लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
(नेमकिपाका अध्यक्ष रोहितद्वारा लिखित ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’ पुस्तकको पहिलो प्रकाशन वि.सं. २०३३ (१ सेप्टेम्बर, १९७६) मा भएको थियो । यो पुस्तक नेपाल मजदुर किसान पार्टीको स्थापनाका आधारभूत तत्वहरूमध्ये एक हो । यो सैद्धान्तिक सङ्घर्षको निचोड हो । नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारको खण्डन नगरी कम्युनिस्ट आन्दोलन अघि बढ्दैन । यो पुस्तक अहिले पनि समय सान्दर्भिक छ । नेमकिपा स्थापना हुनाका सैद्धान्तिक आधार र ठम्याइबारे पुस्तकमा उल्लेख भएकोले पार्टी स्थापना दिवसको अवसरमा यो छापिएको हो । – सं.)
अँ, हो, हामीले स्कूल, कलेज, कानुनी वर्गीय सङ्गठनहरू, पञ्चायत, अड्डा–अदालत, कल–कारखाना, सहकारी संस्था आदि सबै प्रतिक्रियावादी सङ्घ–संस्थाहरूमा गएर मजदुर, किसान र बहुमत जनताको सेवा गर्नुपर्छ । तर, हाम्रा केही उताउला र काँचा ‘कम्युनिस्ट’ साथीहरू प्रतिक्रियावादी सङ्गठनहरू र पञ्चायतमा घुसेर काम गर्न अस्वीकार गर्छन् र ‘भाग नलिने’ वा ‘बहिष्कार’ को फलाको फलाकेर आफूलाई सबभन्दा ठुला ‘क्रान्तिकारी’ र ‘सरकारविरोधी’, ‘व्यवस्थाविरोधी’ र ‘राजाविरोधी’ देखाउन खोज्छन् । तिनीहरूका ती कोरा सिद्धान्तवादीता, फलाको र नाराले पार्टीलाई जनताबाट अलग गरिदियो । जनताको पिर मर्कालाई लिएर अगाडि बढ्न पार्टी चुक्यो, पार्टीलाई निःस्वार्थरूपले जनताको सेवा गर्नबाट वञ्चित गराइयो र पार्टी जनताबाट अलगिएर एक गुटको रूपमा थेचरिन पुग्यो । तिनीहरूको उत्ताउलापनले व्यापक जनताको आन्दोलनमा खिया लाग्यो र वर्ग–शत्रु सजिलैसित जनतामाथि हुकुम चलाउन पायो । ती हाम्रा फलाकावादी साथीहरूको प्रतिक्रियावादी सङ्घ–संस्थामा ‘भाग नलिने’ वा ‘बहिष्कार’ को फलाको सही छ वा खोटो छ भनेर जाँच्ने कसी के हो ? के तिनीहरूले जानाजानै पार्टीलाई जनताबाट अलग पार्न वा भाँड्न र वर्ग शत्रुको सेवा गर्ने भनेका हुन् त ? लेनिनले भन्नुभएजस्तै तिनीहरूको उद्देश्य जेसुकै भए पनि तिनीहरूको कामको परिणामबाटै तिनीहरू को हुन् भन्ने पत्ता लाग्छ । तिनीहरूलाई हामी एकैचोटि ‘विश्वासघाती’ र ‘शत्रुबाट सञ्चालित तत्व’ भनेर दोष नदिई सैद्धान्तिकरूपले नै तिनीहरूको ठम्याइलाई खण्डन गरेर देखाउनु बढी उचित हुनेछ ।
ती हाम्रा उताउला साथीहरूले प्रतिक्रियावादी सङ्घ–संस्थाभित्र पनि गएर काम गर्नुपर्छ भन्ने साथीहरूलाई ‘पञ्चायतवादी’, ‘राजावादी’, ‘अर्थवादी’, ‘सुधारवादी’ यहाँसम्म कि ‘संशोधनवादी’ समेत भन्न पुगे । यस्ता उताउला र कोरा सिद्धान्त हाम्रो पार्टीमा मात्र होइन अरू देशको पार्टीहरूमा पनि देखापरेको थियो । क्रान्तिको दमन र हार, बढाउ र विजयको ज्वारभाटाको बेलामा यस्ता उताउला र कोरा सिद्धान्तवादीहरू जङ्गलमा झारपातजस्तै उम्रने रहेछन् । रुसी अक्टोबर क्रान्तिको विजयपछि जर्मनीका कम्युनिस्ट पार्टीमा पनि यस्ता तत्वहरू देखापरेका थिए । तिनीहरू मजदुर सङ्गठनहरू ‘प्रतिक्रियावादी’ भएको हुनाले कम्युनिस्टहरूले त्यसमा काम गर्न सक्दैनन् भनेर फलाक्थे । तिनीहरू त्यस्ता ‘प्रतिक्रियावादी’ मजदुर सङ्घहरूबाट अलग बस्ने र ‘एकदमै नयाँ, शुद्ध, सा¥है राम्रा (र सम्भवतः नौलो) कम्युनिस्टहरूले नै बनाएका ‘मजदुर सङ्घहरू’ बनाउनुपर्छ भन्थे । मजदुरवर्गका महान् नेता लेनिनले ती उताउला र कोरा सिद्धान्तलाई ‘मूर्खता’ र ‘पुँजीपतिवर्गको सेवा’ गर्ने भन्दै झपार्नुभएको थियो ।
उहाँले भन्नुभयो, “जर्मनीका ‘उताउला’ कम्युनिस्टहरू मजदुर सङ्घहरूका माथि माथिका नेताहरूको प्रतिक्रियावादी र क्रान्तिविरोधी स्वभावले गर्दा तुरुन्त यस टुङ्गोमा पुग्ने मूर्खता गर्छन् कि हामी मजदुर सङ्घहरूबाट अलग रहनुपर्छ† हामीले त्यसमा काम गर्न मान्नु हुन्न† हामीले नयाँ र आफ्नै ढङ्गको मजदुर सङ्गठन खोल्नुपर्छ ¤ यो एउटा यस्तो ठुलो विराम हो कि जसलाई कहिले माफ दिन सकिन्न र कम्युनिस्टहरूबाट पुँजीपतिवर्गलाई योभन्दा ठुलो अरू कुनै सेवा नै हुनसक्दैन ।”
लेनिन अगाडि भन्नुहुन्छ, “प्रतिक्रियावादी मजदुर सङ्घहरूभित्र काम गर्न नमान्नुको मतलब यो हुनेछ कि हामीले अहिले धेरै विकास भइनसकेका या पछाडि परेका बहुमत मजदुरलाई प्रतिक्रियावादी नेताहरू, पुँजीपतिवर्गका दलालहरू अथवा सा¥है पुँजीवादी भइसकेका मजदुरहरूको प्रभावमा छोडी दिनेछौँ ।”
लेनिनले भन्नुभयो कि प्रतिक्रियावादी मजदुर सङ्घहरूमा काम गर्नुहुन्न भन्ने तिनीहरूको ‘सिद्धान्त’ सा¥है ‘मूर्खतापूर्ण’ सिद्धान्त हो । ‘जनता’ लाई प्रभाव पार्न तिनीहरू ‘जनता’ शब्दलाई नै दुरूपयोग गर्दै छन् ।
जनतालाई सेवा गर्न लेनिन हामीलाई शिक्षा दिनुहुन्छ, “यदि तिमी ‘जनता’ लाई सहायता गर्न चाहन्छौ भने र ‘जनता’ को सहानुभूति र समर्थन प्राप्त गर्न चाहन्छौ भने, तिमीले गा¥हो–फारोदेखि तर्सनुहुन्न, (अवसरवादी र सामाजिक–देशाहङ्कारी भएको हुनाले प्रायः पुँजीपतिवर्ग र पुलिससँग सम्बन्धित भएका) ‘नेता’ ले तिमीलाई अनेक किसिमले सताउनेछन्, तिमीलाई हेला गर्नेछन्, तिमीलाई दुःख दिनेछन् या दिक्क पार्नेछन् भन्ने कुराबाट तिमी डराउनु हुन्न । तिमीले त जहाँ जहाँ जनता हुन्छ त्यहीँ त्यहीँ गएर काम गर्नु छ । यसकारण, तिमीले हरेक किसिमको बलिदान गर्ने र गा¥हो–फारोलाई पन्छाउन योग्य हुनुपर्छ । तिमीले त झन् त्यही संस्थाहरू, समितिहरू र सङ्गठनहरूमा गएर प्रचार र सिकाउने काम गर्नु छ, जहाँ मजदुर अथवा अर्ध–मजदुर रहन्छन् – यदि ती संस्था र सङ्गठनहरू सा¥हैभन्दा सा¥है प्रतिक्रियावादी नै किन नहोस् । त्यहीँ गएर तिमीले नटुटाइकन मन लगाएर कम्मर कसेर र धैर्यपूर्वक काम गर्नु छ । जनता त मजदुर सङ्गठनहरू र (थोरैभन्दा थोरै कहिलेकाहीँ) मजदुरहरूको सहयोग समितिहरूमा नै हुन्छन् ।”
लेनिनका समयका ती ‘उताउलाहरू’ जस्तै २०१७ सालपछिका हाम्रा नेपाली फलाकावादीहरू, मजदुर, किसान, युवक, विद्यार्थी र विभिन्न सङ्गठनहरूलाई ‘शाही’, ‘राजावादी’, ‘पञ्चायती’ र ‘प्रतिक्रियावादी’ भनेर ती भित्र काम गर्न अस्वीकार गरिदिए । तिनीहरू आफ्नै ढङ्गको साँगुरो सङ्गठनहरूमै कुञ्जिएर डनकुइक्सट्का जस्ता ठुलठुला बहादुरीहरू गर्ने कल्पना गरे । तिनीहरूको त्यस खोटो विचारले नेपालको कम्युनिस्ट आन्दोलनलाई ठुलो हानि पुगेको छ । तिनीहरूको काम कारबाही र विचार लेनिनले भन्नुभएजस्तै यति मूर्खतापूर्ण छ कि “योभन्दा ठुलो मूर्खताको कल्पना पनि गर्न सकिन्न र न त क्रान्तिलाई ‘उताउला’ क्रान्तिकारीहरूले जतिको ठुलो हानि नै पु¥याउन सकिनेछ ।…. किनभने कम्युनिस्टहरूको सारा काम नै पछाडि परेका तत्वहरूलाई सम्झाउनु बुझाउनु हो र तिनीहरूको माझमा काम गर्नु हो । हामीले आफ्नै ढङ्गको र केटाकेटी ढङ्गको ‘उताउला’ नाराहरूको भरमा जनता र आफ्नो बिचमा पर्खाल लगाउनुहुन्न ।”
नेपालका ‘उताउला’ कम्युनिस्टहरूको मूर्खताले पनि नेपालको क्रान्तिकारी आन्दोलनलाई सा¥है हानि पु¥याएको छ । तिनीहरूले ‘हावापानी फेरिएपछि लुगा फेर्ने’ माओ त्सेतुङका शिक्षालाई अस्वीकार गरिदिए । यसबारे हामीले चिनियाँ कम्युनिस्ट पार्टीको अनुभवबाट पनि सिक्नुपर्छ । चिनियाँ क्रान्तिको सङ्घर्षको मुख्य रूप नै सशस्त्र सङ्घर्ष थियो । “तर, सङ्घर्षको अरू रूपहरूलाई प्रयोग नगरिएको भए त्यो क्रान्तिले विजय पाउन सक्ने थिएन ।”
३१ मार्च १९६४ को ‘जन’ दैनिक र ‘लालझन्डा’ को सम्पादकीयले अगाडि भन्छ, “….खुला र गुप्त कामलाई ठीकसित एक अर्कोसँग गाँसिदियो । कानुनी अवसरहरूलाई पूराका पूरा व्यवहारमा लगियो र गुप्त कामको बारेमा पार्टीका नियमहरूलाई कठोरतापूर्वक पालन ग¥यो । चिनियाँ क्रान्तिले आफ्नो ठोस परिस्थितिअनुसार सङ्घर्षका अनेक जेलिएका र विभिन्न रूपहरूलाई जन्म दियो ।”
“चिनियाँ कम्युनिस्ट पार्टी आफ्नो लामो समयसम्मको व्यावहारिक अनुभवबाट यसलाई राम्रोसँग बुझ्छ कि कानुनी सङ्घर्षलाई अस्वीकार गर्नु, पार्टीको कामलाई साँगुरो घेरामा सीमित राख्नु र यसरी जनताबाट आफ्नो सम्बन्ध खतम गर्नु गलत कुरो हो ।”
यस कुरालाई हामीले बिर्सनुहुन्न कि सशस्त्र सङ्घर्ष र श्रम सबै प्रकारको गैरकानुनी सङ्घर्षहरू सङ्घर्षका मुख्य रूपहरू हुन् र आफूलाई कानुनी सङ्घर्ष र गतिविधिमा मात्रै बाँधिएर राख्नु हुन्न । कानुनी सङ्गठनमा काम गर्नु र कानुनी सङ्घर्ष गर्नु सशस्त्र र गैरकानुनी सङ्घर्षको सा रे ग म र सहायकमात्रै सम्झनुपर्छ ।
भियतनामी क्रान्तिबाट पनि हामीले केही शिक्षा लिनुपर्छ । भयङ्कर युद्धको स्थितिमा र प्रतिक्रियावादी आतङ्कको चरम सीमामा पनि दक्षिण भियतनामको राजधानी सगोनमा सरकारविरोधी र संरा अमेरिकी आक्रमणविरोधी प्रदर्शनहरू भई नै रहन्छन् । हडताल र धर्नाका घटनाहरू भई नै रहन्छन् । सैगोन प्रशासनको ५० प्रतिशतभन्दा बढी मानिसहरू भियतकङ्गसँग सम्बन्धित भएको देख्दा अमेरिकी केन्द्रीय जासुस एजेन्सीले हरेस खाएको थियो । भियतकङ्ग गुरिल्लाहरूको अड्डामा छापा मार्दा कहिलेकाहीँ अमेरिकी आक्रामकहरू त्यहाँ प्राप्त सबै हातहतियार, उपचारका सामान र औषधि आदि मालसामान अमेरिकी नै देख्दा भियतनामी जनताको देशभक्तिपूर्ण सङ्घर्ष र क्रान्तिको गम्भीरतालाई बुझ्न थाल्दछन् । यस्तै हामीले हाम्रो सङ्घर्षलाई व्यापक जनताको सङ्घर्षमा बदल्न भएभरको आफ्नो बुद्धि र बल लगाउनुपर्छ । व्यापक जनतालाई सङ्घर्षशील बनाउन व्यापक जनताको माझमा गएर काम गर्नैपर्छ । अनि मात्रै हामीले जनताको साँचो सेवा गर्न सक्नेछौँ ।
साभार : नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन
Leave a Reply