै नङ्ग्याइदियो । सीडीओ र अञ्चल प्रशासनको मुख कालोनीलो भयो । भ्रष्ट पञ्चायती प्रशासनले पक्राउमा परेका जनतालाई हजारौँ रूपैयाँको ‘बिगोबमोजिमको दण्ड’ को फैसला गरेर न्यायको प्रारम्भिक नियमलाई समेत कुल्चेर फालिदियो । बुद्धिजीवीवर्गले त्यसलाई ‘न्यायको हाँसो गर्ने एक ख्याल (व्यङ्ग्य)’ मात्रै सम्झेका छन् ।
प्राप्त समाचारअनुसार गाउँले जनताले त्यो ‘न्याय’ र ‘फैसला’ लाई स्वीकार गरेनन्; त्यस नक्कली फैसलाको अगाडि टाउको नझुकाई अपिल गरेका छन् । अनुचित र झूटो न्यायको विरोधमा जनताको सङ्घर्ष राम्रो कुरा हो । आत्मसमर्पणभन्दा सङ्घर्ष धेरै राम्रो कुरा हो । स्कूल, कलेज, खेत, कारखाना, अड्डा–अदालत सबै वर्गसङ्घर्षका मैदान हुन् । सङ्घर्षलाई त्याग्नु या बहिष्कार गर्नु सङ्घर्षबाट भाग्नु हो । अन्यायबाट मुक्ति पाउने उपाय नै सङ्घर्ष हो । वर्गसङ्घर्ष नै जनताले राजनैतिक तालिम पाउने सबभन्दा ठुलो विश्वविद्यालय हो । अन्तमा, जीत जनताकै हुन्छ । ‘सङ्घर्ष गरेरै अधिकार लिने चितवनका जनताको बाटो हो’ भन्ने नारायणी अञ्चलका क्रान्तिकारी किसान सङ्गठनको पर्चा छरेको सिलसिलामा विभिन्न ठाउँका ८० जवान व्यक्तिहरूमाथि वारेन्ट पुर्जी काटेको छ वा पक्राउ गरेर प्रशासनले राजकाजको मुद्दा चलाएको छ । पक्राउमा परेका जनतामाथि सरकारले बडो निर्दयतापूर्वक यातना दिएको समाचार छ । तर, अर्कोतिर ‘क्रान्तिकारी’ मकुन्डो लगाउने केही कवि र प्रगतिशील भनाउँदा जनविरोधीहरू त्यस पर्चालाई ‘कानुनी पर्चा’ भनेर बदनाम गर्न खोज्थे । तिनीहरू वास्तवमा छुवाछूतलाई समर्थन गर्थे र सरकारको अन्याय–अत्याचार र भ्रष्टाचारको विरोध गरेकोमा आफ्नो असहमति देखाउँथे । वास्तवमा तिनीहरू पुलिसको ‘एजेन्ट प्रोभोकेटहरू’ उत्तेजना फैलाएर जनतालाई दबाउन दिने पुलिसका मान्छे थिए । तिनीहरू जनताका विरोधी र प्रतिक्रान्तिकारीहरू थिए ।
चेपाङहरू जालीफटाहा शोषणविरोधी सङ्घर्षको मैदानमा
हाम्रो देशका जनजातिहरूमध्ये चेपाङ पनि एक वन–जाति हो । चेपाङ जनजाति देशको मध्य पहाडी इलाकामा छरिएर बसेका छन् । नारायणी अञ्चलको पहाडी भागमा पनि चेपाङ जातिको बसोबास छ । त्यस जनजातिका जनतालाई पहिले ‘प्रजा’ भन्ने चलन रहेछ । चेपाङ जातिका जनता सिकार खेल्ने, कन्दमूल बटुल्ने, साना–तिना खेती र खेताला गरेर जीविका गर्छन् । यो जातिका जनता सा¥है परिश्रमी छन्, तर दुई छाक खान कहिले पुग्दैन । यसकारण, तिनीहरूको जीवन सा¥है गा¥हो छ । खेतीपाती गर्न जग्गा छैन, भए पनि अति पुरानै ढङ्गको खेतीपाती छ र भर्खर विकास गर्दै छन् । तिनीहरू सा¥है सोझा र सरल स्वभावका हुन्छन् । साँचो अर्थमा तिनीहरू भोका–नाङ्गा छन् । तिनीहरू जङ्गल र भीरकै नजिकमा बसेका छन् ।
त्यस्ता गरिब र भोका–नाङ्गा जनतालाई गाउँका जालीफटाहा र शोषकहरू सा¥है ठग्छन् र शोषण गर्छन् । गाउँका शोषकहरूले तिनीहरूसँग महिनाको ७ रूपैयाँको दरले ‘चोके ब्याज’ लिन्छन्, सयकडा ६–७ माना घिउ कोसेली खान्छन् अथवा ५–६ धार्नीको बोका लिन्छन् । त्यो पनि भएन भने एक सय रूपैयाँको २० जवान खेताला लिन्छन् । ती शोषक र जालीफटाहाहरूले तिनीहरूसँग बिनापैसाले काम गराउँछन् र कज्याउँछन् । भनेको जस्तो गरेनन् भने गोरु कुटेझैँ कुट्छन् ।
जहाँ दमन हुन्छ, त्यहाँ विद्रोह हुन्छ भनेझैँ दबाइएका र चुसिएका चेपाङ जनता पनि उठ्न थालेका छन् । २०३३ साल असोज १६ गते ठट्टाबहादुर क्षेत्री भन्ने एक फटाहाले बिनाकारण एक किसानमाथि हात छोड्यो । अति भएपछि जनता पनि बिउझेँ । १७ असोजको दिन २५–३० जना किसानहरू सल्लाह गरेर त्यस फटाहा ठट्टाबहादुर क्षेत्रीलाई घेरे । जनताको घेरामा परेपछि त्यस फटाहाले जनतासँग माफी मागे । सोझा जनता माफी दिएर फर्के ।
तर, आफूले सधैँ हेपेर–दबाइआएको जनताको अगाडि झुकेर माफी माग्नुपर्दा त्यस फटाहालाई खपि सक्नुभएन । २१ असोजको दिन त्यसले केही जालीफटाहा, शोषक र बदमासहरूलाई बटुल्यो । सबैले हात–हातमा एक–एकवटा लौरो लिई किसानहरूको घर–घर घुमे, किसानहरूका छाना ठटाए, दिदीबहिनीहरूमाथि हातपात गर्न खोजे । दिदी–बहिनीहरू डरले वन–वन रुँदै दर्गुन थाले ।
फटाहाहरूको अन्याय देखेर जनता रिसाए । उनीहरूले किसान कार्यकर्ताहरूलाई खबर गरे । किसान कार्यकर्ताहरूले गाउँ–गाउँका जनतालाई एकगठ गरेर फटाहाहरूको जमातलाई घेरे । जनताको शत्रु ठट्टाबहादुरलाई जनताले सजाय गरे । अरू फटाहाहरूले ‘बिराए’ भन्दै जनतासँग माफी मागे । केही फटाहाहरू पनि घेरामा परेका थिए । जनताले तिनीहरूको चोकेब्याज कोसेली र खेताला खाने शोषण प्रथाको विरोध गरे, अन्याय गरी खाइराखेको हिसाब निकाले ।
जनताको एकता र सङ्घर्षको बल देखेर ती चुसाहाहरू थरथर काप्न थाले र जनताको कुरा मान्न थाले । तिनीहरूले दुई जना किसानहरूको खेत फिर्ता गरी कागज च्यातिदिए, नगद रु. ९०० पनि फिर्ता गरे । अर्को एक जना किसान दाइको २० रूपैयाँ खाएको थियो, थलैमा गनेर दियो । यसरी किसान जनता उठ्न लागेको देखेर जालीफटाहा र बदमासहरू गाउँ छोडेर भाग्ने तर्खरमा लागे ।
किसान कार्यकर्ताहरूले किसान जनतालाई सम्झाउन थाले, “हाम्रो सङ्घर्ष सुरु भयो, अब हामी नयाँ सङ्घर्षको निम्ति झन् एक भएर तयार हुनुपर्छ, नत्र पञ्चायती सरकारको मद्दत पाएर जालीफटाहाहरू फेरि खेत र पैसा फिर्ता लिन आउनेछन् । जनतामाथि झन् चर्को अत्याचार गर्न आउने छन् । गरिब किसानहरूको बिचमा सङ्गठनलाई अझ विकास गर्नुपर्दछ र अरू गाउँ र जिल्लाहरूमा पनि स–साना किसान सङ्घर्ष फैलाउनुपर्छ ।” कुनै पनि कुरा सानोबाट ठुलोमा विकास हुन्छ, तल्लो स्तरबाट माथिल्लो स्तरमा विकास हुन्छ । त्यस्तै, स–सानो र तल्लो स्तरको किसान सङ्घर्षले ठुलठुलो र माथिल्ला स्तरका किसान आन्दोलनहरूको विकास हुन्छ । सङ्घर्षमा मुख्य जालीफटाहा र शोषकलाई कारबाही गर्नुपर्छ । अरुलाई सङ्घर्षको पक्षमा तान्नुपर्छ । एक एक गरेर सङ्घर्षलाई विकास गर्दै जानुपर्छ ।

साभार : जनताको साहित्य, बुलेटिन ५, अप्रिल–मई १९७७

Leave a Reply

Your email address will not be published. Required fields are marked *