भर्खरै :

चे ग्वेभारालाई चिनाउने पुस्तक ‘बोलिभियाली डायरी’

चे ग्वेभारालाई चिनाउने पुस्तक ‘बोलिभियाली डायरी’

विश्वक्रान्तिमा अर्नेस्टो चे ग्वेभाराको योगदान र उनको व्यक्तित्वबारे सचेत युवा पुस्ता अवगत छन् । एक क्रान्तिकारी योद्धाको रूपमा उनी चिनिन्छन् । यद्यपि, उनको जीवनका उकाली ओराली, सफलता–असफलताबारे राम्रो जानकारी राख्नेहरू उनको क्रान्तिकारी भावना र योगदानप्रति सहमत रहे पनि उनलाई आलोचनात्मक दृष्टिले हेर्छन् ।
उनी अर्जेन्टिनाको रोशारियोमा जन्मिए, ल्याटिन अमेरिकी जनआन्दोलनहरूमा सहभागी बने, क्युवाली क्रान्तिमा बेजोडको योगदान गरे, कङ्गो पुगी निरन्तर ६ महिना क्रान्तिकारी लडाइँमा संलग्न बने र बोलिभियाली गुरिल्ला युद्धको मोर्चा सम्हाले । उनलाई विश्वका न्यायपे्रमी जनता साम्राज्यवादविरोधी योद्धाका रूपमा स्मरण गर्छन् । अमेरिकी साम्राज्यवादविरुद्ध उनीभित्रको आगो इतिहासका पाना र उनका कृतिहरूबाट अनुभव हुन्छ । पेशागत हिसाबले एक चिकित्सक अर्थात् डाक्टर तर उनले आप्mनो स्टेथेस्कोपभन्दा क्रान्तिको बन्दुक, बिरामीभन्दा युद्धका घाइतेको सेवालाई प्राथमिकतामा राखे । मेडिकल क्षेत्रका मानिसलाई समेत उनको जीवनदर्शन प्रेरणादायी बन्न सक्दछ ।
उनलाई विश्वले एक अर्जेन्टिनी माक्र्सवादी क्रान्तिकारी, डाक्टर, लेखक, गुरिल्ला नेता, कूटनीतिज्ञ र सैन्य सिद्धान्तकारका रूपमा पनि चिन्दछ । उनी ल्याटिन अमेरिका र त्यहाँका जनताको जनजीविकालाई आप्mनै आँखाले महसुस गर्न रुचाउने व्यक्ति थिए । त्यसकारण, थुप्रै भ्रमणहरू पनि गरे । अल्बर्टो ग्रानाडोसँगको (सन् १९५२) मोटरसाइकल यात्रा उनको कृति ‘मोटरसाइकल डायरी’ मा प्रतिविम्बित छ ।
उनी सन् १९५४ तिरै ग्वाटेमालाको राजनीतिक क्रियाकलापमा संलग्न थिए । सीआईएले आयोजना गरेको सैन्य अपरेसनमा जाकोटो अर्बेन्ज फालिएपछि उनी मेक्सिको गए । मेक्सिकोमा उनले निर्वासित क्युवाली क्रान्तिकारीहरूको खोजी गरे । सन् १९५५ जुलाईमा उनले नेता फिडेल क्यास्ट्रो भेटे र तुरुन्तै क्युवाली तानाशाह फाल्गेन्सिया बाटिस्टालाई फाल्ने उद्देश्यसहितको गुरिल्ला अभियानमा सहभागी बने । क्युवालीहरूले उनलाई ‘चे’ उपनाम दिए । क्युवाको सियरा मायस्ट्रा पहाडहरूमा एकजना डाक्टर नभई क्रान्तिकारी योद्धा पुगेका थिए । उनी गुरिल्ला युद्धहरूका कमान्डर बने । बाटिस्टा सरकारविरुद्ध क्युवाली जनताको मुक्ति युद्धमा उनी अग्रपङ्क्तिमा बसी लडे । आज पनि क्युवाली जनता उनलाई सम्झन्छन् । क्युवाली क्रान्तिको इतिहासमा उनी अमर छन् । सन् १९५९ जनवरी १ मा बाटिस्टा सरकार फालिएपछि नयाँ बनेको क्रान्तिकारी सरकारमा ‘चे’ मुख्य नेताका रूपमा थिए । उनी नयाँ क्रान्तिकारी सरकारमा कृषि सुधारको राष्ट्रिय संस्थाको औद्योगिक विभागको प्रमुख बने, त्यसपछि राष्ट्रिय बैङ्कको अध्यक्ष बने । सन् १९६१ मा त उद्योगमन्त्रीको जिम्मेवारी बहन गरे । उनी सन् १९६५ सम्ममा क्युवाको कम्युनिस्ट पार्टीको केन्द्रीय नेता समेत बने । उनले आप्mना जिम्मेवारीलाई अत्यन्त मिहिनेतसाथ निर्वाह गरे । उनले संरा अमेरिकालगायत विभिन्न अन्तर्राष्ट्रिय डबलीहरू, एसिया, अफ्रिका, ल्याटिन अमेरिका र समाजवादी देशहरूमा क्युवाली क्रान्तिकारी सरकारको प्रतिनिधि बनेर दिएका मन्तव्य सुरक्षित छन् । तेस्रो विश्वका मानिसको पक्षमा उनको अभिव्यक्ति आज पनि सान्दर्भिक छ । उरुग्वेमा सन् १९६१ मा सम्पन्न पुन्टा डेल इस्टे सम्मेलनमा अमेरिकी राष्ट्रपति जोनएफ केनेडीको प्रस्ताव ‘प्रगतिका लागि गठबन्धन’ को विरुद्धमा उनको अडान र अभिव्यक्ति सम्पूर्ण ल्याटिन अमेरिकी देशहरूको भलाइमा थियो । ‘प्रगतिका लागि गठबन्धन’ ल्याटिन अमेरिकी देश र जनताको प्रगतिका लागि होइन संरा अमेरिकाको समृद्धि र सैन्य अखडा निर्माणका निमित्त हो भन्ने उनको अभिव्यक्ति कालान्तरमा सही प्रमाणित भयो । क्युवाली समाजवादको आभाले नयाँ बाटो देखेको ल्याटिन अमेरिकी जनताको आँखामा आर्थिक सहयोग र अनुदानको पट्टीले बाँध्ने कुचेष्टा थियो त्यो भन्ने चेको पूर्वानुमान गलत भएन । उनले पुस्तक ‘हाम्रो अमेरिका र तिनीहरूको’ मार्फत पुन्टा डेल इस्टा सम्मेलन र ‘प्रगतिका लागि गठबन्धन’ नामक केनेडीको प्रस्तावको निहित स्वार्थ केलाएर विश्वलाई सत्यतथ्य बताए । संरा अमेरिकाको साम्राज्यवादी नीति, विदेश नीति, आर्थिक नीतिविरुद्ध उनको लडाइँ आजीवन चल्यो । उनले सन् १९६५ मा क्युवा छोडे । उनले जाँदाजाँदै नेता क्यास्ट्रोलाई पत्रमा यसो लेखेका थिए – “क्युवाली क्रान्तिले मलाई सुम्पेको जिम्मेवारी मैले पूरा गरेँ भन्ने लाग्छ । त्यसकारण, अब बिदा माग्छु ¤” उनले जोड दिएका थिए – “अन्य देशहरूलाई पनि मेरो सेवाको जरुरत छ त्यसैले मैले क्युवा छोड्नैपर्छ ।”
उनी कङ्गो पुगे । कङ्गोको क्रान्तिकारी सङ्घर्र्षमा सहयोग पु¥याउन गुरिल्ला मिसनमा भाग लिए । कङ्गोको गुरिल्ला मिसन असफल रह्यो । उनी गोप्यरूपमा सन् १९६५ डिसेम्बरमा क्युवा पुगे र पुनः बोलिभियाका लागि गुरिल्ला मिसनको तयारीमा जुटे । सन् १९६६ नोभेम्बरमा उनी बोलिभिया पुगे । बोलिभियामा चेले त्यहाँको तत्कालीन सैन्य तानाशाही व्यवस्था खत्तम गर्ने उद्देश्य बोकेका थिए । बोलिभियामा उठ्ने उभारले सम्पूर्ण ल्याटिन अमेरिकी जनता न्यायका निम्ति संरा अमेरिकी दबदबाविरुद्ध जागी उठ्नेछन् भन्ने सोचेका थिए, बोलिभियामा उनको सङ्घर्षको उद्देश्य त्यही थियो । बोलिभियाको सङ्घर्षको नतिजा उनले सोचेजस्तो हुन सकेन । बोलिभियाको गुरिल्ला मिसनकै सिलसिलामा उनी संरा अमेरिकाद्वारा तालिम प्राप्त र परिचालित प्रतिक्रान्तिकारी समूहबाट सन् १९६७ अक्टोबर ८ मा समातिए, घाइते बनाइए, मारिए र उनको लास बेपत्ता बनाइयो । यही बोलिभियाली सङ्घर्र्षको क्रममा लेखिएको डायरी ‘त्जभ द्ययष्खिष्बल म्ष्बचथ’ ले उनको जीवनको एउटा अध्याय उजिल्याउँछ । बोलिभियाली सङ्घर्र्षको भोगाइ, सफलता–असफलता, चुनौती र कठिनाइहरू उजागर गर्छ । सङ्घर्र्षदेखि मृत्युसम्मको उनको यात्राको सबैभन्दा जोखिमपूर्ण समयहरूको खोतलखातल गर्छ । चेको लास गाडिएको ठाउँ सन् १९९७ मा मात्र पत्ता लगाइयो र अस्थिपञ्जर क्युवा लगियो । क्युवाको केन्द्र सान्टाक्लारामा उनको स्मारक बनाइएको छ । त्यो ठाउँ क्युवाली क्रान्तिको दौरान सबैभन्दा महत्वपूर्ण सैन्य विद्रोहमा चे नेतृत्वको टोलीले जितेको ठाउँ हो ।
बोलिभियाली डायरी, अङ्ग्रेजीमा प्रकाशनको तयारी चे ग्वेभारा अध्ययन केन्द्र, हवानाले ग¥यो । योभन्दा पहिले स्पेनियाली भाषामा सन् १९६८ मै क्युवाली पुस्तक संस्थाले प्रकाशन गरिसकेको थियो । पुस्तकमा नेता फिडेल क्यास्ट्रो, कामिलो ग्वेभाराको अभिव्यक्ति सङ्ग्रहित छ । उनको डायरीभित्र बोलिभियाली सङ्घर्र्षको दर्पण त छ नै साथै त्यो सङ्घर्षमा उनको अनुभूति छ । सङ्घर्र्षमा कमरेडहरूको साथको चर्चा छ । उनी सँगसँगै हिँडेका सहयात्रीहरूको चर्चा छ । सँगसँगै सामना गरेका गोलाबारुदको गुञ्जन छ । आलो घाउहरूको दुखाइ, भोकको गीत, थकानका पहाडहरूको चर्चा छ । जस्तै परिस्थितिमा पनि दृढ निश्चियी चे ग्वेभाराको ओजश्वी व्यक्तित्व डायरीभित्र छ । बोलिभियाली गुरिल्ला सङ्घर्षभित्रको आशा र सपनाका कुरा छन् । यदि तिमी सच्चा क्रान्तिकारी हौ भने ‘कि त मर कि लड’ भन्ने चे बोलिभियाली माटोमा संरा अमेरिकी साम्राज्यवाद, नवउपनिवेशवादी मानसिकता, एकाधिकार पुँजीविरुद्ध अन्तिम दमसम्म लडे । कामिलो ग्वेभाराले चेलाई एक सच्चा क्रान्तिकारी र लडाकुको रूपमा स्मरण गरेका छन् ।
डायरीका यी पृष्ठहरू चेले अत्यन्त कठिन समयमा लेखेका हुन्, त्यस्तो समयमा पनि लेखे जतिबेला उनलाई स्वास फेर्न पनि गाह«ो थियो । यसलाई इतिहासको दस्ताबेजको रूपमा पनि अध्ययन गर्न सकिन्छ । नेता फिडेल क्यास्ट्रोले उनको बलियो इच्छाशक्ति र विश्वका सर्वहारा जनता, न्याय र मुक्तिप्रतिको समर्पणको प्रशंसा गर्नुभएको छ । संरा अमेरिकी साम्राज्यवादीहरूको दमन, क्युवामाथिको अत्याचार, हमला, नाकाबन्दी क्युवालाई एक्ल्याउने प्रयासविरुद्ध चे क्युवासँग उभिएर लडे । साम्राज्यवादीहरू जुनै पनि देशका प्रतिक्रान्तिकारी र शासकहरूसँग मिलेर क्रान्तिकारी आन्दोलन दबाउन तयार थिए । चे ग्वेभाराको बोलिभियाली मिसनको विषयमा सुरुमा क्युवाली नेतृत्व सकारात्मक थिएन । तयारी नपुगेको अर्थात् सङ्गठन निर्माण र जनताको साथको जरुरत हुने पक्षलाई उपेक्षा नगर्ने पक्षमा क्युवाली नेतृत्व थियो । पछि चे ग्वेभारालाई जोगाउनकै निम्ति पनि क्युवाबाट लडाकुहरू गए । चेलाई क्युवाको सञ्चार सञ्जालसँग जोडेर राखे । क्युवाबाटै यो पुस्तकको प्रकाशन अमेरिकी आक्रमण र दमनको विरुद्धमा हो भन्नुहुन्छ फिडेल । नेता क्यास्ट्रो लेख्नुहुन्छ – “चेको विचार, छवि र नामै पनि अन्याय, अत्याचार, शोषणविरुद्ध सङ्घर्र्षको झन्डा हो । चे संरा अमेरिकाको आँखाको कसिङ्गर बन्नु कुनै आश्चर्यको विषय होइन ।” चेको यो डायरी एक अभूतपूर्व व्यक्तित्वको अभिव्यक्ति हो । गुरिल्ला युद्धको शिक्षा हो जसलाई दैैनिक तनाव र असुरक्षाबिच पनि लेखियो । गनपाउडरको गन्धबिच पनि शक्ति झुकाउन सकिन्छ भन्ने शिक्षा हो भन्नुहुन्छ फिडेल । चे ग्वेभाराले त्रिमहादेश या ल्याटिन अमेरिकी सङ्घर्र्षलाई सन्देश पठाएका थिए – “हाम्रो प्रत्येक सङ्घर्र्ष साम्राज्यवादविरुद्ध केन्द्रित हुनुपर्छ । यदि हाम्रो गर्जन, हाम्रो आवाज सम्बन्धित कानहरूसम्म पुग्छ भने, हाम्रो सङ्घर्र्षले साँच्चिकै अर्थ राख्छ भने मृत्युले जुनसुकै बेला अङ्गालो हाले पनि अचम्भित नहुनू, दुःख मनाऊ नगर्नू । लड्न छोड्नु हुँदैन । बन्धन स्वीकार्य छ भने त्यसको विकल्प नलड्नु नै मात्र हुन्छ ।” चे आप्mनो विचार जति त बाँचेनन् तर उनको रगत खेर गएन ।
चे कहिल्यै पद र नेतृत्वमा बस्न नचाहने व्यक्ति थिए तर उनी क्रान्तिकारी गुरिल्ला युद्धहरूले नै ल्याटिन अमेरिकाको मुहार फेरिनेमा विश्वास राख्थे । उनले साँचो सर्वहारा वर्गीय अन्तर्राष्ट्रवाद हुर्काउन योगदान गरेको अनुभव डायरी पढ्दा मिल्छ । मानवजातिको उत्थान र सर्वहारावर्गको मुक्तिका निम्ति रगत बगाउनुपर्ने विचार मिल्छ ।
सन् १९६६ नोभेम्बर ७ मा कोचाबाम्बा हुँदै लापाजबाट मिसन सुरु भयो । चेले बोेलिभियाको कम्युनिस्ट पार्टीसँग पनि सम्पर्क गरेका थिए । चेले बोलिभियाको कम्युनिस्ट पार्टीका सचिव मारियो मान्जेको विषयमा चर्चा गरेका छन् । मान्जे गुरिल्ला मिसनबारे पूर्णतः अनभिज्ञ थिए । यद्यपि, उनले चेको सङ्घर्र्षमा सुरुमा प्रतिक्रिया जनाएनन् । डायरीमा चेको दिनचर्या, भेटघाट, सहयात्रीहरूको अनुभव र योजनाहरू भेटिन्छन् । कहिले ३–४ दिनसम्म गाडीको यात्रा त कहिले हप्तौँ हिँडेर सङ्घर्र्ष अगाडि बढ्यो । घामपानी, हुरी–वर्षाको कुनै परवाह थिएन । नोभेम्बर महिनाको यात्रा र सङ्घर्र्ष ग्रामीण क्षेत्रमा केन्द्रित भयो । अन्य लडाकु टोली निर्माण गर्नु, बोलिभियालीहरूको सङ्ख्या कम्तिमा २० भन्दा माथि पु¥याउनु, मोन्जेको प्रतिक्रिया कुर्नुमै नोभेम्बरको यात्रा सकियो । डिसेम्बर महिनामा क्युवाबाट सहयोग, पेरुका क्रान्तिकारीहरूको ऐक्यबद्धता मिल्यो । जङ्गली भालुको सिकार गरी खानाको जोहो गर्नुपर्ने समय आयो । टनेल खन्ने कार्य सुरु गर्न गुरिल्ला टोलीसँग सरसामग्री समेत थिएन । अभाव र असुविधाहरूसँग जुभ्mदै यात्रा अगाडि बढ्यो । समयसमयमा चेले आप्mना सहयात्रीहरूसँग सामूहिक या एकताबद्ध नेतृत्व र कडा अनुशासनको विषयमा छलफल चलाउँथे । कम्युनिस्ट आचरण र सङ्घर्र्षमा समर्पणको भावनाको आवश्यकता औँल्याउँथे । डिसेम्बरमा मोन्जेसँगको कुराकानी र सम्झौता टुङ्गियो । मोन्जेले पार्टी नेतृत्वबाट राजीनामा दिनुपर्ने, सङ्घर्र्षमा पार्टी कार्यकर्तालाई भर्ती गराउनुपर्ने, बोलिभियाको सीमाभित्र जति लामो सङ्घर्ष चल्छ त्यतिन्जेल सङ्घर्र्षमा जुट्नुपर्ने, दक्षिण अमेरिकाका अन्य पार्टीसँग सम्पर्क गरी मुक्ति आन्दोलनमा सहयोग र समर्थन जुटाउनुपर्ने विषयमा डिसेम्बर ३१ मा छलफल भएको थियो । चेका निम्ति क्युवाबाट फिडेलले पठाउनुहुने सन्देशले असाध्यै खुसी र उत्साहित बनाउँथ्यो । डिसेम्बरसम्ममा क्युवाली टोलीसहित पेरुका कमरेडहरू र बोलिभियाका केही योद्धाहरू एकताबद्ध भइसकेका थिए । त्यतिन्जेल पनि मोन्जेको प्रतिक्रिया आएको थिएन ।
मोन्जेले जनवरी ८ सम्ममा पार्टीभित्र राजीनामा दिने कुरा गरेका थिए तर चेको अनुमानअनुरूप मोन्जेले धोका दिए, छल गरे । पार्टी नै चेको गुरिल्ला मिसनविरुद्ध उभियो । तर, त्यसले चेको मिसन रोकेन । उनलाई के विश्वास थियो भने इमानदार, न्यायप्रेमी र सैन्य भावनासहितका मानिसले सघाउनेछन् । बोलिभियाली जनतामा क्रान्ति चेतना असाध्यै न्यून थियो यद्यपि एक दिन जनताको साथ मिल्नेमा चे विश्वस्त थिए । त्यही विश्वासमा गुरिल्ला मिसन सुरु भयो । ठाउँठाउँमा शिविरहरू बनाइए । सम्पूर्र्ण गुरिल्ला शारीरिक तथा मानसिकरूपले उत्तिकै क्षमतावान् थिएनन् । फेब्रुअरीपछिको मिसन लडाइँ गर्ने थियो जुन भयानक पनि हुन सक्थ्यो । अजङ्गको पहाड चढ्ने, गहिरो र बेगसहितको नदी तर्ने, रुखहरूको बिचमा हराउँदै र जङ्गली जीवहरूसँग लुकामारी खेल्दै संरा अमेरिकाबाट तालिम प्राप्त सेनाहरूसँग भिड्न कहाँ सजिलो हुन्थ्यो र ? बेलाबखतमा आइरहने फिडेलको भाषणले गुरिल्लाहरूलाई ऊर्जा मिल्थ्यो ।
हिँड्दाहिँड्दै खुट्टा सुन्निने समस्याले धेरै कामरेडहरू थलिएपछि घोडाको मासु खाएको सन्दर्भ छ । बाटोमा आर्थिक, मेडिकल र विद्युतीय सहयोगका निम्ति मान्छेहरू आवश्यक भयो । मिसनको सुरुआती हमलाहरूमै शत्रुले गुरिल्ला सङ्घर्र्षलाई एक्ल्याउने कुचेष्टा गरिरहे । गुरिल्लाविरुद्ध किसानहरूलाई नै प्रयोग गरे । अन्तर्राष्ट्रिय क्षेत्र अर्थात् संरा अमेरिकी शक्तिको साथ लिए । यी सबै कुराको जानकारी सकेसम्म नेता फिडेलसम्म पु¥याउन उनी लेख्थे । अप्रिल महिनामा चेको खोजी दु्रतगतिमा भयो । एक दिन (अप्रिल २०) मा त खाना पकाइरहेको घरमै बम वर्षा भयो, आक्रमण गरियो । यात्रामा साथी रोनाल्डोको मृत्यु हृदयविदारक थियो । रुवियो र रोनाल्डोको असामयिक मृत्युले मोर्चाको नेतृत्वकर्ता गुमेको थियो । यही समयमा क्युवासँग चेको सम्पर्क पनि छुट्यो । अलमेइडालगायत सम्पूर्ण गुरिल्ला योद्धाहरूको सन्दर्भ डायरीमा छ । उनले आप्mना सहयात्रीहरू कसैलाई डायरीमा छुटाएजस्तो लाग्दैन ।
लडाइँहरूमा जीत अनिवार्य थियो तर हातहतियार र लडाकुहरूको अभावले त्यो सम्भावना झिनो बन्दै गयो । मानिला, ला पाज, जो आक्वीनमा चेको सम्पर्क छुट्दा २५ लडाकु छुटे । लडाइँमा किसानहरू भर्ती गर्ने, किसानहरूलाई पनि सङ्घर्र्षको मैदानमा उतार्ने चेको योजना विफल बनेको थियो । सुरुआती दिनमा त किसानहरू गुरिल्ला टोलीहरूबाट तर्सन्थे, आक्रान्त हुन्थे । पछि त्यो डर र भय हट्यो, समर्थन जनाए । तर, बन्दुक बोक्न तयार भएनन् । जनतालाई राजनीतिकरूपले सचेत नबनाई, सङ्गठित नगरी लडिने हरेक लडाइँ असफलतामा टुङ्गिन्छ भन्ने उदाहरण बोलिभियाली गुरिल्ला सङ्घर्र्ष पनि हो । बोलिभियाको कम्युनिस्ट पार्टी र जनताको साथ समर्थनविना बोलिभियाको मुक्तियुद्ध सम्भव थिएन । त्यो सम्भव देख्नु चे ग्वेभाराको कमजोरी थियो भन्ने बुभ्mन गाह्रो पर्दैन । कतिपय कम्युनिस्ट नेताहरू उनको व्यक्तित्वबारे बोल्दा उनलाई एक अराजकतावादी विचार भएका योद्धाको रूपमा पनि चित्रण गर्छन्, कङ्गो र बोलिभियाको इतिहास कोट्याउँदै ।
जून महिनादेखि चे ग्वेभारालाई दम रोगले सताउन थाल्यो । पहाडको उचाइमा पुग्दा अझ गाह्रो हुने, उचाइमा दम बढ्ने समस्या भयो । जून महिनामै टुमाको निधनले चेलाई मर्माहत बनायो । त्यसपछि कामरेडहरूको मृत्यु, हत्याको लेखाजोखा नै रहेन । शिविरहरूमा सञ्चारको अभाव र किसानहरूको सहभागिताविना गुरिल्ला मिसन कमजोर बन्दै गयो । यद्यपि, त्यसले बोलिभियाको सरकारलाई हल्लायो अर्थात् बोलिभियामा एक किसिमको राजनीतिक सङ्कट खडा ग¥यो । तर, तत्कालै बोलिभियामा संरा अमेरिकाले ठाडो हस्तक्षेप सुरु ग¥यो । आर्थिक, राजनीतिक र सैन्य क्षेत्रमा संरा अमेरिकाको पकड भएपछि गुरिल्ला सङ्घर्र्ष दबाउनु स्वाभाविक पनि भयो । अगस्टसम्म आइपुग्दा क्युवासँगको रेडियो सम्पर्क समेत टुट्यो । सम्पूर्ण शिविर गुफाहरूमा दस्तावेज र औषधीहरू छोडेर हिँड्नुपर्ने स्थिति आयो । त्यो घटनाले गुरिल्लाहरूमा मानसिकरूपले प्रहार भएको अनुभव गरियो । यद्यपि, ‘मातृभूमि या मृत्यु’ को नाराले तिनलाई ऊर्जा दिइरहेको थियो । सेप्टेम्बरसम्म आइपुग्दा राष्ट्रिय स्तरमा शिक्षक, विद्यार्थी तथा मजदुरहरूको हड्ताल र आन्दोलनहरू चुलियो । त्यसलाई सङ्घर्षको उपलब्धिका रूपमा लिन सकिन्छ ।
बोलिभियाको राष्ट्रिय मुक्ति सेनाले चलाएको प्रतिक्रियावादी झूटहरूविरुद्ध क्रान्तिकारी सत्यबिचको लडाइँ सार्थक बन्यो । मातृभूमिको मुक्ति बोलिभियाली जनताको स्वतन्त्रताको निम्ति र बोलिभियालगायत ल्याटिन अमेरिकी देशहरूमा संरा अमेरिकी हस्तक्षेप खत्तम गर्ने उद्देश्यले भएको गुरिल्ला सङ्घर्र्षले विश्वक्रान्तिमा उल्लेख्य स्थान ओगट्छ साथै तेस्रो विश्वलाई सङ्घर्र्षको मैदानमा उत्रन ऊर्जा प्रदान गर्छ । तत्कालीन समयमा बोलिभियाको सङ्घर्षको आगोले सम्पूर्ण दक्षिण अमेरिकालाई उज्यालो दिशा प्रदान गरिरहेको थियो । फिडेल लेख्नुहुन्छ – “चेको आवाज शोषित पीडित जनताको कानसम्म जरुर पुग्नेछ र आप्mनो माटोको मुक्तिका निम्ति आप्mना हातहरूलाई मुठ्ठी कस्दै उठ्नेछन् । क्रान्ति जरुर सम्भव छ ।”
उनले बोलिभियाली योद्धाहरूलाई भनेका थिए– “यस्तो खालको सङ्घर्षहरूले हामीलाई क्रान्तिकारी बन्ने अवसर दिन्छ, एकजना उच्च कोटिको मानव बन्न सघाउँछ । देशको मुक्तिका निम्ति नलड्ने र मोर्चा छोड्नेहरू कायर हुन्छन् । क्रान्तिकारी मन बोकेर रणभूमिमा उत्रनु नै वीरता हो ।” क्रान्तिकारीहरूको मन देशप्रेम र जनताप्रतिको अगाध प्रेमले भिजेको हुनुपर्ने चेको विचार मननीय छ ।
यसरी बोलिभियामा प्राण त्यागेका चेले कहिल्यै आप्mनो सिमानाभित्र मात्र सेवा गर्ने सोचेनन् । विश्वमा सर्वहारावादी अन्तर्राष्ट्रवाद हुर्काउन अहोरात्र लडे । विश्वलाई साम्राज्यवादको चङ्गुलबाट मुक्त गर्न लडिरहे । बोलिभियाको सङ्घर्र्ष त्यसको सिलसिला थियो । यद्यपि, बोलिभियाको गुरिल्ला सङ्घर्र्षलाई माक्र्सवादी र कम्युनिस्ट आँखाले हेरिनुपर्छ । अराजकतावादी विचार क्रान्तिका निम्ति सकारात्मक नहुने निष्कर्षमा पुग्न पुस्तकले सघाउँछ । पुस्तक समग्रमा पठनीय छ । भाषा सरस र मन छुने छ । पाठकलाई सन् १९६६–६७ कालीन बोलिभियाली आन्दोलनसँग साक्षात्कार गराउन पुस्तक सफल छ । सङ्घर्र्षको मैदानमा डायरी लेख्ने चेको अनुशासित जीवनशैलीले इतिहासको महत्वपूर्ण सङ्घर्र्ष सङ्ग्रहित बनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *